ताजा समाचार:
Search

दुइ महिने आधारभुत कम्प्युटर तालिम सुरु

विकल्प न्यूज/बेनी
म्याग्दी, २ जेठ ।
म्याग्दीको बेनीमा आईतबारदेखि दलित युवा युवतीका लागि दुई महिने निशूल्क आधारभुत तहको कम्प्युटर तालीम सुरु भएको छ ।

जिल्ला विकास समिति अन्र्तगतको दलित वर्ग समन्वय समितिको आयोजनामा सुरु भएको तालीममा २० जना विद्यार्थी तथा युवा युवतीको सहभागिता रहेको छ ।13249573_904484726341456_1809044271_n

दलित समुदायका विद्यार्थीहरुलाई आधारभुत कम्प्युटर शिक्षा र प्रबिधिमा पहुँच बढाउने उदेश्यले तालिमको आयोजना गरेको जिविसले जनाएको छ । तालिमको म्याग्दीका स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले उद्घाटन गर्नुभयो ।

स्थानीय विकास अधिकारी पौडेलले सहभागीलाई ध्यान दिएर तालीम लिन र ब्यवहारमा उतार्न सुझाव दिनुभयो । समितिका उपाध्यक्ष बालकुमार लामिछाने बिकको अध्यक्षता र सज्जन बोहोराको सञ्चालनमा सम्पन्न तालीम उद्घाटन कार्यक्रममा प्रशिक्षक राम बिकले स्वागत गर्नुभएको थियो । सन्तोष गौतम