ताजा समाचार:
Search

बसन्त गुठीद्धारा गायत्री मन्दिरमा बस्ने वृद्धबृद्धालाई खाद्यान्न वितरण

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ९ जेठ ।
म्याग्दीको पिप्ले गाविसको तिल्केनीचौरमा रहेको गायत्री मन्दिरमा बस्ने वृद्धबृद्धाहरुलाई बसन्त बोगटी सदावर्त गुठीले शनिबार खाद्यान्न वितरण गरेको छ ।

बोगटी बन्दुहरुले १०५ पाथी चामल, आठ पाथी दाल, ¥यु, नुन लगायतका खाद्यान्न उपलब्ध गराएका हुन् । सो खाद्यान्न मन्दिरमा बस्ने माईआमा, सन्यासी र मुक्तीनाथ जाने आउने तिर्थयात्रीको भोजनमा प्रयोग हुने जनाइएको छ ।

गुठीका अध्यक्ष ईञ्जिनियर कृष्णबहादुर बोगटीको नेतृत्वमा मन्दिरमा पुगेका पदाधीकारी तथा सदस्यहरुले खाद्यान्न उपलब्ध गराएका थिए । गायत्री मन्दिरमा वि.स १८६६ देखि प्रत्येक वर्षको बैशाख पूर्णीमाका दिन बोगटी बन्धुहरुले खाद्यान्न सहयोग गर्दै आएको सचिव चिरञ्जिवी बोगटीले बताउनुभयो ।

बोगटी बन्धुहरुको पुर्खा बसन्त बोगटीले स्थापना गर्नुभएको सदावर्त गुठीले कोष स्थापना गरेर सामाजिक क्रियाकलाप, विपद् पिडीतलाई राहत र धर्म संस्कृतीको संरक्षणमा योगदान गर्दै आएका छन् ।