विकल्प न्यूज/बेनी
म्याग्दी ९ जेठ ।
बेनी नगरपालीका १ रत्नेचौरमा रहेको भानु उच्च माविले आईतबार ५८ औ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल थापाको अध्यक्षता, शिक्षक पूर्णप्रसाद शर्माको सञ्चालन र प्रअ भरत खत्रीले स्वागत गर्नुभएको कार्यक्रमको प्रमुख अतिथि जिशिअ रामप्रसाद अधिकारी रहनुभएको थियो ।
प्रअ खत्रीले प्रगती तथा शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा शिक्षा कार्यालयका शाखा अधिकृत दलबहादुर थापा, स्रोत व्यक्ति दुर्गाराम सुवेदी, संस्थापक नेत्रबहादुर महत लगायतको उपस्थिती रहेको थियो ।
अभिभावक भेलामा विद्यार्थीको आय ब्यय विवरण सार्वजनीक गर्नुपर्ने नितीगत ब्यवस्था भएपनि लेखापाल बिदामा बसेको भन्दै आर्थिक प्रतिवेदन सार्वजनीक गरिएको थिएन् । औपचारीक कार्यक्रम सुरु हुनुपुर्व विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक र विद्यार्थीहरुले रत्नेचौरमा ¥याली निकालेका थिए ।