म्याग्दी समाचार
जुग्जाका अग्नी पिडीत शेरचनलाई प्रवासीद्धारा २५ लाख सहयोग
साधन राम्जाली विकल्प न्युज बेनी चैत्र २५ गते । म्याग्दीको मालिका गाउँपालिका ५ जुग्जाका अग्नी पिडीत चेटनारायण शेरचलाई प्रवासी म्याग्देलीहरुले २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । युकेमा कार्यरत सामाजिक अभियान्ता लेÞ रेशम शेरचनको संयोजकत्वमा युके,कोरिया ,जापान अमेरीका र अष्टे«लियामा कार्यरत नेपालीहरुबाट सकलित आर्थिक सहयोगमा खरिद गरिएको नयाँ घर सहित आर्थिक सहयोग गाउँपालिका अध्यक्ष […]
धवलागिरी गाउँपालिका उद्योग वाणिज्य संघको इकाई अध्यक्षमा थापा
विकल्प न्युज बेनी चैत्र २४ गते । म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरी गाउँपालिका इकाई अध्यक्षमा किरन थापा चयन हुनुभएको छ । शनिबार ताकममा भएको गाउँपालिकाका उद्योगी, व्यवसायीहरुको भेलाले थापाको अध्यक्षतामा १५ सदस्यीय इकाईको कार्यसमिति चयन गरेको छ । इकाईको उपाध्यक्षमा बिर्सना मल्ल, सचिवमा तेजेन्द्र थापा र कोषाध्यक्षमा होमबहादुर थापा चयन हुनुभएको छ । सदस्यहरुमा नरेश […]
खड्ग गिरीको अध्यक्षतामा अन्नपूर्णमा नेकपाको गाउँपालिका कमिटी गठन
विकल्प न्यूज/बेनी चैत २४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अन्नपूर्ण गाउँपालिकामा एकता टुंगिएको छ । आइतवार गाउँपालिका केन्द्र पोखरेबगर बसेको कार्यकर्ता भेलाले अध्यक्षमा खड्ग गिरी र सचिवमा पूर्ण बहादुर पाईजालाई सर्वसम्मत रुपमा चयन गरेको हो । गिरी तत्कालिन एमालेका नेता हुनुहुन्छ । सचिव भने पूर्व माओवादी केन्द्रबाट चयन गरिएको छ । जिल्ला संयन्त्र सदस्य […]
धौलागिरिमा नेकपाको एकता टुंगियो ः अध्यक्ष सुवेदी र सचिव छन्त्याल चयन
विकल्प न्यूज/ बेनी चैत २४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को धौलागिरि गाउँपालिका स्तरीय कमिटीको अध्यक्षमा खुमनाथ सुवेदी चयन हुनुभएको छ । शानिवार धौलागिरि गाउँपालिका ७ धारापानीमा भएको कार्यकर्ता भेलाले सुवेदीको अध्यक्षतामा ४९ सदस्यीय गाउँपालिकास्तरीय पार्टी कमिटी सर्वसम्मत रुपमा गठन गरेको हो । भेलाले सचिवमा देउप्रसाद छन्त्याललाई चयन गरेको छ । सु्वेदी तत्कालिन माओवादी केन्द्रका […]
हावाहुरीपीडितको घाउमा मल्हम लगाउँदै पहाडिया ठिटो
गलेश्वर, चैत २४ गते ।यही चैत १७ गते साँझको हावाहुरीबाट सबैभन्दा बढी प्रभावित भएको बाराको फेटा गाउँपालिका–१ भलुहिभर्वोलियमा छ दिनसम्म निरन्तररूपमा उद्धार र राहत कार्यमा खटेर शनिबार अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेल फर्किनुभएको छ । विपत्ति र विनाशविरुद्ध लड्न नै जन्मिएका हुन् कि जस्तो लाग्ने म्याग्दीका युवा पौडेल विसं २०७२ को विनाशकारी महाभूकम्पदेखि देशका विभिन्न […]
विप्लव समूहका पुनद्धारा शिक्षक संगठनको अध्यक्ष परित्यागको घोषणा
विकल्प न्यूज/बेनी चैत २४ गते । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समर्थित अखिल नेपाल शिक्षक संगठनका कार्यवहाक अध्यक्ष थम बहादुर पुनले सो पार्टीको सदस्य र शिक्षक संगठनको अध्यक्ष पद परित्याग गरेको घोषणा गर्नुभएको छ । मालिका गाउँपालिका ३ रुम निवसी पुन स्थानीय एक विद्यालयमा राहत शिक्षकका रुपमा कार्यरत हुनुहुन्छ । हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहनु भएका पुनले […]
पत्रकारिता एवम् उद्घोषण कला तालिम सम्पन्न
बिकल्प न्युज बेनी चैत्र २४ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा संचालित पत्रकारिता पुनःताजगी एवम् उद्घोषणकला तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दीको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा शुक्रबारदेखी सुरु भएको तालिम शनिबार समापन भएको हो । तालिममा गाउँपालिकाका ७ वटै वडाका ३० जनाको सहभागिता रहेको थियाे । […]
नेकपा मंगलाको अध्यक्षमा प्रेमप्रसाद र सचिवमा यामबहादुर रोका चयन
