विकल्प न्यूज/बेनी
साउन २१ गते । म्याग्दीमा विहिवार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्ती अनुसार २१ महिला र १६ पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो । लकडाउन खुला गरिएसँगै जिल्लामा संक्रमितको संख्यामा वृद्धि हुनथालेको छ ।