साधन राम्जाली /विकल्प न्युज
बेनी चैत्र १२ गते । म्याग्दीमा प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सव –२०७५ हुने भएको छ । जिल्लामा पहिलो पटक स्थापना भएको रेडियो म्याग्दी १०४ दशमलब ४ मेघाहर्जको ११ औं वाषर््िाक उत्सवको अवसरमा रेडिायो म्याग्दी १०४ दशमलब ४ मेघाहर्जको आयोजनामा यहि चैत्र २१ गतेदेखी २०७६ बैशाख १ गते सम्म प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सव –२०७५ संचालन हुने मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
‘हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण साना तथा घरेलु उद्योगको प्रवद्र्धन’ गर्ने उदेश्य सहित महोत्सवको आयोजना गर्न लागिएको महोत्सवका मुल संयोजक एवम् रेडियो म्याग्दीका संस्थापक अध्यक्ष चिरञ्जीवि शर्माले जानकारी दिनुयो । उहाँका अनुसार १० दिन सम्म संचालन हुने महोत्सवमा खुल्ला लोक दोहोरी प्रतियोगिता ,खुल्ला एकल नृत्य प्रतियोगिता र विभिन्न समुदायको झाँक्री प्रदर्शन लगायतका व्यापारिक प्रदर्शनी हुने भएका छन् ।
कार्यक्रमले जिल्लामा रहेका कला ,संस्कृति ,धार्मिक तथा पर्यटकिय स्थलहरुको पहिचान तथा प्रवद्र्धनसाथै साना तथा घरेलु उद्योगहरुको प्रवद्र्धनमा महत्वपुर्ण टेवा पुग्ने अपेक्षा गरिएको मुल समितिका संयोजक एवम् रेडियोका संस्थापक अध्यक्ष शर्माले विश्वास व्यक्त गर्नुभयो ।साथै उहाँले म्याग्दी भ्रमण बर्ष २०७५ लाई पनि सहयोग पुग्ने बताउनुभयो ।
महोत्सवमा एक सय वटा व्यापारिक स्टल रहने रेडियोका स्टेशन म्यानेजर एवम् मुल व्यवस्थापन समितिका संयोजक भरत रकाल शाहिले जानकारी दिनुयो । उहाँका अनुसार खुल्ला लोकदोहोरी प्रतियोगितामा प्रथम ,द्धितिय र तृतिय हुने समुहले क्रमश् ५० हजार ,२५ हजार र १० हजार रुपैयाँ र खुल्ला एकल नृत्यमा प्रथम ,द्धितिय र तृतिय हुनेले २५ हजार ,१० हजार र ५ हजार रुपैयाँ हात पार्नेछन् । साथै उत्कृष्ट झाँक्री प्रदर्शनिलाई ५ हजार ,३ हजार र २ हजार रुपैयाँले पुरस्कृत गरिने व्यवस्थापन समितिका संयोजक रकाल शाहिले जानकारी दिनुयभयो ।
महोत्सवको तयारलिाई तिब्रता दिईको व्यवस्थापन समितिका संयोजक रकाल शाहिले बताउनुयभयो । १० दिन सम्म संचालन हुने महोत्सव संचालनका लागि ५८ लाख ८० हजार रुपैया खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । यसैगरि महोत्सव अवधिभर १० लाख दर्शकहरुले अवलोकन गर्ने र ५ करोड रुपैयाँ बढीको कारोबार हुने प्रक्षेपण गरिएको छ ।