ताजा समाचार:
Search

रुप्से झरनामा तस्विर खिच्दा लडेर मृत्यु

सन्तोष गौतम/विकल्प
म्याग्दी ४ असार ।
म्याग्दीको दाना २ स्थित रुप्से झरनामा तस्विर खिच्ने क्रममा लडेर शनिबार एक जनाको मृत्यु भएको छ ।

रुप्से झरनालाई पृष्ठभुमिमा पारेर तस्विर खिच्ने क्रममा भिरबाट लडेर तनहुँको जामुने ७ का २४ वर्षिय सन्तोष घिमीरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । Rupsey 1
प्रहरीका अनुसार साथीसंगै मुस्ताङ घुम्न जान हिँडेका घिमीरे तस्विर खिच्ने क्रममा चिप्लीएर झरनाको तलाउमा खसेका थिए । उनको शव तलाउ बाहीर अड्कीएको छ । प्रहरीका अनुसार घिमीरे एसबिआई बैङ्कको दमौली शाखाका कर्मचारी हुन् ।

शव रहेको ठाउँसम्म पुग्ने बाटो नभएकोले कठिनाई भएको छ । नेपाली सेना र प्रहरीको टोलीले शवलाई बाहीर निकाल्ने प्रयास गरेका छन् ।