सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ६ जेठ ।
म्याग्दीमा बिहीबार देखि बिबिध कार्यक्रम गरेर बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०७३ मनाउन सुरु गरिएको छ ।
म्याग्दी वौद्ध संघको मुल आयोजनामा शनिबारसम्म बिबिध कार्यक्रम गरेर वुद्ध जयन्ती तथा दिवस मनाउन लागिएको हो । पहिलो दिन बिहीबार बिहान बेनीमा प्रभातफेरीको साथै जिल्ला अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफुल वितरण गरिएको छ ।
२६ जना बिरामीहरुलाई प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य र संघका पदाधीकारी तथा सदस्यहरुको उपस्थितीमा फलफुल वितरण गरिएको हो । उक्त कार्यक्रमको संयोजन नेपाल छन्त्याल संघ म्याग्दीले गरेको म्याग्दी वौद्ध संघका अध्यक्ष यजनलाल शाक्यले जानकारी दिनुभयो ।
जेठ ७ गते शुक्रबार महिला वौद्ध संघको संयोजनमा वुद्ध बिहारमा वुद्ध पुजा, ज्ञानमाला भजन तथा धर्मदेशना, जेठ ८ गते नेपाल मगर संघ र थकाली सेवा समाजको संयोजनमा शान्ति पदयात्रा, वुद्ध बिहार परिसरमा मुल समारोह, तमु सेवा समाज र युवा वौद्ध संघ, विद्यार्थी संघको संयोजनमा रथयात्रा र साँझ नेपाल मगर विद्यार्थी संघ र महिला वौद्ध संघको संयोजनमा दिपावली गरेर दिवस मनाउने कार्यक्रम तय भएको छ ।