म्याग्दी समाचार
पत्रकार गिरीको रिहाईको माग गर्दै पत्रकार आन्दोलनमा
विकल्प न्यूज/बेनी बैशाख ४ गते । ठगी’ गरेको भन्दै समाचार लेखेका कारण पक्राउ परेका अर्जुन गिरीको रिहाईको माग गर्दै पोखराका पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् । दफा ४७ र ४८ अन्तर्गतको ऐन खारेज गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर लगाएतका ब्यानर तथा प्लेकार्डहरु बोकेर बुधबार पोखराबाट सञ्चालन हुने सञ्चार माध्यमले सामूहिक विरोध जनाएका हुन् । साथै पक्राउ परेका […]
संसदीय टोलीद्वारा कोरला नाकाको अध्ययन
ठिनी, वैशाख ४ गते । व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको टोलीले मुस्ताङ र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमानामा रहेको कोरला नाकाको स्थलगत अध्ययन गरेको छ । समितिका सभापति पवित्रा निरौला खरेलको नेतृत्वमा नौ जना सांसदहरुको टोलीले निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजना, कोरला नाका, नाका क्षेत्रको पूर्वाधार, सुरक्षा अवस्थाको बारेमा अध्ययन गरेको हो । गत हप्ता मुस्ताङ आएर बुधबार […]
“क्या राम्रो बासखर्क गाउँ” गीत सार्वजनिक (भिडियो सहित)
विकल्प न्यूज/जलजला बैशाख ३ गते । सुन्तला गाउँका रुपमा परिचित पर्वतको जलजला १ बासखर्कलाई गीत मार्फत थप देश विदेशमा चिनाउन गिती एल्बम निर्माण गरिएको छ । सोमबार देखि युटुब मार्फत सार्वजनिक गरिएको गीतमा बासखर्कको कला, संस्कृति र पहिचानलाई समेटिएको छ । चर्चित गायीका मेलिना राईको आवाज रहेको उक्त गीतमा बाँसखर्क निवासी गायक गोविन्द गर्बुजाको शब्द र […]
पार्टी र सरकार विधि अनुसार नचल्दा समस्या ः नेता आचार्य
विकल्प न्यूज\बेनी बैशाख २ गते ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य तथा पूर्व मन्त्री भीम आचार्यले पार्टी र सरकार विधि अनुसार नचल्दा समस्या उत्पन्न भएको बताउनुभएको छ । अहिले जेजति समस्याहरु आएका छन् ति सवैको जरो पार्टी र सरकार विधि अनुसार नचलेका कारण हो उहाँले भन्नुभयो । सोमबार बेनीको होटल डल्फीनमा आयोजना गरिएको कार्यकर्ता भेटघाटका […]
किन रोकियो मोना–बेनी–लभ्लिहिल पदमार्ग निर्माण ?
विकल्प न्युज /बेनी बैशाख २ गते । स्थानीय सरकार, प्रवासी र निजी क्षेत्रको त्रिपक्षीय साझेदारीमा सञ्चालीत म्याग्दीको मोना–बेनी–लभ्लिहिल पदमार्ग अलपत्र बनेको छ । गत भदौमा शिलन्यास भएर चार महिनापछि पुष पहिलो हप्तादेखि निर्माण सुरु भएको बेनी देखि पर्यटकीय स्थल लभ्लीहिल जोड्ने पदमार्ग निर्माण कार्य विगत एक महिनादेखि रोकीएको छ । साझेदार निकायबीचको असमझदारी र अविश्वासका […]
तातोपानी कुण्डलाई सरसफाइयुक्त बनाउन सामग्रीहरु सहयोग
प्रताप बानियाँ \बेनी म्याग्दी, चैत २९ ।म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गामा रहेको तातोपानी कुण्डलाई शुक्रबार सरसफाइका सामग्रीहरु सहयोग भएको छ । नेपाल स्वच्छ वातावरण अभियान अन्तर्गत सार्वजनिक स्थल गाउँ÷नगर सरसफाई कार्यक्रमबाट डिभिजन वन कार्यालय म्याग्दीले सरसफाइका सामाग्रीहरु हस्तान्तरण गरेको हो । अभियान अन्तर्गत कार्यालयले तातोपानी कुण्ड व्यवस्थापन समितिलाई सरसफाइका लागि आवश्यक जग १२ थान, हार्पिक १०, […]
सिँचाई आयोजना कार्यान्वयनमा ढिलासुस्ती
विकल्प न्यूज /बेनी चैत २९ गते । चालू आर्थिक वर्ष २०७५\७६ का लागि बजेट बिनियोजन भएका म्याग्दीका सिँचाई आयोजना कार्यान्वयनमा ढिलासुस्ती भएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय म्याग्दीको ढिलासुस्तीले योजनाको प्रभावकारी कार्यान्वयनमा चुनौती देखिएको छ । चालू आर्थिक वर्ष २०७५\७६ मा पूँजिगततर्फ छ करोड ३३ लाख […]
बावियाचौरमा आधारभूत पत्रकारिता तालिम सुरु
विकल्प न्यूज/बावियाचौर चैत २९ गते । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा शुक्रवार देखि आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । मंगला गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा दुइदिने तालिमको आयोजना गरिएको हो । शनिवार सम्म सञ्चालन हुने तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गर्नुभएको थियो । तालिमको […]
नारच्याङमा कुपोषणसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम
प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, चैत २८ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नाच्याङमा बुधबार कुपोषणका विषयमा स्थलगत क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा कुपोषणसम्बन्धी विषयक सहभागितामूलक अन्तत्र्रिmया कार्यक्रम गरिएको हो । मातृशिशु तथा बाल्यकालीन पोषण, शीघ्र कुपोषणको एकीकृत व्यवस्थापनसम्बन्धी सहभागितामूलक अन्तत्र्रिmया तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको सुआहारा कार्यक्रमले […]
सामुदायिकमा बालबालिकालाई हरियो कार्पेटले स्वागत !
