विकल्प न्यूज/बेनी
म्याग्दी,असार २४ गते ।
म्याग्दी जिल्लाको सरसफाई र स्वच्छताको बारेमा अवलोकन गर्न आएका तनहुँका पत्रकारहरुसंग बेनीमा अन्र्तक्रिया गरिएको छ ।
नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डम्बर बहादुर अघिकारीको नेतृत्वमा बेनीमा आएको टोलिलाई खानेपानी ,सरसफाइ तथा स्वच्छा (वास) पत्रकार मञ्च नेपाल म्याग्दीले स्वागत गरेको थियो ।
मञ्चको आयोजनामा भएको स्वागत कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले म्याग्दीलाई पूर्ण सरसफाईयुक्त जिल्ला बनाउनको लागि गाविस स्तरमा सरसफाई अभियानलाई तिब्रता दिइएको बताउनुभयो ।
उहाँले सरसफाई सभ्यताको सुचक भएको भन्दै म्याग्दीका जनतामा शुद्ध खानेपानी र सरसफाइको पहुँच पुयाउन लागिपरेको बताउनुभयो ।
कार्यक्रममा वास पोकल पर्सन राजेन्द्र आचार्यले म्याग्दीको दाना, राम्चे, हिस्तान, झिँ र बेगखोला गाविसलाई पूर्ण सरसफाइयुक्त गाविस घोषणा गरिएको जानकारी गराउँदै खुलादिसा मुक्त पश्चात जिल्लामा पूर्ण सरसफाइ अभियानलाई अगाडि बढाइएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष अधिकारी र वास पत्रकार मञ्चका प्रदिप काफ्लेले तनहुँ जिल्लाको सरसफाइ अभियानबारे जानकारी गराउनुभएको थियो ।
वास पत्रकार मञ्चका अध्यक्ष ठाकुर प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गोपाल छन्त्यालले स्वागत र कोषाध्यक्ष कमल खत्रीले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा वास पत्रकार मञ्च म्याग्दीले जिल्लाको सरसफाई र खानेपानीको अबस्थाबारे तयार गरेको वृत्तचित्र समेत देखाइएको थियो । तनहुँबाट आएका ७ जना पत्रकारहरुको टोलिले यहाँको खानेपानी, सरसफाइ र स्वच्छताको बारेमा अवलोकन समेत गरेका थिए ।