ताजा समाचार:
Search

कुहुँका रोकाद्धारा गाउँमा तिन लाख रुपैयाँ भन्दा बढी सहयोग

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ९ जेठ ।
म्याग्दीको कुहुँ ६ तुसारेपानीका एक व्यक्तिले स्थानीय संघ संस्थाहरुलाई करिब साढे तिन लाख रुपैयाँ नगद सहयोग गर्नुभएको छ ।Uk ko Roka Le Help Garako (2)

तुसारेपानी घर भई हाल बेलायतमा बस्नुहुने खगेन्द्र रोकाले सडक उपभोक्ता समिति, सामुदायिक विद्यालय, आमा समूह र यवा कल्वलाई विभिन्न विकास गतिबिधि तथा कार्यक्रम गर्नका लागि तिन लाख ३५ हजार २५ रुपैयाँ वितरण गर्नुभएको हो ।

रोकाले दिपशिखा उच्च माविलाई पचास हजार, सिम कुहुँ मोटरबाटो निमाृण समितिलाई २१ हजार, मनकामना आमा समूहलाई पचास हजार र मनकामना युवा कल्बलाई ३१ हजार रुपैया सहयोग हस्तान्तरण गर्नुभएको कुहुँबाट एकजित रोकाले जानकारी दिनुभयो ।  Uk ko Roka Le Help Garako (1)

यसैगरी कुहुँ १ मा रहेको जनआवाज प्राबीलाई चालीस हजार, राष्ट्रिय जनजागृती मावि पूर्णगाउँलाई २६ हजार, टोड्के महोत्सव आयोजक समितिलाई चालीस हजार, देउराली युवा कल्व कुहुँलाई बिस हजार पाँच सय, त्रिभुवन मंगला मावि ¥यालेखोरलाई बिस हजार, ¥यालेखोर आमा समूहलाई सात हजार ५०५ रुपैयाँ उपलब्ध गराउनुभएको हो ।

घरबिदामा आफ्नो जन्मथलोमा आउनुभएका रोकाले मालिका आमा सूहलाई १० हजार ५०५, भगवती आमा समूह कुहुँ ३ ला १० हजार ५०५, थाईवाङ निमावीलाई ५ हजार पाँच र हरियाली आमा समूह पूर्णगाउँलाई तिन हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।Purkhaule Samuha la help garako

यस्तै कुहुँ गाविसको ३ र ४ नम्बर वडामा रहेको पुख्यौली समूहले परम्परागत ख्यालीगित र मारुनी नाच प्रर्दशन गरेर जुटाएको रकम विकास निर्माणका लागि सहयोग गरेका छन् । लोपोन्मुख संस्कृती संरक्षणमा क्रियाशिल ५० वर्ष काटेका प्रौद्ध र वृद्धहरु आवद्ध पुख्यौली समूहले छैठी, छेवार, बिवाह र किरीयामा नाचगान गरेर जुटाएको १५ हजार रुपैयाँ सिम कुहुँ सडक निर्माण समितिलाई सहयोग गरेका हुन् । तस्विरहरु/ एकजित रोका कुुहुँ