म्याग्दी समाचार

नेपाललाई १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा

१२ जेठ, काठमाडौं । चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् । चीनले नेपाललाई तत्कालै अनुदानस्वरुप नेपाललाई १० लाख डोज खोप अनुदानस्वरूप उपलब्ध गराउने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी […]

म्याग्दीमा थप ६२ जनामा कोरोना संक्रम‌ण पुष्टि

विकल्प न्युज/बेनी जेठ ११ गते ।  म्याग्दीमा आज थप ६२ जनामा कोरोना संक्रम‌ण पुष्टि भएको छ। आज पुष्टि भएकामा बेनि नगरपालिकामा ३३जना , मालिका गाँउपालिकामा १ , अन्नपुर्ण गाँउपालिकामा १२ , मंगला गाँउपालिकामा २ , रघुगंगा गाँउपालिकामा २ जना र जलजला गाउँपालिकाका ६ जना गरी ५६ जना (पिसिआर बिधिबाट) र बेनी नगरपालिकाका ३जना,रघुगंगा गाउँपालिकाका २ […]

म्याग्दीमा कोरोना सङ्क्रमण : सदरमुकाममा घट्यो, गाउँमा फैलियो

११ जेठ, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा कोरोनाको सङ्क्रमण दर घटे पनि ग्रामीण क्षेत्रमा बढेको छ । पछिल्ला केही दिनयता सङ्क्रमित हुनेहरुमा ग्रामीण क्षेत्रका छन् । परीक्षण गरेको ठाउँमा सङ्क्रमित भेटिएका छन् । परीक्षण गरिएकामध्ये ८५ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बेनी अस्पतालका प्रमुख जितेन्द्र कडेल केही दिनयता बेनी बजारभित्र सङ्क्रमण दर […]

म्याग्दीमा सोमबार ६५ जना कोरोना संक्रमित थपिए

विकल्प न्यूज\बेनी जेठ १० गते । म्याग्दीमा सोमबार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर परिक्षणबाट २९ र एन्टिजिनबाट ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार ३५ जना होमआइसोलेसनमा बसेका कोरोना संक्रमित निको भएर आइसोलेसन मुक्त हुनुभएको छ । नगरपालिकामा २८ जना […]

म्याग्दीमा १७ गते सम्म लम्बियो लकडाउन

विकल्प न्युज/बेनी जेठ ९ गते ।  म्याग्दीमा लकडाउन (निषेधाज्ञा) आगमी जेठ १७ गतेसम्म लम्बिने भएको छ । यस अघि बैशाख ३१ गतेदेखी जारी लकडाउन भोली सोमबार सकिदैछ । जिल्लामा कोरोना संक्रमणको दर बढ्ढै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि आइतबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको भर्चुअल बैठकले आगमी […]

म्याग्दीमा थप १७२ जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी जेठ ९ गते । म्याग्दी मा अाईतबार थप १७२ जनामा काेराेना पुष्टि भएको छ ।

म्याग्दीमा थप १०४ जनामा काेराेना पुष्टि

विकल्प न्युज/बेनी जेठ ८ गते । म्याग्दीमा शनिबार थप एकसय ४ जनामा काेराेना पुष्टि भएको छ ।

संक्रमितको ज्यान बचाउन बेनी अस्पतालका स्वास्थ्यकर्मीहरु यसरी खटेका छन् (भिडियो)

विकल्प न्यूज\बेनी जेठ ७ गते । म्याग्दीको सदरमुकाम बेनी अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको उपचारमा अस्पतालका स्वास्थ्यकर्मीहरु अहोरात्र सेवामा खटेका छन् । म्याग्दीको सदरमुकाम बेनी अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको उपचारमा अस्पतालका स्वास्थ्यकर्मीहरु अहोरात्र सेवामा खटेका छन् । अस्पतालका प्रमुख डा.जितेन्द्र कुँबरको नेतृत्वमा चिकित्सक र स्वास्थ्यकर्मीहरुको टोली संक्रमितको उपचारमा जुटेका छन् ।  भिडियो

स्वासप्रश्वासमा समस्या भएर बेनी अस्पतालमा भर्ना भएका ७ जनाले कोराना जितेर घर फर्किए

विकल्प न्यूज/बेनी जेठ ७ गते ।  स्वासप्रश्वासमा समस्या भएर बेनी अस्पतालमा भर्ना भएका ७ जना कोरोना संक्रमित उपचार पछि घर फर्किएका छन् । विहिवार र शुक्रबार गरेर अस्पतालको कोभिड इमरजेन्सी र आइसोलेसन कक्षमा उपचाररत ४ पुरुष र तिन जना महिला गरि ७ जना उपचार पछि कोरोना जितेर घर फर्किएका हुन । विहिबार ३ जना र […]

