म्याग्दी समाचार
मालिकाले ल्यायो साढे पचास करोडको बजेट
विकल्प न्यूज\बेनी दरबाङ, १० असार । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८\७९ का लागि पचास करोड ४३ लाख ४९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । छ्यारछ्यारे स्थित सभाहलमा बिहिबार भएको नवौ गाउँसभामा उपाध्यक्ष खरमाया बिटालुले चालुतर्फ सात करोड ८१ लख, पुजिगत तर्फ १३ करोड ४ लाख र शसर्त अनुदान तर्फ १९ करोड २७ […]
धवलागिरीको ४८ करोड चालीस लाखको बजेट पारित
विकल्प न्युज/मुना मुना, ९ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाको बुधबार मुनामा भएको एघारौं गाउँसभाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ४८ करोड ४० लाख ९९ हजार ८२० रुपैयाँको बजेट पारित गरेको छ । बुहमतबाट पारित भएको बजेट बितरण र बाँडफाँड असन्तुलित र असमान भएको भन्दै वडा नम्बर १ गुर्जा र वडा नम्बर ५ मल्कवाङका जनप्रतिनिधीहरुले […]
रघुगंगामा ५३ करोड बढीको बजेट पारित
विकल्प न्यूज\बेनी असार ८ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८७९ को लागि नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित दशौँ गाउँसभामा अध्यक्ष भबबहादुर भण्डारीद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष कमला तिलिजाले प्रस्तुत गर्नुभएको बजेट छलफल सहित सर्वसम्मत रुपमा पारित भएको हो । रघुगंगाले […]
अन्नपुर्ण गाउँपालिकाले ल्यायो ४२ करोड ३० लाखको बजेट
विकल्प न्युज/ पाेखरेबगर असार ७ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले आगामी आर्थिक बर्ष२०७८/७९ का लागि ४२ करोड ३० लाख रुपैयाँ बरारबरको बजेट सार्वजनिक गरको छ । सोमबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा तेह्रौ गाउँसभामा गाउँपालिका उपाध्यक्ष केशमाया मगरले आगामी आर्थिक बर्षको लागि निति,कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो । उपाध्यक्ष मगरले गाउँसभामा प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ३१ […]
नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन
६ असार, काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार भारतको नयाँदिल्लीस्थित इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा परीक्षण गरिएको ९ वटा नमुनामा नयाँ म्युटेसन फेला परेको हो । ‘देशका विभिन्न […]
बेनीको पछैमा रामायण पार्क निर्माणको तयारी
विकल्प न्यूज\बेनी असार ६ गते । म्याग्दीको बेनी नगरपालिका–५, पछैमा रामायण पार्क निर्माण हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाको साझेदारीमा पछैमा रामायण पार्क (उद्यान )निर्माण हुने भएको हो । निर्माण हुन लागेको रामायण पार्कको बिस्तृत परियोजना प्रतिबेदन डिपिआर तयार भएको छ । डिपिआर अनुसार पहिलो चरणमा रामायण पार्क निर्माणका […]
बाढीपहिरोका कारण दुःख र पीडाले भरिएको धाइरिङको किराखोर बस्ती(भिडियोसहित)
ठाकुरप्रसाद आचार्य\जलजला किराखोर असार ६ गते । ‘‘राती ठूलो वर्ष भइरहेको थियो । बाहिर निस्केर हेर्दा पिँडी र घर चर्किसकेको रहेछ । रातको दुई बजेको थियो बच्चा च्यापेर भागेर स्कुलमा पुगें । बारी सबै बगेको छ । म मजदुर हो अव कसरी परिवार पालौं ।’’ साना साना बालबच्चा छन् कहाँ राख्ने के खाने ? यी […]
पहिरो पीडितलाई राहत लिएर धाइरिङ पुग्यो क्रियटिभ ग्रुप
विकल्प न्यूज\जलजला असार ५ गते । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङका पहिरो पीडितलाई राहत लिएर जलजला क्रियटिभ ग्रुप गाउँ पुगेको छ । निरन्तरको वर्षाका कारण धाइरिङ किराखोरमा ३१ घरपरिवार विस्थापित भएका छन् । कोरोना नियन्त्रण,रोकथाम तथा व्यवस्थापनमा सक्रिय युवाहरुको समुह जलजला क्रियटिभ ग्रुपले बाढीपहिरो प्रभावितलाई राहत र व्यवस्थापनमा जुटेको छ । ग्रुपले शुक्रबार धाइरिङ पुगेर […]
