ताजा समाचार:
Search

यसपटकको एसएलसी नतिजा ः कार्की र पौडेलको उत्कृष्ट

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ६ असार ।
गत हप्ता सार्वजनीक भएको २०७२ को प्रवेशीका परिक्षा एसएलसीको नतिजामा म्याग्दीका ६३ जना विद्यार्थीले ३.६ देखि चार जिपीए ल्याएका छन् ।

विद्यार्थीले सबै विषयमा प्राप्त गरेको जिपीएको औसतमा निजीका ५७ र सामुदायीकका ६ जाले ३.६ देखि चार जिपीए ल्याएका जिल्ला शिक्षा कार्यालयले जनाएको छ । कार्यालयको परिक्षा फाँटका प्रमुख विद्यालय निरिक्षक विश्वप्रकाश रेग्मीले न्यु वेष्ट प्वाईन्टकी सन्ध्या कार्कीले समग्र जिल्लामै सबैभन्दा बढी ३.९५ जिपीए ल्याएको जानकारी दिनुभयो ।
उहाँका अनुसार सामुदायीक विद्यालयतर्फ बेनी सामुदायीकका अर्जुन पौडेलले ३.९० जिपीए ल्याएका छन् । बेनी सामुदायीक र जामुनाखर्क उच्च माविका तिनतीन जना परिक्षार्थीले ३.६ भन्दा बढी जिपीए ल्याएका छन् ।

३.६ देखि ४ सम्मको जिपीए ल्याउनेमा न्यु वेष्ट प्वाईन्टका २८, बेनी आवाशिय माविका ११, लिटिल गार्डेनका ५, माउन्ट एभरेष्टका ४, गलेश्वर आदर्शका ३, लोकदिप आवासीय माविका ३, म्याग्दी एकेडेमीका २ र वुद्ध एकेडेमीका १ जना छन् । यसैगरी ३.२ देखि ३.६ सम्मको जिपीए ल्याउने विद्यार्थी संख्या १९६ जना छ ।

३०६ जनाले २.८ देखि ३.२ जिपीए ल्याएका छन् । २.४ देखि २.८ जिपीए ल्याउने विद्यार्थी संख्या ६५१ छ । सबैभन्दा धेरै ७७९ जनाले २ देखि २.४ जिपीए ल्याएका छन् । २९८ जनाले १.६ देखि २ र ३९ जनाले १.२ देखि १.६ जिपिए ल्याएका छन् भने ६ जनाको नतिजा विबिध कारणले स्थागित भएको विद्यालय निरिक्षक रेग्मीले जानकारी दिनुभयो ।

चैत १८ गतेदेखि सञ्चालन भएको २०७२ को एसएलसी परिक्षामा नियमित तर्फ म्याग्दीका ६९ वटा समुदायीक विद्यालयका दुई हजार ३३८ जना परिक्षार्थी सहभागि भएका थिए । सामुदायीक विद्यालयतर्फ राष्ट्रिय मावि रुमको नतिजा कमजोर देखिएको छ । ६६ जना परिक्षार्थी रहेको सो विद्यालयको ४३ जनाले दुई भन्दा कम जिपिए ल्याएका छन् ।

त्यसैगरी मंगला उच्च मावि बाबियाचौरबाट एसएलसीमा सहभागि भएका ७१ ज्ना मध्य ३१ जनाले दुई भन्दा कम जिपिए ल्याएका छन् । दुई वटा विषयमा दुई भन्दा कम जिपिए ल्याएका विद्यार्थीले जिपिए बढाउन साउनमा हुने पुरक परिक्षामा सहभागि हुन पाउनेछन् ।