विकल्प न्यूज/बेनी
जेठ १० गते ।
नेपाली काँग्रेस निकट नेपाल तरुणदल म्याग्दीको जिल्ला अधिवेशन नजिकिदै गर्दा विभिन्न गाउँ तथा नगर वडामा संगठन विस्तारले तिब्रता पाएको छ ।
जेठ २१ र २२ गते बेनीमा हुने जिल्ला अधिवेशनलाई लक्षित गरेर सञ्चालीत संगठन विस्तार अभियान अन्तरगत ताकम र मुदीमा गाउँ कार्य समिति गठन भएको छ । ताकममा दलबहादुर खत्रीको अध्यक्षतामा ६० सदस्यीय र मुदीमा अर्जुन घर्तीको अध्यक्षतामा २६ सदस्यीय तरुणदलको गाउँ कार्यसमिति गठन भएको हो ।
तरुणदल ताकमको उपाध्यक्षमा गोकुल भण्डारी, सचिवमा प्रेम पुन, कोषाध्यक्षमा थम पुन र सहसचिवमा देवेन्द्र थापा रहनुभएको छ । यसैगरी मुदी गाउँ कार्यसमितिको उपाध्यक्षमा देवराज पुन, सचिवमा धन रोका, कोषाध्यक्षमा तारा पुन र सहसचिवमा सौगात घर्ती रहेका छन् ।
नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा, महासमिति सदस्य चिरञ्जिवी शर्मा, तमबहादुर थापा, जिल्ला सदस्य केवी भण्डारी, तरुण दल म्याग्दीका अध्यक्ष मुकुन छन्त्याल, रेकबहादुर पुन, ताकम गाउँ कार्यसमिति सभापति मनबहादुर भण्डारी, नेविसंघ म्याग्दी क्याम्पस ईकाई सभापति निर्मल खत्री लगायतको उपस्थितीमा भेला सम्पन्न भएको थियो ।