ताजा समाचार:
Search

बरङजामा भवन र विद्युतीकरणले स्थानीय बासिन्दामा खुसीयाली

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १ जेठ ।
म्याग्दीको बरंजा ९ धापुङमा निर्माण भएको आलु भण्डारण भवन र विद्युतीकरण आयोजनाको शनिबार एक समारोहका बिच उद्घाटन गरिएको छ ।

धापुङ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष मनबहादुर थजालीको अध्यक्षता, हुकुम सिङजालीको सञ्चालन र गाविस सचिब गोविन्द जिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका बागबानि विकास अधिकृत भोजबहादुर थापाले आयोजनाको उद्घाटन गर्नुभएको हो ।

नरदेवी चोचाङ्गीले स्वागत गर्नुभएको कार्यक्रममा मन्तब्य व्यक्त गर्नुहुदै बागबानि विकास अधिकृत थापाले धापुङलाई आलु खेतीमा नमुना बनाउन विउ आलु भण्डारण गृह सहयोगी बन्ने अपेक्षा व्यक्त गर्नुभयो । जिल्ला विकास समितिको १० लाख, नेपाल विद्युत प्राधिकरणको दश लाख, गाविसको सात लाख ५९ हजार र उपभोक्ताको आठ लाख आठ हजार रुपैया लागतमा निर्माण भएको विद्युतीकरण आयोजनाबाट १०१ घरधुरी लाभान्वित भएका छन् ।DSC01453

यसैगरी जिल्ला कृषि विकास कार्यालयको दुई लाख ७५ हजार, गाविस स्तरीय कृषि वन तथा वातावरण समितिको एक लाख, महिला सञ्जालको सत्तरी हजार र तिन लाख बराबरको श्रमदानबाट विउ आलु भण्डारण भवन निर्माण भएको हो । भवनको तल्लो तलामा विउ भण्डारण र माथिल्लो तलालाई सामाजिक काममा प्रयोग गर्ने लक्ष्य राखिएको छ । भवन र विद्युतीकरण आयोजना निर्माण भएको खुसीयालीमा स्थानीय बासिन्दाले भजनकिर्तन र नाचगान गरेका थिए ।

कार्यक्रममा महेन्द्ररत्न उच्च मावि बरंजाका प्राचार्य यामबहादुर रोका, नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रका प्राबिधिक जय शर्मा, अरनीको प्राबिकी शिक्षीका शसीकला पुन, पुर्व वडा अध्यक्ष प्रेमबहादुर चोचाङ्गीले मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रममा सामाजिक परिचालक मनिषा पुनले दुई वटै आयोजनाको आय ब्यय विवरण सार्वजनीक गर्नुभएको थियो ।