ताजा समाचार:
Search

बेनी नगरपालिकाद्धारा सडक स्तरवृद्धीका लागि ३३ लाख वितरण

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २ जेठ ।
बेनी नगरपालिका कार्यालयले आईतबार नगर क्षेत्रका सडकको स्तवृद्धीका लागि ३३ लाख रुपैयाँ बजेट बाँडफाँड गरेको छ ।

राजनीतिक दलका प्रतिनिधिहरुको परामर्शमा नगर परिषद्ले प्रस्ताव गरेका पाँच वटा सडक आयोजनालाई सडक बोर्ड अन्तरगतको बजेट वितरण गरिएको नगरपालिकाले जनाएको छ ।beni nagarpalika

कार्यकारी अधिकृत छवीलाल सुवेदीले नगरपालिकाको असी प्रतिशत अनुदान र उपभोक्ताको बिस प्रतिशत सहभागीतामा सडकको स्तरवृद्धी गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
खबरा–अर्जम सडकलाई नौ लाख, महारानीथान–छापा–ठूलोखोला र तोरिपानी–ढोल्थान–गाजने सडकलाई आठआठ लाख, डल्लेपिपल–राहुवडा–सल्लेरी सडकलाई पाँच लाख र हाँडेभिर–बाङगेरा–लभ्लिहील सडकलाई तिन लाख रुपैयाँ बाँडफाँड गरिएको कार्यकारी अधिकृत सुवेदीले बताउनुभयो ।

नगरपालिकाले यस अघि सडक बोर्ड मार्फत प्राप्त भएको १२ लाख रुपैया नगरपालिका कार्यालय अघिदेखि मंगलाघाट जोड्ने सडकको कालोपत्रे मर्मत गर्ने योजनामा छुट्टाएको थियो । सदरमुकामभित्रै भएपनि उपभोक्ताको ढिलासुस्तीका कारण उक्त आयोजनाको अहिलेसम्म काम सुरु भएको छैन् । सडक योजनाहरु उपभोक्ता समिति मार्फत सञ्चालन हुने जनाइएको छ ।