उत्तरी म्याग्दीमा भारी वर्षाका कारण कालिगण्डकीको बहाव बढ्यो (फोटो/भिडियो)
विकल्प न्यूज\बेनी असार ३ गते । विहिवार साँझबाट कालिगण्डकी नदीमा बहाव बढ्न थालेको छ । विहिवार बर्षा रोकिएपछि नदीमा पानीको सतहमा कमि आएको थियो । तर हिमाली भेगतिर वर्षा कायमै भएकाले साँझबाट नदी बढेको हो । अन्नपूर्ण गाउँपालिकाको हिमाली भेगतिर भारी मात्रामा वर्षा भएकाले नदीको बहाव एक्कासी बढेको प्रहरीले जनाएको छ । तिन दिन यताको […]
बेनीबजारमा खानेपानी समस्या
विकल्प न्यूज/बेनी असार ३ गते । बेनी बजारमा खानेपानीको अभाव भएको छ । निरन्तरको भारी वर्षाका पछि बाढीपहिरोले पाइपलाइनमा क्षति पु¥याएपछि बेनी खानेपानी उपभोक्ता संस्थाले वितरण गर्दै आएको खानेपानी बन्द हुँदा बजारमा पानीको समस्या भएको हो । बाढीपहिरोले मुहान आसपासमा क्षतिसँगै पाइप भाँचिएपछि पानी आपूर्ति अवरुद्ध बनेको संस्थाले जनाएको छ । बेनी खानेपानी उपभोक्ता संस्थाका […]
बजेटमा सुरुङमार्ग : सर्वसाधारणमा तरङ्ग
बलेवा, असार ३ गते । गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको बजेट कार्यक्रम सार्वजनिक गर्दा बागलुङमा तीन ठूला आयोजना सञ्चालन गर्ने भनेर आशा जगायो । मध्यपहाडी लोकमार्गमा सुरुङमार्ग, अर्नाकोट विमानस्थल र धौलागिरि अस्पताललाई ट्रमा सेन्टरमा स्तरवृद्धि गर्ने योजना बजेटमा परे । सुरुङ र विमानस्थलको सम्भाव्यता अध्ययन गर्ने भनिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्र्तगत काठेखोला गाउँपालिकाको […]
बाढीपहिरो पीडितलाई बेनी नगरले तत्काल १५ हजार राहत दिने
विकल्प न्यूज\बेनी असार २ गते । बेनी नगरपालिकाले बाढी र पहिरोमा परेर घरबास गुमाएकाहरुलाई तत्कालका लागि १५ हजार रुपियाँ नगद राहत दिने भएको छ । बुधबार बेनी नगरपालिकाको द्रत प्रतिकार्य समुहको वैठकले अविरल वर्षाका कारण पूर्ण घर क्षति र उच्च जोखिम भएका घरपरिवारका लागि तत्कालका लागि उक्त राहत प्रदान गर्ने निर्णय भएको बेनी नगरपालिकाका प्रवक्ता […]
बाढी र पहिरोमा परेर रुममा चार घर बगे,१४ घर उच्च जोखिममा
विकल्प न्यूज\बेनी असार २ गते । मालिका गाउँपालिका २ रुममा पहिरो जाँदा ४ घर बगाएको छ । भने पहिरोका कारण १४ घर उच्च जोखिममा परेका छन् । वडा अध्यक्ष नरबहादुर पुनका अनुसार बुधबार खोलामा आएको बाढी र पहिरोले विद्युत गृह सहित चार घर बगाएको छ भने १४ घर पहिरोको उच्च जोखिमा रहेका छन् । […]
अझै तीन दिन भारी वर्षा हुने
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन देशका अधिकांश भागमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । धेरै वर्षा हुने भएकाले महाशाखाले केही स्थानमा बाढी र पहिराको खतरा औँल्याएको छ । महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार मनसुनी वायु सक्रिय भएकाले अहिले देशभर पानी परिरहेको छ । यो वायुको प्रभावले आगामी शनिबारसम्म नै […]
बेनीको कालिपुल बसपार्कमा बाढीको वितण्डा हेर्नुहोस (भिडियो \फोटो)
विकल्प न्यूज/बेनी असार २ गते । म्याग्दीको सदरमुकाम बेनीबजारको कालिपुल स्थित बसपार्क बाढीको चपेटामा परेको छ । अस्पताल चोक भन्दा माथिको पाखोबाट झरेको बाढीले बसपार्कमा क्षति पु¥याएको छ । अस्पताल चोकमा ठूलो बाढी आएको छ । बसपार्कमा पार्कीङ गरेर राखेका सवारीसाधनहरु हिलो माटो,ढुङ्गा र ग्रेगरले पुरिन थालेका छन् । वसपार्क पुरै ग्रेगरले पुरेको छ । […]