ताजा समाचार:
Search

एमाओवादी मराङको गाउँपालिका सम्मेलन सम्पन्न

विकल्प न्यूज/बेनी
म्याग्दी, २ जेठ ।
एकिकृत नेकपा माओवादी मराङको प्रथम गाउँपालिका सम्मेलन शनिबार गौबहादुर क्षेत्री (कृष्ण)को अध्यक्षतामा २५ सदस्यीय कार्यसमिती चयन गर्दै सम्पन्न भएको छ ।
समितिको उपाध्यक्षमा नरमती गर्वुजा, सचिबमा प्रेमबहादुर लामगाररे, कोषाध्यक्षमा लालबहादुर विक र सहसचिबमा ओमबहादुर लामगारे चयन हुनुभएको छ ।

सदस्यहरुमा ठकबहादुर निउरे, इन्द्रबहादुर कामी, लिलमायाँ क्षत्री, राजेन्द्र गर्वुजा, रामबहादुर घर्ति, पहलबहादुर लामगादे, तुलबहादुर केसी, भिमप्रसाद विक, मनमायाँ विक, ओमबहादुर घर्ति, खेमराज खत्री, भिमबहादुर दमाई, तिर्थराम विक र खिमबहादुर विक रहनुभएको छ । maost
६ जना नयाँ कार्य समितिले मनोनित गर्ने जनाएको छ । त्यस्तै समितिको सल्लाहकारमा रत्नबहादुर गवुर्जा, थमलाल सुवेदी, बिर्खलाल गुरुङ, दिलप्रसाद सुनार, भरत विक रहनुभएको छ भने दुई सल्लाहकार पछि चयन हुने बताईएको छ । गौबहादुर क्षत्रीको अध्यक्षता, प्रेमबहादुर लामगादेको स्वागत र नरमती गर्वुजाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
सम्मेलनलाई सम्बोधन गर्दै एकिकृत नेकपा माओवादीका केन्द्रिय परिषद सदस्य एवम पूर्व सभासद तथा जिल्ला सहईन्चार्ज गोविन्द पौडेलले नयाँ संविधानले आंशिक रुपमा जनताका अधिकार सुनिश्चित गरेकाले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै बाँकी अधिकार प्राप्ती र विकासको लागि एकतावद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा एकिकृत नेकपा माअ‍ोवादीका जिल्ला सचिवालय सदस्य कमल केसी , एकिकृत अखिल नेपाल शिक्षक संगठनका सदस्य थमप्रसाद सुवेदी लगायतले मन्तव्य राख्नुभएको थियो ।