सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ७ असार ।
म्याग्दीमा पनि मंगलबार विभिन्न कार्यक्रम गरेर दोस्रो विश्व योग दिवस मनाइएको छ ।
सरकारी र समुदाय स्तरबाट छुट्टा छुट्टै कार्यक्रम गरेर दिवस मनाइएको हो । प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यको नेतृत्वमा गठन भएको योग दिवस समारोह समितिले सरकारी कर्मचारीहरुको सहभागितामा औपचारीक कार्यक्रम गरेर दिवस मनाएको थियो ।
यसैगरी नविन आनन्द योग केन्द्रको आयोजनामा बेनी बजारमा सन्देशमुलक ¥याली र अन्तरक्रिया कार्यक्रम गरेको थियो । निर्माण व्यवसायी संघको सभाहलबाट सुरु भएको ¥याली बजार परिक्रमा पछि सोही ठाउँमा पुगेर सभामा परिणत भएको थियो ।
केन्द्रका सचिव सुरेन्द्रराज शर्माको अध्यक्षता र सदस्य हरिप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सहभागिहरुले तनाव व्यवस्थापन र स्वस्थ्य रहनका लागि योग उपयोगी रहेको धारणा राखेका थिए । स्वास्थ्य समस्या न्युनीकरणका लागि उपयोगी मनीएको योगको प्रचारप्रसार र प्रर्वद्धनका लागि जुन २१ तारीकका दिन विश्वभर योग दिवस मनाउने गरिएको छ ।