राष्ट्रिय समाचार

बारामा थप एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्‍टि

११ जेठ, काठमाडौं । बारामा थप एक जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सर्लाही घर भएका ४९ वर्षीय सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । पण्डितले भने, ‘उनको जेठ ७ गते यहीँ परीक्षण गरिएको थियो । तर संक्रमितको सूचीमा उनी सर्लाहीको […]

विदेशमा रोकियो डेढ सय कामदारको शव, ५८ जनाको भयो दाहसंस्कार

११ जेठ , काठमाडौं । विदेशमा काम गर्ने क्रममा विभिन्न कारणले मृत्यु भएका १४९ जना भन्दा बढी नेपाली श्रमिकको शव विदेशमै अलपत्र परेको छ । आफन्तको मृत्यु भएर पनि शव नआएपछि मृतकका परिवार थप पीडामा छन् । विश्वव्यापी कोरोना महामारीका कारण देशमा बन्दाबन्दीमा छ । अन्तर्राष्ट्रिय उडान प्रतिबन्धित छ । यस्तो बेला नेपाल र्फकन रोइकराइ […]

कर्णालीका मुख्यमन्त्रीले फिर्ता गरे सुरक्षामा खटिएका प्रहरी

१ जेठ, काठमाडौं ।   कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेका छन् । स्कटिङ गर्ने गाडीसहित सुरक्षामा खटिएका ८ जना प्रहरीहरु मुख्यमन्त्री कार्यालयले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाएका हुन् । कोरोना महामारी रोकथामका लागि सहयोग होस् भनेर सुरक्षामा खटिएका प्रहरी फिर्ता गरेको मुख्यमन्त्री शाहीले  बताए । मुख्यमन्त्री शाहीले भने, ‘बाहिर सुरक्षाकर्मीको […]

कोरोना भाइरसः विश्वभर १ सय १७ नेपालीको मृत्यु

काठमाडौं – विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (२३ मे २०२०) साँझसम्म मृत्यु हुने नेपालीहरुको संख्या १ सय १७ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा […]

नयाँ नक्साअनुसार राष्ट्रियसभा सांसदको लोगो फेर्ने निर्णय

११ जेठ, काठमाडौं । राष्ट्रियसभाले सरकारले जारी गरेको नयाँ नक्साअनुसार संघीय संसदको लोगो (प्रतीक) र राष्ट्रियसभाका सांसदले प्रयोग गर्ने लोगो परिमार्जन गर्ने निर्णय गरेको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले नेपालको नक्सा अद्यावधिक भएपछि त्यसैअनुसार  संघीय ससदको लोगो र राष्ट्रिय सभाका सांसदको लोगो परिमार्जन गर्ने निर्णय गरेको संघीय संसद सचिवालयले जनाएको छ । […]

ऊहानको प्रयोगशालामा भेटियो चमेरोमा तीन प्रकारको कोरोनाभाइरस

काठमाडौं जेठ ११, २०७७ चीनको ऊहानस्थित भाइरोलोजी इन्स्टिच्युटमा चमेरोमा पाइने भाइरसका तीन सजीव प्रजाति भेटिएको तर संस्थानका निर्देशकले यीमध्ये कुनै पनि भाइरस संसारभरी विध्वंश मच्चाउने भाइरससँग मेल नखाने बताएका छन् । वैज्ञानिकले कोभिड–१९ को सुरुवात ऊहानबाट भएको र यो भाइरस सुरुमा चमेरोमा देखिएको र त्यसपछि कुनै स्तनधारी जनावर मार्फत् मानिससम्म पुगेको बताइन्छ । समाचार एजेन्सी एएफपीका […]

जनकपुरमा अस्पतालबाट कोरोना संक्रमित फरार

११ जेठ, काठमाडौं । प्रादेशिक अस्पताल, जनकपुरको आइसोलेसनबाट एक कोरोना संक्रमित फरार भएका छन् । संक्रमित अस्पतालबाट भागेपछि जनकपुर क्षेत्रमा त्रास फैलिएको छ । अस्पतालको आइसोलेसन कक्षमा राखिएका ४० वर्षीय कोरोना संक्रमित आइतबार बिहान भागेका हुन् । अस्पतालका अनुसार, उनी मानसिक रोगी हुन् । यसअघि पनि उनले पटक–पटक अस्पतालको आइसोलेसनबाट भाग्ने प्रयास गरेका थिए । […]

घर हिँडेका तीन सय भारतीय वीरगञ्जमा अलपत्र

११ जेठ, वीरगञ्ज ।   वीरगञ्ज महानगरपालिका–१७ स्थित आईसीपी गेटमा घर जान हिँडेका तीन सय बढी भारतीय नागरिकहरु अलपत्र परेका छन् । आफ्नै मुलुक फर्कन पाउने आसमा वीरगञ्ज महानगरपालिका–१७ स्थित आईसीपी गेटमा ४/५ दिनदेखि उनीहरु अलपत्र परेका हुन् । नेपालको विभिन्न ठाउँबाट मजदुरी गरी फर्किएका उनीहरुलाई भारतीय सुरक्षाकर्मीले प्रवेश गर्न नदिएपछि बिचल्लीमा परेको स्थानीय वीरेन्द्र […]

