म्याग्दी समाचार
कालिगण्डकी उर्लेर आयो (फोटो\भिडियो)
विकल्प न्यूज\बेनी असार १ गते । लगातारको भारी वर्षाका कारण कालिगण्डकी नदीमा पानीको सतह बढेको छ । हेर्नुहोस भिडियो र तस्विर
घोरेपानी क्षेत्रमा भारी वर्षा, खतराको साइरन बजाइयो
१ असार, काठमाडौं । कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा भारी वर्षा भएको छ । भारी वर्षा भएपछि खतराको संकेत स्वरुप साइरन बजाइएको छ । कास्कीको लुम्ले, चितवनको चरछरे, म्याग्दीको घोरेपानी र नवलपरासीको अरुण खोला स्टेशनमा भारी वर्षा मापन भएकाले खतराको संकेत स्वरुप साइरन बजाइएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ […]
बजेटमा म्याग्दीलाई प्राथमिकता दिन मुख्यमन्त्री नेपालीलाई गर्बुजाको अनुरोध
विकल्प न्यूज\बेनी जेठ ३१ गते । नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ ले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लाई भेटेर भेटेर बधाई दिदैं आगामी बजेटमा म्याग्दी जिल्लालाई प्राथमिकतामा राखिदिन अनुरोध गरेका छन्। सोमबार मुख्यमन्त्री नेपालीलाई भेट्दै सभापति गबुर्जाले बाढीपहिरोको उच्च जोखिममा रहेको म्याग्दीमा अनुदान सहितका कार्यक्रमहरु तथा विकास निर्माण सहित शिक्षा, स्वास्थ्य, विपन्नको […]
म्याग्दीमा जारी निषेधाज्ञालाई खुकुलो बनाईयो
विकल्प न्यूज\बेनी बेनी, ३१ जेठ । म्याग्दीमा जारी निषेधाज्ञालाई खुकुलो बनाई आगमी असार १ गते सम्म थप गरिएको छ । सोमबार जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले असार १ गतेदेखि ७ गतेसम्म थपिएको लगडाउनलाई खुकुलो गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले […]
मंगलबार देखि बेनीका बैंक तथा वित्तिय संस्था ८ देखि १२बजे सम्म खुला रहने
विकल्प न्यूज\बेनी जेठ ३१ गते । मंगलबार देखि बेनीका बैंक तथा वित्तिय संस्थाहरु विहान ८ देखि १२ बजे सम्म खुला हुने भएका छन् । कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न जारी लकडाउनलाई सोमबार बसेको डिसिसिएमसीको वैठकले केही खुकुलो बनाएर थप एकसाता थप्ने निर्णय गरेको हो । वैंक तथा वित्तिय संस्थाहरुले स्वास्थ्य मापदण्ड पूर्णरुपमा परिपालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय […]
गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त
२९ जेठ, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।
म्याग्दीमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि
विकल्प न्युज /बेनी जेठ २९ गते म्याग्दी मा आज थप ४६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। आज पुष्टि भएकामा बेनी नगरपालिकामा ७ जना , धौलागिरी गाउँपालिकामा १ जना , मंगला गाउँपालिकामा ३ जना , मालिका गाँउपालिकाका १ जना ,जलजला गाउँपालिका १ जना गरी १३ जनामा पिसिआर विधिबाट र बेनी नगरपालिकामा ३ जना , रघुगंगा […]
म्याग्दीमा शुक्रबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि
विकल्प न्यूज\बेनी जेठ २८ गते । म्याग्दीमा शुक्रबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिकामा ६ जना , रघुगंगा गाउँपालिकामा ५ जना , अन्नपुर्ण गाउँपालिकामा १२ जना , मालिका गाँउपालिकाका १ जना , मंगला गाउँपालिका २ जना गरी २६ जनामा एन्टीजेन विधिबाट गरीएको परिक्षणमा संक्रमण पुष्टि भएको हो । यो संगै […]
जनमोर्चाका सांसद कृष्ण थापा फेरि पदमुक्त
