म्याग्दी समाचार
तीन प्रदेशमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह
२४ श्रावण २०७८, काठमाडौँ। आज बिहान देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज राति देशभर सामान्यदेखि पूर्ण बदली […]
छ दिनपछि खुल्यो बेनी–जोमसोम सडक
विकल्प न्यूज\बेनी साउन २४ गते । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा खसेको पहिरो र स्थानीयवासीको अवरोधका कारण साउन १८ गतेदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द भएको थियो । मुस्ताङका जनप्रतिनिधि, दुवै जिल्लाका प्रशासन, सुरक्षा निकाय […]
एसईई २०७७ को नतिजा प्रकाशित
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो । आफ्नो सिम्बोल नम्बर लेखेर ५ रुपैयाँ शुल्कसहित १६०० मा म्यासेज गरी नतिजा प्राप्त गर्न सकिन्छ । यस्तै एनसेलको वेवसाइटमा गइ आफ्नो नतिजा निशुल्क हेर्न सकिन्छ ।
जापानबाट पहिलो चरणमा आयो ५ लाख १३ हजार डोज कोरोना खोप
२३ साउन, काठमाडौं । जापानबाट कोरोनाविरुद्धको कोभिशिल्ड खोप नेपाल आइपुगेको छ । जापानले पठाउने भनेको १६ लाख डोजमध्ये पहिलो चरणमा आज शनिबार बिहान ९ बजे पाँच लाख १३ हजार डोज खोप आइपुगेको हो । आइतबार थप दुई लाख ८७ हजार डोज खोप आउने र बाँकी ८ लाख खोप अर्को साता आइपुग्ने स्वास्थ्य सेवा विभागले जानकारी […]
६ महिना भित्र गण्डकीका सवैलाई कोरोना खोप
विकल्प न्यूज/बेनी साउन २३ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगमी ६ महिना भित्र गण्डकी प्रदेशका सवै नागरिकहरुलाई कोरोना खोप लगाई सक्ने घोषणा गर्नुभएको छ । तनहुँको ऋषिङ गाउँपालिकाले आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले सरकारको पहिलो प्राथमिकता खोप भएको उल्लेख गर्नुभयो । छ महिनाभित्र प्रदेशका सबै जनतालाई […]
कक्षा १२ को परीक्षाबारे निर्णय लिन बोर्डको बैठक भोलि बस्ने
काठमाडौं, साउन २२ गते । कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक भोलि बस्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिसिएमसीलाई सिफारिस गरे संगै बोर्डको बैठक बस्न लागेको हो । बोर्डले भोलि बोर्डका सचिव, सदश्यहरुलाई छलफलको लागि बोलाएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले […]
ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो मात्रा साउन २५ बाट लगाइने
काठमाडौं, साउन २२ गते । कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत कोभिशिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकहरुलाई साउन २५ गतेबाट खोपको दोस्रो मात्रा लगाइने भएको छ । स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतले भुटान र जापानबाट ल्याइएको खोप कोभिशिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई दिइने बताउनुभयो । भूटानले दिएको तीन लाख डोज […]
भूटानबाट आइपुग्यो तीन लाख अष्ट्राजेनिकाकाे खोप
काठमाडौं, साउन २२ गते । भूटान सरकारले दिएको तीन लाख डोज अष्ट्राजेनिकाकाे खोप काठमाडौं आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमन सिंहले भूटानको ड्रुक एयरलाइन्सको जहाजबाट शुक्रबार बिहान काठमाडौं आइपुगेको हो । भूटानले आफ्ना खाेप लगाउन योग्य नागरिक सबैलाई खोप लगाएपछि बचेको खोप नेपाललाई दिएको हो । स्वास्थ्य […]
कांग्रेस प्रवक्ता शर्मा भन्छन्
