म्याग्दी समाचार

बेनी अस्पतालमा कोरोना संक्रमित विरामीका लागि अक्सिजन सहितका १० बेड खाली

विकल्प न्यूज/बेनी जेठ ५ गते ।  म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा कोभिड १९ संक्रमितको उपचारका लागि १० बेड खाली रहेका छन् । कोरोना संक्रमित विरामीका लागि अस्पतालले थप बेडको व्यवस्था गरेका कारण बेडको अभाव छैन । बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा अस्पतालले कोभिड विरामीको उपचारका लागि बेड क्षमता विस्तार गरेको हो । […]

गण्डकीमा आज हालसम्मकै बढि ३० संक्रमितको मृत्यु

कास्की, जेठ ५ गते । गण्डकी प्रदेशमा आज हालसम्मकै धेरै संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको प्रेश तथ्यांक अनुसार आज एकै दिन प्रदेशभर ३० संक्रमितले ज्यान गुमाएका छन् । निर्देशनालयको अनुसार आज कास्कीका ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतका ५,गोरखाका ३, तनहुँका ५,कास्कीका ८,स्याङ्जाका ७ र नवलपरासी […]

म्याग्दीमा थप ७२ जनामा काेराेना संक्रमण पुष्टि

विकल्प न्युज/ बेनी जेठ ५ गते । म्याग्दीमा आज थप ७२ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। आज पुष्टि भएकामा बेनि नगरपालिकामा २२ जना , मंगलामा गाँउपालिकामा २ जना , रघुगंगा गाँउपालिकामा १ जना, धौलागिरि गाँउपालिकामा ९ जना र जलजलामा २ जना गरी ३६ जना (पिसिआर बिधिबाट) र बेनि नगरपालिकामा १ जना , मंगलामा गाँउपालिकामा १ […]

म्याग्दीमा सङ्क्रमितको मृत्युपछि निःशुल्क दाहसंस्कार

विकल्प न्युज/ बेनी जेठ ५ गते । म्याग्दीमा कोरोना सङ्क्रमितको मृत्यु भएपछि नेपाल रेडक्रस सोसाइटीको पहलमा निःशुल्क दाहसंस्कार गर्न थालिएको छ । वैशाख यता कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको शव रेडक्रस सोसाइटी म्याग्दी शाखाका उपमन्त्री तथा रेडक्रसद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रका संयोजकसमेत रहेका सुरत केसीको नेतृत्वमा चारजना युवाले स्वास्थ्य सावधानीका मापदण्ड पूरा गरी निःशुल्क दाहसंस्कार […]

नेपालमा भारतीय भेरियन्टको कोरोना संक्रमण फैलिएको पुष्टि

४ जेठ, काठमाडौं । नेपालमा ‘भारतीय भेरियन्ट’को कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । भारतलाई तहसनहस बनाएको भेरियन्ट नै नेपालमा फैलिएको पुष्टि हुनु चिन्ताको विषय भएको जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट संकलन गरिएका ३५ नमुनाको भारतस्थित ल्याबमा जिन सिक्वेन्सिङ गरिएको थियो । मंगलबार प्राप्त नतिजाअनुसार ९७ प्रतिशत […]

भण्डारीद्धारा बेनी अस्पताललाई एकलाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

विकल्प न्यूज/बेनी जेठ ४ गते ।  रघुगंगा गाउँपालिका २ राखु भगवतिका पदम भण्डारीले बेनी अस्पताललाई करिब एकलाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । कोरोना संक्रमितको उपचारमा सहयोग पु¥याउन भण्डारीले सर्जिकल ग्लोब्स २५०० पिस,पल्स अक्सिमिटर १ वटा र अक्सिजन फलोमिटर ३ पिस मंगलबार अस्पताल व्यवस्थाप समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई हस्तान्तरण गर्नुभएको हो । रघुगंगा […]

कोरोना रोकथामका लागि रघुगंगामा सहयोग जुटन थाल्यो

विकल्प न्यूज/बेनी जेठ ४ गते । म्याग्दीको रघुगंगा गाउँपालिकामा कोरोना रोकथाम, नियन्त्रण र संक्रमितको उपचारमा सहयोग जुट्न थालेको छ । गाउँपालिकाले कोरोना महामारीमा प्राप्त हुने सहयोगलाई एकद्धार प्रणाली मार्फत प्रकोप व्यवस्थापन कोष मार्फत परिचालन गर्ने गरि सहायोगको आह्वान गरे लगत्तै सहयोगदाताहरुले सहयोग गर्न सुरु गरेका हुन् । मंगलवार म्याग्दी सदरमुकाम बेनी स्थित मुक्तिनाथ हार्डवेयरका सञ्चालक […]

जलजला ४ का २८ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु

विकल्प न्यूज/बेनी जेठ ४ गते । पर्वतको जलजला गाउँपालिका ४ का २८ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु भएको छ । पोखराको जनप्रिय अस्पतालमा उपचाररत युवाको जेठ २ गते उपचारका क्रममा निधन भएको स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ती मार्फत जनाएको छ । उहाँलाई बैशाख १८ गते कोरोना पुष्टि भएको थियो । यो सँगै जलजलामा कोरोनाका कारण […]

मंगलबार म्याग्दीमा २७ जनामा काेराेना पुष्टि

रघुगंगामा कोरोना संक्रमित विरामी र कुरुवालाई निशुल्क खानाको व्यवस्था

विकल्प न्यूज/बेनी जेठ ४ गते ।  रघुगंगाको कोभिड अस्पतालमा उपचाररत विरामीहरु र उनका कुरुवालाई निःशुल्क खानाको व्यवस्था गरेपछि संक्रमितका घरपरिवारलाई सहज भएको छ । वडा कार्यालय, स्थानीय युवा क्लब, आमा समूह र सामाजिक संघ संस्थाको समन्वयमा निःशुल्क भोजनालय सञ्चालन गरिएको छ । विभिन्न क्षेत्रबाट सहयोग जुटाएर स्वयमसेवकहरु परिचालन गरी विहानदेखि बेलुकी सम्म नै विरामीको लागि […]

जलजलामा कोरोना रोकथाम गर्न दाताहरुको सहयोग

साजन परियार/जलजला जलजला, ४ जेठ । पर्वतको जलजला गाउँपालिकालाई कोरोना रोकथामका लागि स्वदेश तथा बिदेशमा रहेका मनकारी व्यक्तिहरुबाट सहयोग प्राप्त भइरहेको छ । दोस्रो लहरको कोरोना संक्रमणको हटस्पट बनेको जलजला गाउँपालिकाले कोरोना नियन्त्रणको लागि गरेको पहल र प्रयासलाई सार्थक बनाउन समुदाय स्तरबाट पनि सहयोग जुटिरहेको छ । मल्लाज र लेकफाँट घर भई हाल अस्टे«लीयामा रहनुभएका […]

कोरोना अपडेट ः बेनी अस्पतालको क्षमता विस्तार गर्न ढिला नगरौं

विकल्प डेक्स /बेनी जेठ ३ गते ।   मिरमिर साँझ पर्न आँटेको थियो । बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल इमरजेन्सी भवन अगाडि लामो सास फर्दै हुनुहुन्थ्यो । ‘आजलाई त बल्ल बल्ल म्यानेज गरियो । अव राती विरामी थपिएनन भने आजलाई सवै ठिकठाक नै छ ।’ उहाँले सुनाउनुभयो । सायद कोरोना महामारी सुरु भएपछिको […]

म्याग्दीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

विकल्प न्यूज/बेनी जेठ ३ गते । फाइल तस्विर पोखरामा उपचाररत म्याग्दीका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगला गाउँपालिका ५ अर्मनका ५२ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा सोमबार निधन भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ती मार्फत जनाएको छ । उहाँमा वैशाख ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै […]

म्याग्दीमा सोमबार ५३ जनाले कोरोना जिते

विकल्प न्यूज/बेनी जेठ ३ गते ।  म्याग्दीमा सोमबार ५३ जना कोरोना संक्रमितले कोरोना जितेका छन् । कोरोना परिक्षण गर्दा पोजेटिभ आएको र उपचारका लागि अस्पतालमा भर्ना नभएकाहरु मध्य ११ दिन काटेकाको संख्या ५३ जना भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । यो कोरोना पोजेटिभ भई होमआइसोलेसनमा बसेर कोरोना जितेकाहरुको संख्या भएको उहाँले […]

म्याग्दीमा सोमबार ८४ जना कोरोना संक्रमित थपिए

विकल्प न्यूज/बेनी जेठ ३ गते । म्याग्दीमा सोमबार ८४ जना कोरोना संक्रमित थपिएका छन् । पोखरा र बागलुङका प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा ६४ जना र स्वास्थ्य कार्यालय म्याग्दीले गरेको एन्टिजिन परिक्षणमा २० जना गरि ८४ जनामा कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । यो सगै म्याग्दीमा कोरोना संक्रमितको संख्या […]