ताजा समाचार:
Search

म्याग्दीका ६ बाख्रापालन फार्मले युवा लक्षित कार्यक्रम अन्तर्गत अनुदान पाउने

विकल्प न्यूज/बेनी
म्याग्दी,जेठ ९ गते ।
म्याग्दीमा यस वर्ष व्यवसायिक रुपमा वाख्रपालन गर्दै आएका ६ वटा बाख्रा फार्महरुले युवा लक्षित कार्यक्रम अन्तर्गत अनुदान पाउने भएका छन् । व्

यवसायिक रुपमा बाख्रापालन गर्दै आएका युवा किसानहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रति किसान एकलाखका दरले अनुदान वितरण गरिने जिल्ला पशुसेवा कार्यालय म्याग्दीले जनाएको छ ।
चालु आर्थिक वर्षमा एकलाखका दरले अनुदान पाउनेहरुमा धौलागिरि बाख्रा फार्म सोलुशन अर्मन ४ धारा, कुँबर बाख्रापालन उद्योग वेनपा १२ चिप्लेटी,सन्तोष सेवा बाख्रापालन सेवा केन्द्र चिमखोला रहेका छन् ।
यसै गरि सिमलचौर एग्रीकल्चर एण्ड सिड्स बाबियाचौर २, भिमनारायण बाख्रापालन केन्द्र भकिम्ली १ मुसुङडोले र निलगिरि बाख्रापालन फार्म घारा ६ लाई अनुदान पाउने मध्यमा छनौट गरिएको पशुसेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक दयाराम चापागाईले बताउनुभयो । dhaulagiri goat farm  व्यवसायिक रुपमा पचास भन्दा वढी बाख्रा पालेका र घाँस लगायत व्यवस्थापन राम्रो गरेका किसानहरुलाई व्यावसायको विस्तारका लागि बोका खरिद,घाँस र गोठ सुधार गर्न पुँजीगत अनुदान उपलब्ध गराउन किसानहरुलाई छनौट गरिएको उहाँले बताउनुभयो । यसवर्ष अनुदानमा छनौटमा परेकाले लगातर दुइवर्ष सम्म कार्यक्रममा सहभागि हुन नपाउने उहाँले बताउनुभयो । pasu office myagdi कार्यालयबाट खटिएको टोलीले बाख्रापालन फर्महरुको स्थलगत अनुगमन गरि अनुदानका लागि सिफारिस गरेको वरिष्ठ पशुचिकित्स चापागाइले बताउनुभयो ।
यसै गरि शिखको खोप्रालेकमा चौरी पालन व्यवसायका लागि घाँसमा सिचाई एवम् खानेपानी व्यवस्थापनका लागि ६० हजार रुपियाँ अनुदान उपलब्ध गराउने कार्यालयले जनाएको छ ।

पशुचौपायाका लागि घाँसको नर्सरी स्थापना गर्नका लागि बेनी नगरपालिका ज्यामरुककोटका किसान सोवित शर्मालाई ८२ हजार, घाँसको सिन्की बनाउने खाडल तयार गर्नका लागि भकिम्लीका धनवहादुर श्रीस,नमस्ते कृषि सहकारी संस्था कुरीलाखर्क, बेनपा १३ वास्कुनाका तिलक गुरुङ र घाँस काट्ने मेशिन खरिदका लागि बास्कुनाका किसान मनवहादुर केसी लाई २५ हजारका दरले अनुदान पाउने कार्यालयले जनाएको छ ।