सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी, २९ जेठ ।
मानव अधिकार तथा शान्ति समाजले राष्ट्रिय एकता र सद्भावको सन्देश प्रवाह गराउन सञ्चालन गरेको देशब्यापी अभियान अन्तरगत शनिबार बेनीमा जागरण सभा सम्पन्न भएको छ ।
समाजको म्याग्दी जिल्ला शाखाले संयोजन गरेको कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक सभापति तथा नागरीक आन्दोलनका अगुवा कृष्ण पहाडीले अराजकता र हिंसाबाट देशलाई मुक्त बनाई सम्बृद्धीको बाटोमा अघि बढाउनुपर्ने बताउनुभयो ।
उहाँले देशमा शान्ति कायम गर्नका लागि समाजबाट घृणा, सत्रुता र अहिंसाको अन्त्य गर्नुपर्ने बिचार व्यक्त गर्नुभयो । उहाँले नेपालका समुदायहरु बीच घृणा र सत्रुताको भावना सिर्जना गरी सद्भाव बिगारेर दन्द्धतर्फ धकेल्ने प्रयास भएको भन्दै त्यसबाट सचेत रहन आग्रह गर्नुभयो ।
बन्द र नाकाबन्दी मानवता बिरुद्धको अपराध भएको भन्दै उहाँले विभिन्न बाहनामा जनतालाई दुख दिने काम बन्द गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सांसद रेशम बानियाँले नयाँ संबिधान कार्यान्वयनका लागि मधेशको असन्तुष्टिलाई सम्बोधन गर्न वार्ता र सहमतीका लागि सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।
बिदेशी हस्तक्षेपको खबरदारी, राष्ट्रिय एकता र सद्भाव कायम गर्न सन्देश प्रवाह गर्ने उद्देश्यले देशका ४२ जिल्लामा जागरण सभा गरिसकेको संस्थाका सभापति गंगाधर अधिकारीले जानकारी दिनुभयो । उहाँले सबै जिल्लामा पुगेर जागरण सभा मार्फत शान्ति, अहिंसा र राष्ट्रिय स्वाभीमानका विषयमा सन्देश प्रवाह गरिने बताउनुभयो ।
नेपाली काँग्रेस म्याग्दीका सदस्य मिनबहादुर कार्की, नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेकपा माओवादी केन्द्रका अध्यक्ष चन्द्रबहादुर घिमीरे, राप्रपा नेपालका प्रेमप्रसाद शर्मा, राप्रपाका उपाध्यक्ष बिरबहादुर थापा क्षेत्री, नयाँ शक्ति नेपालका प्रेम गिरी र अखण्ड नेपालका डम्मरबहादुर बानियाँले संबिधान कार्यान्वयन, दिगो शान्ति र विकासका लागि राष्ट्रिय एकता र सद्भावको आवश्यकता रहेको बताउनुभयो ।
मानव अधिकार तथा शान्ति समाजका शाखा सभापति मुक्ति ढुङ्गानाको अध्यक्षता, सचिव सन्तोष गौतमको सञ्चालन, केन्द्रिय कार्यसमिति अन्तरगतको अपाङ्गता अधिकार उपसमितिका संयोजक सञ्जयकुमार श्रेष्ठको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
केन्द्रिय उपभापति राम्जिप्रसाद सुवेदीले कार्यक्रमको उदेश्य र संस्थाको अवधारणाको बारेमा जानकारी गराउनु भएको कार्यक्रममा नागरिक समाजका संयोजक सुर्दशनकुमार श्रेष्ठ, नेपाल बार एशोसीयसन जिल्ला अदालत ईकाईका सभापति डाक्टर भुपेन्द्र खड्का, म्याग्दी जेसीजका अध्यक्ष भिमसेन बराईली र महिला मानवअधिकार रक्षक सञ्जालका अध्यक्ष रेशाकौशल रेग्मीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।