ताजा समाचार:
Search

माउण्ट एभरेष्टमा खेलाडीहरुलाई सम्मान

कमल बानियाँ/विकल्प न्यूज
म्याग्दी,जेष्ठ–२३ गते ।
आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भई उत्कृष्ट स्थान हासिल गर्न सफल म्याग्देली खेलाडीहरुलाई बेनीमा एक कार्यक्रम गरी सम्मान गरिएको छ ।
काठमाडौँमा सम्पन्न उक्त प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने म्याग्दी जिल्लाका दुई जना साथै आठौँ राष्ट्रपति क्षेत्रीय प्रतियोगिता पोखरामा मेडल लिन सफल चार जना खेलाडीहरुलाई सम्मान गरिएको हो । kheladi shaman
उक्त कार्यक्रममा पोखरामा उत्कृष्ट प्रदर्शन गर्ने अन्य आठ जनालाई पनि सम्मान गरिएको थियो । सदरमुकाम बेनीबजारस्थित माउण्ट एभरेष्ट आवासीय उच्च माविको आयोजनामा आईतबार विभिन्न क्षेत्रमा उत्कृष्ट हुन सफल खेलाडीहरुलाई सम्मान गरिएको हो ।
म्याग्दी जिल्ला हुँदै पश्चिमाञ्चलको प्रतिनिधीत्व गर्दै राष्ट्रियस्तरको आठौँ राष्ट्रपति कपमा ज्यावलिन थ्रोमा रजत पदक लिन सफल रश्मि पुन र भलिबल प्रतियोगितामा रजत पदक लिन सफल सुजता खत्रीलाई सम्मान गरिएको हो ।
त्यस्तै क्षेत्रीय खेलमा कराँतेतर्फ स्वर्ण पदक लिन सफल कृष थापा, रजत पदक लिन सफल प्रिती गर्बुजालाई सम्मान गरिएको हो । त्यस्तै ज्यावलिन थ्रोमा स्वर्ण पदक लिने रश्मि पुन र दौडमा काँस्य पदक लिन सफल प्रविण हमाललाई सम्मान गरिएको हो ।
त्यसै गरि सितेरियो कराँतेको पश्चिमाञ्चलस्तरीय दिक्षान्त ग्रेडिङमा सानदान एवम् राष्ट्रिय रेफ्री हुन सफल चन्द्रा बुढा मगर, सानदान एवम् क्षेत्रीय रेफ्री हुन सफल चन्द्रा घले, सोदान एवम् क्षेत्रीय रेफ्री हुन सफल सागर चोखाल, सुमन बानियाँ, कृष थापा, विना घर्ती मगर, डेविन जुग्जाली र सानदान लिन सफल प्रिती गर्बुजालाई सम्मान गरिएको हो ।
कार्यक्रम विद्यालयका खेल शिक्षक देव छन्त्यालको सभापतित्व, जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्माको प्रमुख आतिथ्यता, विद्यालयका प्रिन्सिपल राजु केसीको स्वागत एवम् कार्यक्रम सम्बन्धी जानकारी मन्तव्य एवम् शिक्षक कमल बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा विद्यालय सल्लाहकार समितिका सदस्य राजु बानियाँ, जिल्ला खेलकुद विकास समितिका भलिबल प्रशिक्षक तेजेन्द्र बानियाँ र जिल्ला खेलकुद विकास समिति अन्तर्गत युवा सूचना केन्द्रका अधिकृत अमृत बास्कुनेको समेत उपस्थिती रहेको थियो ।