विकल्प न्यूज/बेनी
जेठ ७ गते ।
प्रेस चौतारी नेपालको काठमाण्डौमा जारी ८ औ अधिवेशनबाट म्याग्दीका क्रियाशिल पत्रकार अमृतप्रसाद पौडेल (बास्कुने) केन्द्रिय लेखा आयोगको सदस्यमा सर्वसम्मत चयन हुनुभएको छ ।
यस अघि पत्रकार बास्कुनेले खुल्ला तर्फको केन्द्रिय सदस्य पदमा उम्मेदवारीको घोषणा गर्नुभएको थियो । २०५८ सालबाट म्याग्दीमा पत्रकारिता सुरु गर्नुभएको वास्कुने प्रेस चौतारी म्याग्दीको पूर्व अध्यक्ष समेत हुनुहुन्छ । २०६७ सालमा विरेन्द्र शाह क्रियाशिल युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भइसक्नुभएका पत्रकार वास्कुने निरन्तर म्याग्दीको पत्रकारिता पेशामा क्रियाशिल हुँदै आउनुभएको छ ।
लेखा आयोगको सदस्यमा सर्वसम्मत चयन गरेर चौतारीले यसपटक योगदानको कदर गरेको उहाँले बताउनुभयो । यसका साथै धौलागिरिबाट पत्रकार रामकृृष्ण शर्मा केन्द्रिय सचिवमा सर्वसम्मत चयन हुनुभएको छ । अध्यक्ष लगायत पदाधिकारी पदहरुमा सर्वसम्मत नेतृत्व चयन भइसकेको र केन्द्रिय सदस्यहरुमा पनि सर्वसम्मत गर्ने प्रयास भइरहेको पत्रकार वास्कुनेले जानकारी दिनुभयो ।
1 thoughts on “प्रेस चौतारीको केन्द्रिय लेखा आयोगको सदस्यमा म्याग्दीका पत्रकार बास्कुने चयन”