काठमाडौं
कोरोेना रोकथाम तथा नियन्त्रणमा भइरहेको कार्यप्रगति र आगामी दिनमा अपनाउनुपर्ने भूमिका र बजेटका विषयमा छलफल गर्न आइतबार बिहान अपरान्ह चार बजेका लागि मन्त्रिपरिषद् बैठकको समय तय गरेर त्यही अनुसार मन्त्रीहरुलाई खवर गरिएको थियो ।
तर, दिउँसो फेरि आजको बैठक सोमबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको सूचना आएको एक मन्त्रीले जानकारी दिए ।
तर किन बैठक सारियो भन्नेबारे खुलाइएको छैन अब बस्ने मन्त्रिपरिषद बैठकमा खासगरी विदेशमा रहेका नेपालीहरुलाई कसरी स्वदेश ल्याउने भन्नेमा निर्णय हुने अपेक्षा गरिएको छ ।
कोरोेनाका कारण भारत लगायतका मुलुकमा धेरै नेपालीहरु समस्यामा परेका छन् । उनीहरु नेपाल आउन चाहेपनि सरकारले उनीहरुलाई कसरी ल्याउने र कस्तो व्यवस्थापन गर्ने भन्ने निर्णयमा पुगिसकेको छैन ।
त्यस्तै आगामी जेठ १५ गते संसदमा पेश गर्ने बजेटका बारेमा समेत केही छलफल गर्नुपर्ने भएकाले त्यसमा समेत छलफल हुने बताइएको छ । ratopati