ताजा समाचार:
Search

सरसफाइ अभियानको आठौ हप्तामा मंगलाघाट क्षेत्रमा सरसफाइमा

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २९ जेठ । म्याग्दी सदरमुकाम बेनीको मंगलाघाट क्षेत्रमा शनिबार सरसफाई गरिएको छ ।
खानेपानी, सरसफाई तथा स्वच्छता (वास) पत्रकार मञ्चले सञ्चालन गरेको बृहत म्याग्दी–कालीगण्डकी सरसफाई अभियान अन्तरगत विश्व वातावरण दिवस र सरसफाई सप्ताहको अवसर पारेर सरसफाई गरिएको हो ।

नेपाली सेनाको श्रीबक्स गुल्म, जिल्ला प्रहरी कार्यालय, सरकारी कार्यालयका प्रमुख, कर्मचारी, संघ संस्थाका प्रतिनिधि, स्थानीयबासी र पत्रकारहरुको टोलीले मंगलाघाट बजार र म्याग्दी नदी किनारमा फालीएको फोहोर संकलन गरि व्यवस्थापन गरेको थियो ।DSC02810

बैशाख ९ गते कालीपुल बसपार्क क्षेत्रको कालीगण्डकी नदी किनारबाट सुरु भएको सरसफाई अभियान आठौ हप्तामा प्रवेश गरेको छ । यसैबीच जेठ २३ गतेबाट सुरु भएको यस वर्षको राष्ट्रिय सरसफाई अभियानको पनि शनिबारनै समापन गरिएको छ ।

सप्ताह अन्तरगत खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय, जिविस अन्तरगतको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना, बेनी खानेपानी उपभोक्ता संस्था लगायतका निकाय तथा संस्थाहरु विभिन्न गतिबिधि गरेका थिए ।