विकल्प न्यूज/बेनी
असार ६ गते ।
ब्यवस्थापीका संसदको बैठकमा सोमबारदेखि सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ३०७३/७४ को मन्त्रालयगत बजेटमाथि छलफल सुरु भएको छ ।
बैठकको शून्य समयमा बोल्नुहुदै म्याग्दीका निर्वाचित सांसद नवराज शर्माले बेनी बजारको क्याम्पसचोकमा बाढी नियन्त्रणका लागि तत्कालै पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
अघिल्लो शनिबार एक सय २० घर प्रभावीत र डेढ करोड बराबरको क्षत्ती हुने गरी आएको बाढीका कारण सदरमुकाम असुरक्षित रहेकाले त्यसको नियन्त्रणका लागि चालु आर्थिक वर्षमा तदारुकताका साथ काम गर्नुपर्ने र आगामी वर्षका लागि पर्याप्त बजेट उपलब्ध हुनुपर्ने सांसद शर्माले बताउनुभयो ।
बेनीमा आउने बाढी नियन्त्रणका लागि तयार पारिएको प्राबिधिक रिपोर्ट अनुसार सहरी विकास मन्त्रालय वा अन्य निकाय मार्फत बजेट बिनियोजन गर्नुपर्ने सांसद शर्माको भनाई थियो ।