राष्ट्रिय समाचार

सुर्खेतका मृतक युवामा कोरोना पुष्टि

वीरेन्द्रनगर जेठ २३ गते । क्वारेन्टाइनबाट घर फर्केपछि मृत्यु भएका पश्चिम सुर्खेतका युवामा कोरोना पुष्टि भएको छ । पञ्चपुरी नगरपालिका–१, सानीडाँडाका २० वर्षीय युवाको बिहीबार बिहान करिब २ बजे मृत्यु भएको थियो । बिहीबार दिउँसो गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजिटिभ आएको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए । उनले स्थानीय तहसँग मिलेर स्वास्थ्यकर्मीले […]

अन्नपूर्णका ८ जना कृषकलाई उन्नतजातका बोका वितरण

अमित विश्वकर्मा/ बेनी जेठ २२ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले त्यहाँका बाख्रापालक कृषकहरुलाई विहीबार ८ ओटा वोयर जातको बोका वितरण गरेको छ । विहीबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा अध्यक्ष क्या.डमबहादुर पुनले आठ वटै वडाका एक एकजना कृषकलाई बोका प्रदान गर्नुभएको हो । आर्थिक वर्ष २०७६÷७७ को अनुदान कार्यक्रम अन्तर्गत रु ३ लाख ६० हजारको उन्नत जातको […]

थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या २६ सय ३४

२२ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३३४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २६ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार दैलेखमा मात्र ११३ जना संक्रमित थपिएका छन् । उनीहरु मध्ये १०८ जना नारायण नगरपालिका र ७ […]

कोरोना संक्रमणबाट पाल्पामा एकजनाको मृत्यु

२२ जेठ, काठमाडौं ।  कोरोना भाइरस (कोभिड-१९)को संकमणका कारण नेपाल थप एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो । पूर्वखोला -२ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित […]

दैलेखमा एकैदिन थपिए १०५ संक्रमित

जेठ २२, २०७७, कर्णाली प्रदेशमा बिहीबार कोरोनाभाइरसका एक सय छ जना नयाँ संक्रमित थपिएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा दैलेख जिल्लाका मात्रै एक सय ५ जना र मुगुका एक जना संक्रमित पुष्टि भएको हो। दैलेखको नारायण नगरपालिकाका ६४ जना, देवलकाँडाका १२ जना, स्रोतका ९ जना, मानटाकुराका ७ जना, साडुका २ जना, भगतीका […]

कोरोना रोकथामको अभियान सँगै विकास निर्माणलाई पनि निरन्तरता दिँदै बेनी नगरपालिका (भिडियो)

विकल्प न्यूज/बेनी जेठ २२ गते ।  म्याग्दीको बेनी नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक गर्नुपर्ने कामहरुका साथै चालु आर्थिक वर्षमा विनियोजन गरेका योजनाहरुको कार्यान्यनलाई पनि तिव्रता दिएको छ । नगरका पछिल्ला गतिविधिका वारेमा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी सँग गरिएको संक्षिप्त कुराकानी हेर्नुहोस भिडियोमा

रौतहटमा एकैदिन ६५ जना कोरोना संक्रमित थपिए

२२ जेठ, रौतहट । रौतहटमा एकैदिन ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटमा बिहीबार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । यससँगै रौतहटमा कुल संक्रमितको संख्या ३८३ पुगेको छ । घिमिरेका अनुसार इशनाथ नगरपालिकाका ४६, गुजरा नगरपालिकाका ८, गढीमाई नगरिपालिकाका ७ तथा चन्द्रपुर , माधवनरायण र […]

विदेशमा रहेका नेपालीको भोलिदेखि उद्धार, बर्माबाट आउँदैछन् २६ जना

२२ जेठ,काठमाडौं । कोभिड-१९ महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीको उद्धार शुक्रबारदेखि सुरु हुने भएको छ । पहिलो पटक बर्माबाट २६ जना नेपाली लिएर म्यानमारकै सैनिक जहाज शुक्रबार काठमाडौं आउने भएको छ। स्रोतका अनुसार बर्मामा कार्यरत नेपालीहरू पछिल्लो समय काम नभएर अलपत्र परेपछि नेपाल सरकारको अनुरोधमा बर्माले आफ्नै खर्चमा नेपाल ल्याइदिन लागेको हो । फर्किने […]

