ताजा समाचार:
Search

म्याग्दी नदीको किनारमा बाढीको सूचना दिने प्रबिधि जडान

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी, २ जेठ ।
म्याग्दी जिल्लाको देविस्थान गाविसको फेदीमा आईतबार बाढी आउनुभन्दा पूर्व सूचना दिने प्रबिधी जडान गरिएको छ ।

धौलागिरी हिमालको फेदीबाट जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी खोलामा आउन सक्ने बाढीबाट हुने सम्भावित क्षत्ती न्युनीकरण गर्ने उद्देश्यले समुदायमा आधारित सूचना प्रणाली जडान गरिएको हो ।

बहुसरोकारवाला वन कार्यक्रम (लिवर्ड))को आयोजना, संगम म्याग्दीको सहयोग एवम् ‘सस्टेनेबल ईको इन्जिनियरिङ’को प्राविधिक सहयोगमा जडान गरिएको प्रबिधि समुदायलाई हस्तान्तरण गरिएको छ ।DSC01544

नदी किनारमा राखिएको पानीको सतह मापन गर्ने स्वचालीत सचेतक उपकरणले संकेत प्रशोधन गरेर रेडियो ट्रान्समिटर मार्फत नजिकैको बस्तीमा राखिएको रेडियो रिसीवरलाई पठाउने संकेत उपकरणले प्रसोधन गरेर साईरन (घण्टी) बजाएर खतराको सूचना दिने प्राबिधिक नरेन्द्र बज्राचार्यले जानकारी दिनुभयो ।

पहिलो सतहमा पानी बगे खासै आत्तिनु नपर्ने, दोस्रो सतहमा बगे सामान्य सचेत हुनुपर्ने र निरन्तर घण्टी बजेमा खतरा हुने भएकाले तटीय क्षेत्रका तल्लो बस्ती, सुरक्षाकर्मी र सञ्चार माध्यमलाई सूचना प्रवाह गरेर पुर्व तयारी गर्ने संयन्त्र तयार गरिएको छ ।

उक्त प्रणालीले एक/एक मिनेटको अन्तरालमा सङ्केत गर्ने र तेस्रो सतहमा बगे खतराको चेतावनी दिने भएकाले बाढीबाट बच्न सावधानी अपनाउन सकिने प्राबिधिक बज्राचार्यले बताउनुभयो ।DSC01532

ईसीमोडले प्रर्वद्धन गरेको यस्तो प्रबिधि नेपालमा यसअघि म्याग्दीको बाबियाचौर, भुरुङ तातोपानी, बागलुङको खुङ्गा गाविसको हुन्द्राफेदी र महोत्तरीको जलेश्वर स्थित रातुखोलामा जडान गरिएको प्राबिधिक बज्राचार्यले बताउनुभयो ।

समुदायलाई प्रबिधि हस्तान्तरणका लागि आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशव आचार्यले तटीय क्षेत्रमा रहेका मानव बस्तीमा बाढीले पु¥याउने सम्भावित जनधनको क्षति रोक्न सूचना प्रणाली उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

जिल्ला वन अधिकृत सुखलालप्रसाद जयसवालको अध्यक्षता, लिवर्डका श्यामलाल बिकको सञ्चालन र ईन्द्र कार्कीको स्वागतमा सम्पन्न कार्यक्रममा दरवाङका अगुवा बिरबहादुर कार्की, जिल्ला भुसंरक्षण अधिकृत दिवाकर पौडेल, रेडक्रस जिल्ला शाखा सभापति लेखबहादुर हमाल, दरवाङ गाविसका सचिव सोमबहादुर केसीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।