गण्डकी प्रदेश : कांग्रेस संसदीय दलकाे प्रवक्तामा प्रकाशचन्द्र दवाडी

जेठ ११, २०७७  काठमाडाैं  : नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशले प्रकाशचन्द्र दवाडीलाई संसदीय दलकाे प्रवक्ता तोकेको छ। शनिबार संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको अध्यक्षतामा सम्पन्न बैठकले दवाडीलाई प्रवक्ता ताेकेकाे हाे। गण्डकीमा कांग्रेसकाे भूमिकामाथि गुनासाे बढिरहेकाे बेला दवाडीलाई प्रवक्ताकाे जिम्मेवारी ताेकिएकाे हाे। गाेरखा क्षेत्र नं. २ (ख)बाट निर्वाचित दवाडीले संसदमा कांग्रेसकाे भूमिका बलियाे बनाउन आफूले अझै सशक्त भूमिका […]

लकडाउन अवधिमा सुदूरपश्चिममा ११४ ले गरे आत्महत्या

११ जेठ, डोटी ।   चैत्र ११ गते लकडाउन भएदेखि शुक्रबारसम्म सुदूरपश्चिम प्रदेशमा ११४ जनाले आत्महत्या गरेका छन् । प्रदेश प्रहरी कार्यालय दिपायलले दिएको जानकारी अनुसार यस अवधिमा ५६ महिला र ५८ पुरुषले आत्महत्या गरेका हुन् । जसमा बालक पाँच र बालिका १० रहेका छन् । सबैभन्दा बढी ९१ जनाले झुण्डिएर आत्महत्या गरेको खुलेको प्रदेश […]

प्रदेश १ मा कोरोना अस्पताल थपिँदै, सिद्धबाबाको आश्रम पनि प्रयोग गरिने

११ जेठ, विराटनगर । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रदेश १ सरकारले अस्पतालको संख्या थप्ने तयारी सुरु भएको छ । यसैक्रममा विवादास्पद धर्मगुरु कृष्णबहादुर गिरी (सिद्धबाबा)ले प्रयोग गर्दै आएको चतरास्थित जगतगुरु श्रीरामानन्दाचार्य सेवापीठको अतिथी गृहमा पनि कोरोना अस्थायी अस्पताल बनाइने भएको छ । बलात्कार आरोपमा गिरी पक्राउ परेयता सुनसान बनेको उनको आश्रमको अतिथी गृहमा २ […]

थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ५८४ पुगे

काठमाडौं-  शनिबार दिउँसो थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा दिएको जानकारी अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ । डा देवकोटका अनुसार सेती प्रदेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।उनीहरुको […]

हेर्दा नै आनन्द लाग्ने कुश्माको बन्जीजम्प (तस्विर/भिडियो सहित)

विकल्प न्यूज/पर्वत जेठ १० गते ।         विश्वको दोस्रो र दक्षिण एसियाकै सबैभन्दा अग्लो दाबी गरिएको पर्वतको कुश्मा स्थित कालिगण्डकी नदी माथि बनाइएको बन्जी जम्प निकै आकर्षक छ । बन्जीजम्पको दुइ महिना अघि निर्माण सम्पन्न गरिएको हो । कुश्माको चाक्लेडिल देखि बागलुङको बलेवाको डिल सम्म कालिगण्डकी नदी माथि पाँचसय ३५ मिटर लामो पुल निर्माण गरी […]

भारतबाट फर्किएकालाई राख्न म्याग्दी क्याम्पसमा तयार भयो ५१ बेडको क्वारेन्टाइन (भिडियो सहित)

विकल्प न्यूज/बेनी जेठ ९ गते ।  म्याग्दी बहुमुखी क्याम्पसमा ५१ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । नेपाल भारत सीमानामा आएर अलपत्र परेका करिब ६० जना म्याग्देलीलाई उद्धार गरी म्याग्दी ल्याएपछि उनीहरुलाई राख्न क्वारेन्टाइन निर्माण गरिएको हो । क्वारेन्टाइन निर्माणका लागि नेपाली सेना,शसस्त्र,नेपाल प्रहरी, र स्वयमसेवक युवाहरु खटिएका हुन । जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन […]

कोरोना संक्रमितको संख्या ५०० नाघ्यो

९ जेठ, काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५०७ पुगुेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार डडेलधुरा र वैतडीमा पनि संक्रमण देखिएको छ । डडेलधुराको पराशुराम-१० का २८ वर्षीय पुरुष र वैतडीको शिवनाथ-१ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै […]