ताजा समाचार:
Search

मुनामा खानेपानी आयोजना निर्माण

विकल्प न्यूज/बेनी
म्याग्दी,जेठ २३ गते ।
म्याग्दीको मुनामा खानेपानी आयोजना निर्माण भएको छ । एक करोड रुपैया भन्दा बढी लगानीमा निर्माण भएको आयोजनाबाट मुना गाविसको ४, ५ र ६ नम्बर वडाका २०२ घरधुरी लाभान्वित भएका छन् ।

खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय मार्फत सञ्चालित उक्त आयोजना एक करोड चार लाख ५१ ह्जार ४२४ रुपैयाँ लागतमा निर्माण भएको सब डिभिजन प्रमुख ईञ्जिनियर शेखरचन्द्र केसीले जानकारी दिए ।Muna ko Khanipani

उनका अनुसार सरकारको असी र उपभोक्ताको बिस प्रतिशत जनसहभागितामा आयोजना निर्माण भएको हो । शिलाभिर खोलाको मुहानबाट ल्याइएको खानेपानी चार वटा टंकी र २९ वटा धाराबाट वितरण गरिएको छ ।

टोल टोलमा शुद्ध र व्यवस्थीत खानेपानी सुबिधा भएपछि स्थानीय बासिन्दाको दैनिकी सहज भएको मुना खानेपानी तथा सरसफाई आयोजना सुधार विस्तार उपभोक्ता समितिका सचिव देवेन्द्र पुनले बताए ।

उनका अनुसार यसअघि पुरानो आयोजनाको जिर्ण संरचना र सिमीत धारा तथा अव्यवस्थित मुहानको पानी उपभोग गर्नुपर्ने बाध्यता रहेको थियो । यसअघि मुना गाविसको फलीया गाउँमा पहिलो चरणको आयोजना निर्माण भैसकेको छ ।

यसै आर्थिक वर्षमा सम्पन्न गर्नेगरी मुनाको दर गाउँमा पनि ८२ लाख १६ हजार ५३ रुपैया लागतमा खानेपानी आयोजना निर्माण भैरहेको सब डिभिजन प्रमुख ईञ्जिनियर केसीले बताए । उनका अनुसार उक्त आयोजनाबाट दर गाउँका ११७ घरपरिवार लाभान्वित हुनेछन् ।