साधन राम्जाली /विकल्प न्यूज चैत २८ गते । कक्षा कोठाको भुईमा हरियो जुट कार्पेट । बालबालिकाहरुलाई इच्छा अनुसारका खेलाउने सामाग्री । भित्ताहरुमा बालबालिकाका लागि पढ्न सहिजो होस भनेर विभिन्न सन्देशहरुले रङ्गाइएको छ । कक्षा कोठा सफा र चिटिक्क पारिएको छ । यो कुनै निजी विद्यालयको कक्षा कोठा होइन । बेनी बजारमा रहेको बेनी सामुदायिक विद्यालयको […]
जलजलाका सवै वडामा नेकपाको कमिटी गठन
विकल्प न्यूज/जलजला चैत २७ गते । पर्वतको उत्तरी जलजला गाउँपालिकाका सवै वडामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले वडा कमिटी गठन गरेको छ । वडा कमिटी गठन सँगै जलजलामा नेकपाको एकताले पूर्णता पाएको छ । सवै वडामा कार्यकर्ता भेला गरी वडा कमिटी गठन गरिएको हो । जलजलाको १ नम्बर वडा वासखर्कमा यामबहादुर गर्बुजा अध्यक्ष र विवेक शर्मा […]
श्रमदान गर्न उत्साहित मुनावासी (भिडियो सहित)
विकल्प न्यूज/मुना चैत २७ गते । भर्खर विहानी पख हुँदै थियो । हिमालमा मिर्मिरे घाम झुल्कीदै थिए । यहि विचमा कटुवाको आवाज आयो । कटुवालको आवाज सुनेका गाउँलेहरु कान ठाँडा पार्दै घरबाहिर निस्के । कटुवालले घोक मार्फत विद्यालय मर्मतको योजनामा श्रमदान गर्न गाउँलेहरुलाई उपस्थित हुन भन्यो । धौलागिरि गाउँपालिका ३ मुना स्थित धबलागिरि आधारभुत विद्यालयको […]
पर्यटक तान्दै बरंजाको ‘दह ताल’
साधन राम्जाली /विकल्प न्यूज चैत २७ गते । कास्कीको पोखरमा रहेको फेवा तालको उपनाम दिइएको बरंजाको दह ताल पुर्वाधार निर्माणको पर्खाइमा छ । मंगला गाउँपालिका –३ बरंजामा रहेको दहताल आवश्यक पुर्वाधार निर्माण र प्रचारपचारको अभावमा ओझेलमा परेको छ । दह तालको प्रचारप्रसार र पूर्वाधारको निर्माण गर्न सके आन्तरिक पर्यटक भिœयाउन सकिने अपेक्षा गरिएको छ । […]
जलजलामा ७ सयले भरे बेरोजगारको आवेदन,चैत मसान्त सम्म भर्न सकिने
विकल्प न्यूज/जलजला चैत २६ गते । पर्वतको उत्तरी जलजला गाउँपालिकामा सात सय २२ जनाले बेरोजगार आवेदन फारम भरेका छन् । गाउँपालिकाका ९ वटै वडामा बेरोजगारीको सूची दर्ताका लागि आवेदन फारम भर्ने सुविधा उपलब्ध गराएको थियो । फारम नभरेकाहरुले अझै आफ्नो वडा कार्यालयमा सम्पर्क गरेर फारम भर्न गाउँपालिकाले अनुरोध गरेको छ । सरकारले चैत महिनाभित्र बेरोजगारीहरुले आफ्नो […]
दीपक कार्कीको अध्यक्षतामा रघुगंगामा नेकपाको कमिटी गठन
विकल्प न्यूज/बेनी चैत २५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को रघुगंगा गाउँपालिकामा एकता टुंगिएको छ । सोमबार बसेको कार्यकर्ता भेलाले अध्यक्षमा युवा नेता प्रेमबहादुर कार्की (दीपक) र सचिवमा हरि भण्डारीलाई सर्वसम्मत रुपमा चयन गरेको हो । कार्की तत्कालिन एमालेका जिल्ला सचिवालय सदस्य हुनुहुन्छ भने सचिव भण्डारी माओवादी केन्द्रका युवा नेता हुनुहुन्छ । गण्डकी प्रदेशका सांसद […]