ताजा समाचार:
Search

युवा उद्यमीको सफलता ः चाउमिन उद्योगमा भविष्य खोज्दै

विकल्प न्यूज/बेनी
जेठ २ गते ।

index
बेनीका एक युवाले डेढ लाख रुपैयाँको लगानीमा सुरु गरेको उद्योगबाट हाल मासिक असी हजार रुपैयाँ सम्म आम्दानी गर्न थाल्नुभएको छ ।

युरोप जाने योजना त्यागेर आफ्नै ठाउँमा चाउमीन उद्योग सञ्चालन गरेका बेनी नगरपालीका ६ मंगलाघाटका रेशम बानियाँ छोटो समयमै सफल भएका हुन । २४ वर्षिय बानियाँले पाँच वर्षअघि आफ्नै घरमा एक लाख पचास हजार रुपैयाँको लगानीमा ‘जाल्पा फुड प्रोडक्ट’ उद्योग स्थापना गरेका छन् ।

‘युरोप जाने सपनामा दलाललाई बुझाएको १३ लाख रुपैयाँ फसेपछि, बिदेश जाने योजना त्यागेर उद्योग सुरु गरेको थिए’ बानियाँले भने ‘अहिले उद्योगको लगानी बढेर ३० लाख पुगेको छ । मासिक दश लाख रुपैयाँ बराबरको कारोबार हुन्छ ।’

दश जोड दुई तहसम्मको अध्ययन गरेका बानियाले राम्रो ब्यापार हुँदा मासिक असी हजार रुपैयाँ बचत हुने बताए । ‘सामानको खपत राम्रो भयो भने बढीमा मासिक असी हजार बचाउन सकिन्छ, बानियाले भने ‘ब्यापार कम भएको समयमा पनि खर्च कटाएर तिस हजार बच्छ ।’Resam Baneaya (2)

उद्योगबाट भएको आम्दानीले लगानी बढाउदै लगेको बानियाको भनाई छ । दैनिक दुई सय किलोग्राम चाउमिन र चासीस कार्टुन सस उत्पादन हुने उद्योगमा बानियाँले आफूबाहेक आठ जनालाई रोजगारी दिएका छन् । उत्पादीत चाउमीन र सस बेनी, बागलुङ, कुश्मा र मुस्ताङका होटल तथा रेष्टुरेष्टहरुमा खपत हुन्छ । पछिल्लो समय पोखरामा पनि सस र केचन बेच्न थालेका बानियाँले त्यहाँमा डिपो खोलेर देशभर बजार विस्तार गर्ने योजना बुन्दै छन् ।

कच्चा पदार्थ र उत्पादीत सामाग्री ढुवानीका लागि हालै गाडी किनेका बानियाँले उद्योगको क्षमत्ता र बजार विस्तारमा जोड दिएका छन् । स्थानीय बजारको आवश्यकतालाई मध्यनजर गरेर चाउमिन उद्योग खोलेका बानियाँले पछिल्लो समय धौलागिरी क्षेत्रमै पहिलो पटक सस र केचन उत्पादन गर्न थालेका हुन । चाउमीन बनाउन आवश्यक कच्चा पदार्थ मैदा र पानी स्थानीय स्तरमै पाईन्छ ।

सस बनाउनका लागि काठामाडौको कालीमाटी तरकारी बजारबाट गोलभेडा लगायतका कच्चा पदार्थ ल्याउने गर्नुभएको छ । जिल्लाका कृषकले ठूलो परिणाममा गोलभेडा उत्पादन गर्न सके उद्योगले स्थानीय उत्पादनलाई प्राथमिकता दिने बानीयाँले बताए । गुणस्तर परिक्षणका लागि आधुनिक प्रबिधिको प्रयोग गरेका बानियाले काठमाडौको भृकुटी मण्डपमा गत माघमा भएको घरेलु उद्योग प्रर्दशनीमा पनि सहभागिता जनाएका थिए ।

बानियाँलाई गत बर्ष घरेलु तथा साना उद्योग विकास समितिले ९५ हजार रुपैयाँ मूल्य पर्ने चाउमिन बनाउन प्रयोग हुने उपकरण खरिद गर्न चालीस प्रतिशत अनुदान दिएको थियो । बिदेश जानका लागि गर्ने श्रम र नगद लगानीले आफ्नै गाउँठाउँमा बसीबसी बिदेशको भन्दा बढी आम्दानी गर्न सकिने बानियाँको युवाहरुलाई सुझाव छ । उद्योग सञ्चालनका क्रममा दक्ष कामदार, पानी र विद्युत अभाव चुनौतीका रुपमा रहेका बानियाँले बताए । नवविकल्प अंक ३४ मा प्रकाशित प्रस्तुती सन्तोष गौतम