विकल्प न्यूज/बेनी साउन २२ गते परीक्षाभन्दा जीवनरक्षा जरुरी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले परीक्षा जरुरी भएको र जीवनरक्षा झनै जरुरी भएको बताएका छन्। कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गर्ने भनिरहँदा बढ्दो कोरोना संक्रमणको अवस्थालाई लक्षित गर्दै शर्माले यसो भनेका हुन्। ‘कि सुरक्षाको भरपर्दो व्यवस्थापन सुनिश्चित र सुसूचित गरियोस् कि #CancelNEBExams म मेरो छोरीको सुरक्षित […]
व्यवस्थापन समिति र शिक्षकले थाले विद्यालय सुधारको प्रयास
विकल्प न्यूज/बेनी साउन २२ गते । यहाँको एक विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुले आफ्ना बालबच्चाहरुलाई निजी बोर्डिङ स्कुलबाट निकालेर सामुदायिक विद्यालयमा भर्ना गरी शैक्षिक सुधारको प्रयास थालेका छन् । बेनी नगरपालिका १ रत्नेचौर स्थित भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिले अभिभावकहरुमा विद्यालयप्रतिको विश्वास जगाउन यस्तो प्रयास थालेको हो । शिक्षक,व्यवस्थापन समितिका सदस्य र गाउँका टाठाबाठाहरुले […]
भूमि आयोग खारेजीविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता
साउन २२, २०७८ सरकारले भूमि आयोग खारेज गरेको विरोधमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता प्रवेश केसीले शुक्रबार आयोग खारेजीविरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका हुन् । निवेदकको रिटमा भूमि आयोग खारेज गर्ने मन्त्रिपरिषदको निर्णयले भूमि सम्बन्धी मौलिक हकको उल्लंघन भएको भन्दै सरकारको उक्त निर्णय बदर गर्न माग गरिएको छ । रिटको पेशी […]
बेनीमा परीक्षा दिँदै सात दिनकी सुत्केरी
म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका–४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ की परीक्षार्थी चनिषा घर्तीमगर सुत्केरी अवस्थामै परीक्षामा सहभागी भएकी हुन् । रासस
कुखुराको भाले मर्दा गाउँले मलामी गए, मालिकले कपाल फाले, नुन छोडे
विकल्प / बेनी साउन २२ गते । दाङको तुलसीपुरमा कुखुराको भाले मरेपछि त्यसका मालिकले कपाल मुण्डन गर्नुका साथै नुनसमेत छोडेका छन्। तुलसीपुर उपमहानगरपालिका- १५ पहरुवा गाउँका ४६ वर्षीय शिव सुवेदीले पालेको भाले मरेपछि हिन्दु परम्पराअनुसार गाउँलेहरू मलामी गई स्थानीय टैवा खोलामा लगि अन्तिम संस्कार गरेका छन्। ‘मैले १९ वर्ष १० महिनासम्म पालेको भाले साउन १६ […]
सानिमा लाइफ इन्स्योरेन्सको आइपीओमा दुई दिनमा १५ लाखको आवेदन
सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि बिक्रीमा ल्याएको आइपीओमा दुइ दिनमा झण्डै १५ लाख आवेदकले आवेदन दिएका छन्। बिक्री प्रबन्धक प्रभु क्यापिटलले दिएको जानकारी अनुसार बिहीबार बेलुका पाँच बजेसम्ममा कम्पनीको आइपीओमा १४ लाख ९५ हजार ३८९ जना आवेदकबाट २ करोड ३८ लाख ११ हजार ७१० कित्ता शेयर खरिदको लागि आवेदन परेको हो। कम्पनीले कुल जारी पूँजी २ अर्ब […]
म्याग्दीमा विहिवार थप ३७ जनामा कोरोना पुष्टि
विकल्प न्यूज/बेनी साउन २१ गते । म्याग्दीमा विहिवार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्ती अनुसार २१ महिला र १६ पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो । लकडाउन खुला गरिएसँगै जिल्लामा संक्रमितको संख्यामा वृद्धि हुनथालेको छ ।