विकल्प न्यूज/बेनी
असार ५ गते ।
बेनी नगरपालिका ११ बगुवाखोलामा शनिबार अपाङ्गता भएका विद्यार्थीहरुबीच खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।
जिल्ला शिक्षा कार्यालयले आयोजना गरेको प्रतियोगितामा धौलागिरी मावि सिङ्गाको बहिरा, बालजागृती प्राबी बगुवाखोलाको वौद्धिक अपाङ्गता र ज्ञानोदय मावि पिप्लेका दृष्टिविहीन स्रोत कक्षाका ५२ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।
जिल्ला शिक्षा कार्यालयका लेखाजोखा संयोजक कल्पना खड्काले सञ्चालन गर्नुभएको प्रतियोगितामा प्रथम, दितृय र तितृय हुने विद्यार्थीलाई प्रमाणपत्र सहित क्रमश नगद एक हजार, आठ सय र छ सय रुपैयाका दरले पुरस्कार वितरण गरिएको थियो ।
जिल्ला शिक्षा अधिकारी रामप्रसाद अधिकारी, विद्यालय निरिक्षक विश्वप्रकाश रेग्मी र अपाङ्ग संघका अध्यक्ष गोपाल केसीले पुरस्कार वितरण गर्नुभएको थियो । अन्धनिशान, छात्रा दौड, एथलेटिक्स, चम्चा दौड, ५० मिटर दौड, ठेलो फाल्ने, सफ्टबल फ्रो प्रतियोगिताका साथै ज्ञानोदय माविका दृष्टिविहीन विद्यार्थीहरुले त्रिकेट पनि खेलेका थिए ।