लकडाउनको ७३ दिन पुग्यो, हुन थाल्यो उलङ्घन

काठमाडौं ।जेठ २२, २०७७ सरकारले जारी गरेको लकडाउको आज ७३ दिन पुगेको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेयता लकडाउन गर्दै आएको छ । लकडाउन जेठ ३१ गते सम्मका लागि लम्ब्याइएको छ ।लकडाउन लम्बिदै जाने तर संक्रमणको जोखिम कम नहुने देखिएपछि अहिले लकडाउनको उलङ्घन हुन थालेको छ । बिहीबार […]

लकडाउनबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

२२ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अपनाइएको लकडाउनको मोडालिटी परिवर्तनलगायतका विषयमा छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक अपराह्न चार बजे बस्दै छ । स्वास्थ्यविद्, अर्थविद्, योजनाविद्लगायतले लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । यसअघि उच्चस्तरीय समितिको बैठकमा पनि यसबारे सामान्य छलफल भइसकेको […]

निसर्ग चक्रवातको प्रभाव अम्पुनको भन्दा बढी, शुक्रबार भारी वर्षा हुने अनुमान

२२ जेठ, काठमाडौं । अरब सागरमा विकसित शक्तिशाली चक्रवातको प्रभावले शुक्रबार प्रदेश नं. १, २, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विनाशकारी हावाहुरी नलाग्ने, तर मेघ गर्जन र चट्याङ सहित वर्षा हुने विभागको पूर्वानुमान छ ।अरब सागरमा विकसित चक्रवातलाई ‘निसर्ग’ नाम दिइएको छ । […]

क्वारेन्टिनबाट घर फर्केका युवकको मृत्यु

जेठ २२, २०७७ पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१ का १९ वर्षीय युवकको घरमा आज बिहान मृत्यु भएको हो । उनी यही जेठ ९ गते भारतको मुम्बइबाट आउनुभएको थियो । बुधबार साढे ४ बजे आरडिटी जाँच गर्दा नतिजा नेगेटिभ आएपछि घर पठाइएको थियो । नगरप्रमुख […]

गण्डकी प्रदेशमा थपिए १६ जना कोरोना संक्रमित

विकल्प न्युज/ पाेखरा जेठ २२ गतेे ।  गण्डकी प्रदेशमा १६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बागलुङमा १०, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित हुनेमा बागलुङको निसीखोला गाउँपालिकाका वर्ष २२ र २९ का २ जना पुरुष तथा वर्ष ३३ की १ […]

पर्वतमा थपिए ४ जना, संक्रमितको संख्या ९ पुग्यो

विकल्प न्युज/ बेनी जेठ २२ गते ।  पर्वत जिल्लामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा संक्रमितको संख्या ९ पुगेको छ । यस अघि ५ जनामा कोरोना संक्रमित पुष्टि भैसकेको थियो । गण्डकी प्रादेशिक स्वास्थ्य बिज्ञान प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा फलोवस नगरपालिकाका २ जना र विहादी गाउँपालिकाका २ जना पुरुषमा […]

म्याग्दीमा थप एकजनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनि जेठ २२ गते । म्याग्दीमा थप एकजनामा काेराेना पुष्टि भएकाे छ । याे संगै काेराेना संक्रमित काे संख्या २ पुगेकाे छ । मंगला-४ निवासी १९ वर्षिय पुरूषमा काेराेना संकमण भएकाे पुष्टि भएकाे जनस्वास्थ्य अधिकृत एकनारायण लम्साल ले जानकारी दिनुभयाे । उनी हालै मात्र भारतबाट अाएका हुन । उनलाई न्यू वेष्ट प्वाइन्टको क्वारेन्टाइन […]