ताजा समाचार:
Search

मेड्पा कार्यक्रमको बारेमा अभिमुखीकरण

विकल्प न्यूज/बेनी
म्याग्दी ७ असार ।
म्याग्दीको बेनीमा मंगलबार गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेडपा)को बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय गैरसरकारी संस्थाहरुका लागि सेवा प्रदायक संस्था छनौट प्रक्रियाका विषयमा अभिमुखीकरण गरिएको हो । लघुउद्यम विकास कार्यक्रमको सहयोगमा घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा भएको कार्यक्रममा १६ वटा गैरसरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको जिविसका सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्य, बजार बिशेषज्ञ रजनी थापा र संगम म्याग्दीका कार्यक्रम संयोजक रामचन्द्र सुवेदीले सहजिकरण गर्नुभएको थियो ।
स्थानीय स्रोत साधन र सिपको सदुपयोग तथा परिचालन गरि उद्यमको विकास गर्नका लागि उद्यमी सिर्जना तथा उनिहरुको स्तरवृद्धी गर्न म्याग्दी लगायतका जिल्लामा आर्थिक वर्ष २०७०/७१ देखि २०७४/७५ सम्मका लागि गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम सञ्चालन भएको छ ।

कार्यक्रम मार्फत नयाँ उद्यमीको सिर्जना र पुराना उद्यमीको स्तरवृद्धीका साथै उनिहरुले उत्पादन गरेका सामाग्रीको बजारीकरणका लागि सहयोग गरिदै आएको उद्योग विकास अधिकृत मिरादेवी अधिकारीले बताउनुभयो ।