म्याग्दीमा थपिए ४१ जना काेराेना संक्रमित

विकल्प न्युज/ बेनी जेठ ७ गते  । म्याग्दीमा शुक्रबार थप ४१ जना काेराेना संक्रमित थपिएका छन । शुक्रबार एन्टिजिनकाे मात्र रिपोर्ट अाएकाे स्वास्थ्य कार्यालय ले जनाएको छ ।   पुष्टि भएकामा बेनि नगरपालिकामा ३ जना , मंगला गाँउपालिकामा १ जना , रघुगंगा गाँउपालिकामा १५ जना, अन्नपूर्ण गाँउपालिकामा ४ जना र मालिका गाँउपालिकामा १८ जना गरी […]

बेनी अस्पतालमा उपचाररत विरामीका कुरुवालाई निःशुल्क खाना

म्याग्दी ७ जेठ । म्याग्दीको बेनी अस्पतालमा उपचाररत विरामीका कुरुवालाई निःशुल्क खाना खुवाउन थालिएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनका कारण होटलहरु बन्द भएको कारण कुरुवाहरुलाई खाना खानका लागि आइपरेको समस्या हल गर्न योङ्ग कम्युनिष्ट लिग, नेपाल र अनेरास्ववियु (क्रान्तिकारीले) शुक्रवारदेखि निःशुल्क खाना खुवाउन सुरु गरेका हुन् । बेनी अस्पतालमा […]

कोरियामा रहेका विनोद कुँवरद्धारा अस्पताललाई ५ वटा अक्सिजन सिलिण्डर सहयोग

विकल्प न्यूज/बेनी जेठ ६ गते ।  म्याग्दीमा तीव्ररूपमा फैलिएको कोरोना भाइरसका सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन दक्षिण कोरियामा रहेका एक म्याग्देलीले बेनी अस्पतालले स्थापना गरेको अक्सिजन बैंकलाई पाँच सिलिण्डर सहयोग गरेका छन्। लामो समयदेखि कोरियामा ब्यवसायसँगै सामाजिक संघसंस्थामा आवद्ध बेनी नगरपालिका–५ चुत्रेनीका विनोद कुँवरले कोरोना संक्रमतिको उपचारका लागि ५ वटा सिलिण्डर अस्पताललाई उपलब्ध गराएका […]

बगरफाँटका स्थानीय युवाहरुद्धारा हेल्थ डेस्क संचालन

ध्रुवसागर शर्मा / विकल्प न्यूज जेठ ६ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका स्थानीय युवाहरुको पहलमा कोरोना संक्रमितहरुको सहयोग र उद्धारका लागि कोरोना नियन्त्रण तथा व्यवस्थापन हेल्थ हेस्क स्थापना गरिएको छ । बगरफाँटको कोटखोलास्थित खोप केन्द्रको भवनमा जेठ १ गतेदेखि स्थापना गरिएको हेल्थ डेस्कबाट गाउँमा कोरोना संक्रमित भै उपचाररत १९ जना संक्रमितले […]

म्याग्दीमा विहिवार थप ९० जनामा कोरोना संक्रम‌ण पुष्टि

विकल्प न्युज/ बेनी जेठ ६ गते ।  म्याग्दीमा विहिवार थप ९० जनामा काेराेना पुष्टि भएको छ । बेनी नगरपालिकामा २७ जना , मालिका गाँउपालिकामा ७ जना , रघुगंगा गाँउपालिकामा ४ जना, अन्नपूर्ण गाँउपालिकामा ७ जना र जलजलामा ४ जना गरी ४८ जना (पिसिआर बिधिबाट) काेराेना संक्रमण पुष्टि भएको छ । यसै गरि बेनी नगरपालिकामा ६ […]

कोरोना महामारी जित्न सघाउदै गंगा जिसी फाउण्डेशन

विकल्प न्यूज\बेनी जेठ ५ गते ।  म्याग्दीमा सामाजिक एवम् मानवीय सेवामा सक्रिय गंगा जिसी फाउण्डेशन कोरोना महामारी जित्न सहयोगी बनेर आएको छ । फाउण्डेशनले निशुल्क रुपमा एम्बुलेन्सको व्यवस्था गरेको छ । साथै जिल्लाका ग्रामिण भेगमा पुगेर गरिब तथा विपन्न घरपरिवारलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । फाउण्डेशनले ४८ सय मास्क र ९ सय हात धुने […]