ताजा समाचार:
Search

फोहोर ब्यवस्थापन र योजना सञ्चालन प्रक्रियालाई सहज बनाउन नगरवासीको माग

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २५ असार ।
बेनी नगरपालीका कार्यालयसंग सेवाग्राहीहरुले फोहोर ब्यवस्थापनमा ध्यान दिन र योजना सञ्चालन प्रक्रियालाई सहज बनाउन माग गरेका छन् ।

नगरपालीकाले शनिबार बेनी स्थित जिविस सभाहलमा आयोजना गरेको सार्वजनीक सुनुवाई कार्यक्रममा सहभागि नगरबासीले यस्तो माग गरेका हुन् । अधिकांश सहभागीले नगरपालीकाको योजना सञ्चालनका क्रममा पेश्कि नदिने नितीगत ब्यवस्थाका कारण उपभोक्ता समितिलाई झञ्जट भएको गुनासो गरेका थिए ।IMG_4365

यसैगरी फोहोर संकलन गर्न खरिद गरिएको कम्यास्टर मेसीनलाई प्रयोगमा ल्याउन, ल्याडफिल साईड बनाउन, सार्वजनीक स्थल र नदी किनारमा फोहोर फाल्नेलाई कारबाही गर्न, बेनी बजारको ढल निकासलाई ब्यवस्थित बनाउनुपर्ने सहभागिको भनाई थियो ।

सडक र सार्वजनीक जग्गाको अतिक्रमण हटाउन, बसपार्क र बधशाला व्यवस्थापन गर्न पनि सुझाव दिएका छन् । लक्षित वर्गको बजेट रकामान्तर रोक्नुर्ने र पुर्वाधार योजनालाई जनसहभागितामुलक तथा पारदर्शी र गुणस्तरीय बनाउन जोड दिएका थिए ।IMG_4351

कार्यक्रममा नगरबासी, वडा नागरीक मञ्च, टोल सुधार समिति, राजनितिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यकारी अधिकृत छवीलाल सुवेदीले नगरपालीका कार्यालयबाट प्रवाह हुने सेवा सुबिधालाई सहज र छिटो छरिटो बनाउने तथा योजनाको पेश्कि सम्बन्धि नितीगत ब्यवस्था संसोधनका विषयमा माथिल्लो निकायमा प्रस्ताव लैजाने प्रतिवद्धता जनाउनुभयो ।
यसैगरी बेनी बजारमा फोहोर संकलन र व्यवस्थापनका लागि साउन पहिलो हप्तादेखि कम्प्यास्टर मेसीन प्रयोगमा ल्याउने तयारी भएको जानकारी गराउँदै कार्यकारी अधिकृत सुवेदीले ल्याडफिल साईड खोजीमा सहयोग गर्न समुदाय र सरोकारवालालाई अनुरोध गर्नुभयो ।
सो कार्यक्रममा चालु आर्थिक वर्षमा नगरपालीका कार्यालयद्धारा ३० वटा भौतिक पुर्वाधार तर्फका योजना मध्य २९ वटा सम्झौता र २० वटाको भुक्तानी भैसकेको कार्यकारी अधिकृत सुवेदीले जानकारी दिनुभयो । लक्षित वर्गका ११८ वटा कार्यक्रम मध्य ११३ वटा सम्न्न भई ८१ वटाको भुक्तानी भएको छ ।

प्रर्वद्धनात्मक तर्फका ४३ वटा योजना मध्य ३४ वटा सम्पन्न भएको नगरपालीका कार्यालयले जनाएको छ । यस वर्ष एक करोड ८८ लाख ९९ हजार ११३ रुपैया योजना तथा कार्यक्रमका लागि बजेट बिनियोजन गरेको नगरपालीकाले शुक्रबार सम्म एक करोड सात लाख २८ हजार ६१ रुपैया भुक्तानी गरिसकेको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रमको पत्रकार सन्तोष गौतमले सहजिकरण गर्नुभएको थियो । कार्यकारी अधिकृत सुवेदीको अध्यक्षता, कार्यक्रम अधिकृत सोबिता शर्माको सञ्चालन र ईञ्जिनियर बिमलरञ्जन कार्कीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रमको उद्देश्यका बारेमा नगर शाषन विज्ञ भरत केसीले प्रकाश पार्नुभएको थियो ।