जेठ ११, २०७७ काठमाडाैं :
नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशले प्रकाशचन्द्र दवाडीलाई संसदीय दलकाे प्रवक्ता तोकेको छ।
शनिबार संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको अध्यक्षतामा सम्पन्न बैठकले दवाडीलाई प्रवक्ता ताेकेकाे हाे। गण्डकीमा कांग्रेसकाे भूमिकामाथि गुनासाे बढिरहेकाे बेला दवाडीलाई प्रवक्ताकाे जिम्मेवारी ताेकिएकाे हाे। गाेरखा क्षेत्र नं. २ (ख)बाट निर्वाचित दवाडीले संसदमा कांग्रेसकाे भूमिका बलियाे बनाउन आफूले अझै सशक्त भूमिका खेल्ने बताए।
बैठकले कोरना नियन्त्रण तथा रोकथामका लागि वर्तमान सरकारले पर्याप्त कार्यहरू गर्न नसकेको निष्कर्ष निकाल्दै कोरोनाबाट त्रसित नागरिकलाई एक घर एक पिसिआर परीक्षण अभियान चलाउनु पर्ने निष्कर्ष निकालेको थियो। thha khabar