विकल्प न्यूज/बेनी
म्याग्दी, ८ असार ।
विभिन्न माओवादी घटकहरुको एकता पश्चात बनेको नेकपा (माओवादी केन्द्र) ले म्याग्दीमा एकता भेला तथा प्रशिक्षण कार्यक्रम बुधवार बेनीमा सम्पन्न गरेको छ । भेलाले नेकपा माओवादी केन्द्र म्याग्दीको जिल्ला सम्मेलनको लागि गोविन्द पौडेलको संयोजकत्वमा १ सय ७५ सदसयीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । भेलाले ५१ सदस्यीय सचिबालय र १५ सदस्यीय कार्यालय कमिटि समेत निर्माण गरेको छ ।
उक्त भेलाबाट कार्यालय कमिटिमा जिल्ला संयोजक गोविन्द पौडेल, चन्द्र बहादुर घिमिरे, शेरबहादुर केसी, कमल केसी, सुवास विक, कुसल पौडेल, विकल्प शर्मा, विनोद केसी, चन्द्रप्रसाद बुढाथोकि, बुद्धि पुन, बादल क्षत्री, कुमार किसान र पुस्कर विकलाई चयन गरेको र दुई सदस्य पछि थप गर्ने निर्णय भएको संयोजक पौडेलले बताउनुभयो ।
भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका ४ नम्बर प्रदेश संयोजक डिलाराम आचार्यले नयाँ संविधानको कार्यान्वय र विभिन्न आन्दोलनबाट प्राप्त भएका उपलब्धीको रक्षा गर्दै समाजवादी क्रान्ति पुरा गर्नका लागि माअोवादीहरु बिच एकता भएको बताउनुभयो । उहाँले मुलुकको रक्षाको लागि माओवादीहरु विचको विभाजनले ठुलो घाटा पु¥याएको चर्चा गर्दै माओवादी आन्दोलन पुनः नयाँ स्वरुपबाट अगाडि बढ्ने धारणा राख्नुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका सचिबालय सदस्य हरि अधिकारी, पोलिटव्युरो सदस्य हरिबहादुर कुमाल, केन्द्रीय सदस्य भक्त रसाईली, देवेन्द्र पौडेल, पर्वत जिल्ला संयोजक नेत्र अधिकारी लगायतले कार्यकर्ताहरुलाई प्रशिक्षण दिनुभएको थियो । केन्द्रको भेला आयोजक समितिका संयोजक मानबहादुर बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा सोमनाथ ढुंगानाले केन्द्रीय परिपत्रबारे जानकारी गराउनुभएको थियो भने चन्द्रबहादुर घिमिरेले स्वागत र गोविन्द पौडेलले सञ्चालन गर्नुभएको थियो ।