ताजा समाचार:
Search

नेकपा एमाले पर्वतको एक नम्बर इलाका स्तरिय कार्यकर्ता भेला सम्पन्न

विकल्प न्यूज/पर्वत
पर्वत बेनी जेठ ७ गते । नेकपा एमाले पर्वतको इलाका नम्बर एक अन्तर्गतको कार्यकर्ता भेला शुक्रबार पर्वत बेनीको बगरफाँटमा सम्पन्न भएको छ ।
नेकपा एमाले पर्वतले सञ्चालन गरेको गाउँ जागरण अभियान अन्तर्गत नाग्लीबाङ,धाइरिङ,सालिजा,लेखफाँट, माझफाँट र वासखर्क गाविसका स्थानीय नेता तथा कार्यकताहरुलाई समसमायिक राजनीतिक अवस्था र जिल्ला पार्टीको योजनाका वारेमा जानकारी गराउने उद्देश्यले क्लस्टर स्तरीय कार्यकर्ता भेलाको आयोजना गरिएको जिल्ला कमिटी सदस्य लोकनाथ रेग्मीले जानकारी दिनुभयो। parbat beni cpuml 1
नेकपा एमाले म्याग्दीको दोस्रो प्रतिनिधि परिषद् वैठकलाई सम्बोधन गर्न आउनुभएका पार्टीका केन्द्रिय सचिव एवम् पूर्व उर्जा मन्त्रि गोकर्ण विष्टले बगरफाँटमा भेलालाई सम्बोधन गर्दै जनताको संविधानलाई कार्यान्वय गर्ने मूख्य कार्यभार एमाले माथि आएको बताउनुभयो । उहाँले तत्कालै स्थानीय निकायको निर्वाचनको मिति घोषणा हुने भएकाले तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभएको छ । parbat  beni cpuml
भेलामा जिल्ला अध्यक्ष पदम गिरिले नवौ महाधिवेशनले पारित गरेको सिद्धान्त,नीति र जिल्लाका कार्यकर्ताहरुले खेल्नुपर्ने भूमिकाका वारेमा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणका क्रममा अध्यक्ष गिरिले एमालेका कार्यकर्ताहरु गाउँगाउँमा शिर ठाडो गरेर संगठन निर्माण र जनताको काममा लाग्न निर्देशन समेत दिनुभएको छ ।
यसै गरि भेलामा उपाध्यक्ष भक्त कुँवर,सचिव पदमपाणी शर्मा र नेता गोविन्द पहाडीले प्रशिक्षण दिनुभएको थियो । जिल्ला कमिटी सदस्य टुङगनाथ पौडेलले सञ्चालन गर्नुभएको भेलाको अध्यक्षता प्रचार विभाग प्रमुख लाल बहादुर अधिकारी र स्वागत जिल्ला कमिटि सदस्य लोकनाथ रेग्मीले गर्नुभएको थियो । भेलामा विभिन्न पार्टी परित्याग गरि १५ जनाभन्दा वढी एमालेमा प्रवेश गरेको रेग्मीले बताउनुभयो ।