२८ जेठ, । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई फेरि कारबाही गरेको छ । बिहीबार हृवीप उल्लंघन गरेकाले थापालाई पदमुक्त गरिएको जनेमार्चाकी सचेतक पियारी थापाले जानकारी दिइन् । विश्वासको मत लिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावमा बिहीबार प्रदेशसभामा मतदान हुँदा विपक्षमा मतदान गर्न तथा तटस्थ नबस्न जनमोर्चाले हृवीप जारी गरेको थियो । तर प्रदेशसभा सदस्य […]
६२ देखि ६४ वर्ष सम्मका ज्येष्ठ नागरिकलाई खोप
विकल्प न्यूज\बेनी जेठ २८ गते । शुक्रबार म्याग्दीमा ६२ देखि ६४ वर्ष सम्मका लागि कोरोना विरुद्धको खोप लगाउन थालिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले सो उमेर समुहका ज्येष्ठ नागरिकलाई जिल्ला भर एकै पटक खोप लगाउन लागिएको हो । जिल्लाका ६ वटै स्थानीय तहका वडाका स्वास्थ्य चौकीमा खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त […]
रघुगंगालाई ४ थान अक्सिजन कन्सेन्ट्रेटर सहित साढे चार लाख बराबरको स्वास्थ्य सामग्री सहयोग
विकल्प न्यूज\बेनी जेठ २७ गते । रघुगंगा गाउँपालिकालाई ४ थान कन्सेन्टेटर सहित करिब साढे चारलाख रुपियाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ । ४ थान अक्सिजन कन्सेन्ट्रेटर,१ सय पीपीई सेट, माक्स र ग्राउन सहितको साम्रागी ओमप्रसाद शर्माले गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदी, वडा अध्यक्ष जिवनकुमार मल्ललाई हस्तान्तरण गर्नुभएको छ […]
मुख्यमन्त्रीले पाएनन् विश्वासको मत
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएको गण्डकी सरकार ढलेको छ । प्रदेशसभामा आज विश्वासको मत लिन असफल भएपछि संविधानतः गुरुङ पदमुक्त भएका हुन् । प्रदेशसभामा गुरुङले विश्वासको मत लिन गरेको प्रस्ताव पारित हुन सकेन । प्रस्तावको पक्षमा २७ जना र विपक्षमा ३० जना प्रदेशसभा सदस्यले मतदान गरेका छन् । ६० सदस्यीय […]
मुल पार्टी माओवादी केन्द्रमै खुले भुरुङ्ग–तातोपानीका वडा अध्यक्ष फगामी
विकल्प न्युज/ बेनी बेनी, २७ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीका वडा अध्यक्ष ओम फगामी नेकपा माओवादी केन्द्रमा खुल्नुभएको छ । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको एकतालाई सर्वोच्च अदालतले मान्यता नदिएर पुर्ववत पार्टी यथावत भएपछि स्थानीय तह निर्वाचनमा माओवादीबाट निर्वाचित फगामी तटस्थ देखिनुभएको थियो । तत्कालीन नेकपामा बिवाद देखिएपछि तटस्थ रहदै आएका फगामीले […]
म्याग्दीका पाँच गाउँपालिकालाई करिव ८ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग
विकल्प न्यूज\बेनी जेठ २६ गते । म्याग्दीका पाचँ गाउँपालिकामा कोरोना रोकथाम, नियन्त्रण र संक्रमितको उपचारका लागि तीनचुली नेपालले करिब ८ लाख रुपियाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नेकपा एमाले म्याग्दीका सचिव बालकृष्ष्ण सुवेदीको,प्रेम मल्लको पहलमा र नेकपा एमालेका केन्द्रीय सदस्य पर्वत निवासी बिजय गुरुङको समन्वयमा तीनचुली नेपालका अध्यक्ष ज्वालन गुरुङले करिव ८ लाख […]
बेनी अस्पताललाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग
विकल्प न्यूज\बेनी जेठ २६ गते । बेनी अस्पताललाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्तभएको छ । नेपाल मेडिकल एसोसेशनले वुधबार बेनी अस्पताललाई ४ वटा अक्जिसन कन्सन्ट्रेटर सहयोग गरेको हो । एसोसेशनको सहयोगमा आएकोे कन्सन्ट्रेटर नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बीर) र प्रताप पौडेलले बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवाला र डा.जितेन्द्र कंडेललाई हस्तान्तरण गर्नुभएको हो […]