ताजा समाचार:
Search

झिँमा महिलाको नेतृत्वमा सामुदायिक भवन निर्माण

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ७ जेठ ।
म्याग्दीको झिँमा महिलाहरुको नेतृत्वमा सामुदायीक भवन निर्माण भएको छ । झिँमा रहेको देउराली महिला बचत तथा ऋण सहकारी संस्थामा आवद्ध महिलाहरुले सहकारीको कार्यालय र तालीमहल सहितको भवन निर्माण गरेका हुन् ।

जिविसको तिन लाख ५० हजार अनुदान र झि स्थित आमा समूहको सत्तरी हजार रुपैया लगानीमा निर्माण भएको दुई कोठे भवनको बिहीबार म्याग्दीका स्थानिय विकास अधिकारी चिरञ्जिवी पौडेलले उद्घाटन गर्नुभयो ।

भवन निर्माण गर्न समुदायले दुई लाख रुपैया बराबरको श्रमदान गरेको गाविस सचिव तेजकुमारी थापाले बताउनुभयो । भवनमा सहकारीको कार्यालय सञ्चालनका अतिरित्त २५–३० जनाको सहभागितामा तालीम, बैठक, भेला पनि सञ्चालन गर्न सकिने सुबिधा रहेको छ । महिलाहरुको मात्रै सहभागिता रहेको उपभोक्ता समितिले स्थानीय स्तरमा रकम संकलन, श्रमदान जुटाउनेदेखि जिल्ला स्तरमा समन्वय गर्ने काम आफै गरेका थिए ।Jhi Samudayik Bhawan 3

भवन उद्घाटन तथा सहकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रममा महिला तथा बालबालिका कार्यालय प्रमुख निर्मला शर्मा, जिविस अन्तरगतको आदीवासी जनजाती समन्वय समितिका उपाध्यक्ष ओम छन्त्याल। झिँ गाविस कार्यालयका सचिव तेजकुमारी थापा र देउराली सहकारीकी अध्यक्ष श्रीमाया शेरपुञ्जाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

भवन निर्माण समितिका अध्यक्ष टिना पाईजाको अध्यक्षता, सामाजिक परिचालक राजकुमारी थजालीको स्वागत र गौरी गर्बुजाको सञ्चालनमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष डिलु पुर्जाले सहकारी र भवन निर्माणको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।