विकल्प न्यूज/बेनी चैत २३ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को मंगला गाउँपालिकाको कमिटिको अध्यक्षमा प्रेमप्रसाद रेग्मी र सचिवमा यामबहादुर रोका चयन हुनुभएको छ । शनिवार मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा भएको भेलबाट मंगला गाउँपालिका स्तरीय पार्टी कमिटी गठन गरेको हो । १ नम्बर वडा कुहुँको अध्यक्षमा एकजित रोका र सचिवमा शिव विक चयन हुनुभएको छ । यसै गरी […]
धौलागिरिमा पत्रकारिता र उद्घोषणकला तालिम सुरु (भिडियोसहित)
विकल्प न्यूज/मुना चैत २२ गते । म्याग्दीको पश्चिम धौलागिरि गाउँपालिकाको केन्द्र मुनामा शुक्रवार देखि पत्रकारिता पुनर्तागी तथा उद्घोषणकला तालिम सुरु भएको छ । धौलागिरि गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा तालिमको आयोजना गरिएको हो । तालिमको उद्घाटन गर्दै धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जिल्ला र राष्ट्रिय संचार […]
मालिकामा नेकपाको एकता टुंगियो ः अध्यक्षमा गर्बुजा चयन
विकल्प न्यूज/बेनी चैत २२ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को मालिका गाउँपालिका कमिटीको अध्यक्षमा पूर्व एमालेका तर्फबाट बेगप्रसाद गर्बुजा सर्वसम्मत रुपमा चयन हुनुभएको छ । कमिटीको सचिवमा पूर्व माओवादी केन्द्रका गोबिन सिउन्थानी चयन हुनुभएको छ । शुक्रवार मालिका गाउँपालिकाको केन्द्र दरवाङमा जिल्ला संयन्त्र सदस्य रेशम जुग्जाली र पूर्व सांसद तथा नेता नवराज शर्माको आथित्यतामा भएको भेलाले […]
विकट गाउँ चिमखोलामा सरकारी सेवा सुविधा लिएर पुग्नु भयो मन्त्री थापा
विकल्प न्यूज\बेनी चैत २२ गते । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा आफ्नो जन्म गाउँ चिमखोलामा वृहत घुम्ती शिविर लैजानु भएको छ । सरकारी सेवा सुविधा सहित कृषि र पशुपालनका विज्ञ सहितको टोली लिएर मन्त्री थापा चिमखोला पुग्नु भएको हो । रघुगंगा गाउँपालिका ७ चिमखोलामा बिहीबारदेखि एकिकृत घुम्ति शिविर सुरु भएको छ । महिला […]
बेनीमा मुक्तिनाथ विकास वैंकको कारोवार सुरु
विकल्प न्यूज/बेनी बेनी २२ चैत । मुक्तिनाथ विकास बैङ्कले बिहीबार म्याग्दीको सदरमुकाम बेनीमा वित्तिय कारोवार सुरु गरेको छ । वैकले बेनीमा एकसय १४ औं शाखाको उद्घाटन गरेर कारोवार सुरु गरेको हो । बेनीको क्याम्पसचोकमा स्थापना भएको शाखाको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभयोे । नगरप्रमुख श्रेष्ठले आम नागरिक समक्ष वित्तिय पहुँच बढाउन र उद्यम, […]
पत्रकार बानियाँ सम्मानित
विकल्प न्युज म्याग्दी, चैत २२ । म्याग्दीका क्रियाशिल पत्रकार प्रताप बानियाँ बिहीबार लायन्स क्लब अफ बेनी महारानीद्वारा सम्मानित भएका छन् । लायन्स क्लब अफ बेनी महारानीको तेस्रो वार्षिक साधारणसभा तथा अधिवेशनको अवसरमा उनलाई सम्मान गरिएको हो । पत्रकारिताको माध्यमबाट जिल्लाको विकास, समाजसेवा तथा लायन्स क्लबको अभियानमा पु¥याएको योगदानको उच्च मूल्याङ्कनसहित पत्रकार बानियाँलाई सम्मान गरिएको लायन्स क्लब […]
लायन्स क्लब बेनी महरानीको नयाँ कार्यसमिति चयन
प्रताप बानियाँ \विकल्प न्यूज म्याग्दी, चैत २२ ।सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बेनी महारानीको बिहीबार बेनीमा सम्पन्न तेस्रो वार्षिक साधारणसभा तथा अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले रन्जिता भट्टचनको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । क्लबको प्रथम उपाध्यक्षमा सङ्गिता श्रेष्ठ, द्वितीय उपाध्यक्षमा रेश्मा श्रेष्ठ, तृतीय उपाध्यक्षमा भीमकुमारी सुवेदी, सचिवमा […]
बेनपामा नेकपाको एकता टुंगियो ः अध्यक्षमा केसी चयन
विकल्प न्यूज/बेनी चैत २१ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को बेनी नगर कमिटीको अध्यक्षमा शेरबहादुर केसी सर्वसम्मत रुपमा चयन हुनुभएको छ । कमिटीको सचिवमा पूर्व एमालेका तर्फबाट युवा नेता राजकुमार थापा चयन हुनुभएको छ । अध्यक्ष केसी पूर्व माओवादीका केन्द्रका नेता हुनुहुन्छ । नेकपाको विहिवार हाँडेभिर स्थित पार्टी कार्यालयमा भएको भेलाले केसीको नेतृत्वमा ५७ सदस्यीय […]