कक्षा १२ को परीक्षाबारे निर्णय लिन बोर्डको बैठक भोलि बस्ने

काठमाडौं, साउन २२ गते ।

 

 कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक भोलि बस्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिसिएमसीलाई सिफारिस गरे संगै बोर्डको बैठक बस्न लागेको हो ।

बोर्डले भोलि बोर्डका सचिव, सदश्यहरुलाई छलफलको लागि बोलाएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले बताउनुभयो । उहाँहरुको राय के आउँछ त्यसै अनुसार भोलि निर्णय लिने उहाँले बताउनुभयो ।
कोरोना कारण रोकिएको कक्षा १२ को परीक्षा ३१ साउनदेखि शुरु गर्ने तय भएको थियो । तर पछिल्लो समय कोरोनाको संक्रमण बढदै गए पछि परीक्षा हुँने वा नहुँनेमा अन्योल बढेको छ ।