विकल्प न्यूज/बेनी
असोज २४ गते ।बेनीको दिदी बहिनी र मोरङको सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्थाबिच मंगलबार बेनीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
मोरङबाट भ्रमणमा आएका सिद्धेश्वर सहकारीका सञ्चालक, सेयर सदस्य र कर्मचारीहरुले बेनीमा महिलाहरुको मात्र लगानी र सहभागीतामा सञ्चालीत दिदी बहिनी सहकारीको गतिबिधिको बारेमा जानकारी लिएका हुन् ।
दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्योती लामीछानेले संस्थाको गतिबिधि र भावी योजनाको बारेमा जानकारी गराउनुभएको थियो भने सिद्धेश्वरका सचिव नेत्र निरौलाले पनी आफ्नो संस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।
अध्यक्ष लामीछानेको अध्यक्षता, सचिव सुगम श्रेष्ठको सञ्चालन र उपाध्यक्ष बिष्ण गौतम सापकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा सिद्धेश्वरका अध्यक्ष सुवास गौतमले मुठ्ठीदान अभियान र विभिन्न बचत तथा कर्जा सम्बन्धि कार्यक्रमबाट प्रभावीत भएको बताउनुभयो ।
धौलागिरीकै नमुना सहकारीको रुपमा चिनीएको दिदी बहिनीको अध्ययन भ्रमणका लागि देशका विभिन्न ठाउँबाट सहकारीकर्मीहरु अध्ययन अवलोकनका लागि आउने गरेका छन् । पछिल्लो दुई वर्षयता ४० भन्दा बढी संस्थाका सहकारीकर्मीहरुले दिदी बिहनीको भ्रमण गरेका छन् ।