ताजा समाचार:
Search

बैसरी पहिरोको एक वर्ष ः पहिरोमाथि बसोबास नगर्न सुझाव

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १० जेठ ।
एक वर्षअघि कालीगण्डकी नदी थुनिने गरि राम्चे ९ काफलडाँडाको पहाड बाट खसेको पहिरोले पुरिएको म्याग्दीको बैसरीमा अझै पहिरोको जोखिम रहेको छ ।DSC01921

पहिरो खसेको ठाउँको स्थलगत अध्ययन गरेको प्राबिधिक टोलीले बैसरीमा अझै पहिरो खस्ने जोखिम रहेकाले त्यहाँ बसोबास नगर्न र पहिरो नरोकिदा सम्म भौतिक संरचना निर्माण नगर्न अनुरोध गरेको छ ।

केही दिनअघि पहिरोको अध्ययन गर्नुभएका जिल्ला भुसंरक्षण अधिकृत दिवाकर पौडेलले गत वर्षको भुकम्पका कारण चर्कीएको दुई तिहाई पहाड खसीसकेको र एक तिहाई जमिन अझै चिरा र प्वाल परेकाले जुनसुकै बेला पहिरो जाने खतरा रहेको बताउनुभयो ।DSC01901

२०७२ जेठ १० गते बैसरीमा सुख्खा पहिरो जाँदा त्यहाँ रहेका २७ घर, दुई वटा झोलुङ्गे पुल, डेढ किलोमिटर सडक पुरीनुका साथै १६ घण्टासम्म कालीगण्डकी नदी थुनिएको थियो । पहिरोका कारण घरबास गुमाएका बैसरीबासीहरु गत पुषदेखि पहिरो माथि अस्थाई टहरा बनाएर बस्न थालेका छन् ।baishari pairo 2

जिविकोपार्जनका लागि ब्यापार ब्यवसाय गर्न अन्य विकल्प नभएपछि पहिरोले पुरिएको ठाउँमा टहरा बनाएर बसेको बैसरी पहिरो पिडित राहत सहयोग व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर कार्कीले बताउनुभयो ।

उहाँका अनुसार देश बिदेशमा रहेका म्याग्देलीहरुले उपलब्ध गराएको राहत रकम र सामाग्रीले सामान्य टहरा बनाएर चिया, केरा, खाजा र किराना पसल सञ्चालन गरेका छन् । तर पहिरोको उच्च जोखिम रहेकाले त्यस ठाउँमा बस्न उपयुक्त नहुने भुसंरक्षण अधिकृत पौडेलले बताउनुभयो ।baishairi pairo 1

पहिरोपिडितको अवस्था बुझ्न सोमबार बैसरी पुगेको प्रमुख जिल्ला अधिकारी केशव आचार्य नेतृत्वको टोलीले उनिहरुलाई बर्खा अवधिभर सो ठाउँ छाडेर सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरेको छ । सुरक्षा निकाय, राजनितिक दल, रेडक्रसकर्मी सहित बैसरी पुग्नुभएका प्रजिअ आचार्यले वैकल्पीक स्थानको खोजी गर्न सुझाव दिदै एकएक थान पाल वितरण गर्नुभयो ।
पहिरोका कारण विस्थापित भएका २७ घरपरिवार मध्य चार घरपरिवार पहिरोमाथि अस्थाई टहरा बनाएर बसेका छन् । छ घरपरिवार पिप्ले ४ राहुपारेको सामुदायीक वन क्षेत्रमा रहेको अस्थाई टहरामा बस्दै आएका छन् । धेरैजसो बेनी र पोखरामा डेरा लिएर बस्न थालेका छन् । सामुदायीक वनले हट्न दवाव दिएको र जाने अर्को ठाउँको ब्यवस्था नहुँदा समस्यामा परेको पहिरो पिडितहरुले बताएका छन् ।DSC00259

पहिरो पिडितहरुले सामाजिक र निजी क्षेत्रबाट ५० लाख रुपैया भन्दा बढी राहत सहयोग प्राप्त भएपनि सरकारले पाँच हजार रुपैया बाहेक अन्य सहयोग नगरेकोमा चित्त दुखाएका छन् । भुकम्पका कारण पहिरो गएकाले भुकम्प पिडित सरहको सुबिधा र परिचयपत्रको ब्यवस्था हुनुपर्ने बैसरीका बासिन्दा भिमसेन केसीले बताउनुभयो ।

प्रजिअ आचार्यले जिल्ला विपद व्यवस्थापन समितिले बैसरीका पहिरो पिडितलाई भुकम्प पिडित सरहको सुबिधा, ऋण र अनुदानको ब्यवस्था गर्न गृह मन्त्रालय र राष्ट्रिय पुननिर्माण प्राधिकरणमा सिफारीस गरेको जानकारी दिनुभयो ।

यसैबीच हिस्तान र राम्चे गाविसका बासिन्दाले प्रयोग गर्ने बैसरीको पुल पुरिएको भन्दा केही माथि नयाँ झोलुङ्गे पुल निर्माण सुरु भएको छ । जिविस मार्फत यसै आर्थिक वर्षभित्र सम्पन्न गर्नेक्रम पुल निर्माण कार्य सुरु भएको हो । पुल बगाएपछि हाल अस्थाई साघु मार्फत वारपार गर्दै आएका छन् ।