म्याग्दी समाचार

एमसीसीमा राष्ट्रिय सहमति होस् : सभामुख सापकोटा

२०७८ साउन २७ गते २७ साउन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसीमा राष्ट्रिय सहमति होस् भन्ने चाहना रहेको बताएका छन् । बुधबार आफ्नै कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै उनले एमसीसीमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका हुन् । ‘एमसीसीको विषयमा म तटस्थ ढंगले अध्ययन गरिरहेको छु, यो अगाडि बढाउने सन्दर्भमा म चाहन्छु, राष्ट्रिय सहमति होस्, किनभने […]

विद्युत् प्राधिकरणमा कुलमान घिसिङको स्वागत

२०७८ साउन २७ गते   २७ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: नियुक्त भएका कुलमान घिसिङले बुधबार प्राधिकरण पुगेका छन् । उनलाई प्राधिकरणका कर्मचारीले स्वागत गरेका थिए । घिसिङले बुधबार नै पदभार ग्रहण गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । नेपालमा लोडसेडिङ हटाउन प्राधिकरणको […]

मानुषी लघुवित्तको आईपीओ खुला

श्रावण २७, २०७८ काठमाडौँ — मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बुधबारदेखि बिक्री खुला भएको छ । बुधबारदेखि बिक्री खुला भएको आईपीओ यही साउन ३१ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । एक सय रुपैयाँ अंकित दरका कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि बढीमा एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा

बुटवल, साउन २७ गते ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुभएको छ । लुम्विनी प्रदेश सरकारका प्रवक्ता आर्थिक योजना मन्त्री वैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएको बताउनु भयो । उहाँले मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको जानकारी दिनुभयो । प्रदेश सभामा सरकारविरुद्ध विपक्षी गठवन्धनले अविश्वास प्रस्ताव दर्ता गरेपछि आज दिउँसो १ […]

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

२७ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशक बनाउने निर्णय […]

बागलुङमा निषेधाज्ञामा कडाइ, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

गलकोट, साउन २६ गते । बागलुङमा कारोना सङ्क्रमण दर ह्वातै बढ्दै गएपछि निषेधाज्ञालाई कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलु्ङमा आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र डिसिएमसिको बैठकले साउन २८ गतेदेखि भदौ ५ गतेसम्म कडाइका साथ निषेधाज्ञा गर्ने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले जानकारी दिनुभयो । बैठकले साउन २८ गते […]

आङ नै सिरिङ्ग हुने भीर पर्यटनको केन्द्र

बलेवा, साउन २६ गते । कालीगण्डकीले बनाएको गहिरो गल्छी र त्यही गल्छीमा उभिएको छ ठूलो पहाड । छेउछाउमा जाँदा आङ नै सिरिङ्ग हुने भीर छ । वारि बागलुङको बलेवास्थित नारायणस्थान गाउँ र पारी छ पर्वतको सदरमुकाम कुश्मा बजार । यी दुईको बीचमा पर्छ कहालीलाग्दो पहाड । यही भीर भएर कालीण्डकीको दक्षिण पश्चिमतर्फ लमतन्न पाखो र […]

म्याग्दीमा थप ४६ जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी साउन २६ गते । म्याग्दीमा पछिल्लो २४ घण्टामा थप ४६ जनामा काेराेना पुष्टि भएको छ ।

बेनीको न्यूरोडका दुई पसलमा आगलागी हुँदा लाखौंको क्षति

विकल्प न्यूज\बेनी साउन २६ गते । म्याग्दीको सदरमुकाम बेनी बजारको न्यूरोडमा मंगलबार विहान साढे दुई बजेतिर आगलागी भएको छ । बेनी नगरपालिका ८ स्थित न्यूरोडको छाप्रामा रहेका पसलमा आगलागी भएको हो । आगलागीबाट लाखौं मुल्य बराबरका सामान जलेर नष्ट भएको छ । जिवनबहादुर विश्वकर्माको एकतलाको छाप्रोमा रहेका रघुगंगा डेरी र नयन स्टोर्समा आगलागी भएको हो […]

बेनीकाे न्युरोडमा आगलागी

विकल्प न्युज/ बेनी साउन २६ गते । बेनीकाे न्युराेडमा आगलागी भएकाे छ । मंगलबार रााति साढे दुईबजे तिरबाट डेरि र खाद्यान्न पसलमा आगलागी भएको हाे । अहिले प्रहरी ले निभाउने प्रयास गरेकाे छ । निभाउन दमकलकाे प्रयाेग गरिएको छ ।

मृगौला पीडित बरुवालको उपचारमा सघाउन लुङ्दी जलजला सहकारीद्धारा एकलाख सहयोग

विकल्प न्यूज/जलजला साउन २५ गते ।  पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकमा रहेको लुङ्दी बहुउद्देश्यीय सहकारी संस्थाले मृगौला रोगका पीडितलाई एकलाख रुपैयाँ सहयोग गरेको छ । जलजला २ मल्लाज निवासी थलबहादुर बरुवालको उपचारमा सघाउने सहकारीले उक्त सहयोग गरेको हो । सहकारीको शेयर सदस्य समेत रहनुभएका बरुवाल लामो समयदेखि मृगौला रोगबाट ग्रसित हुनुहुन्छ । हाल ग्रान्डी अस्पताल […]

यी हुन अस्पताल भवन अलपत्र पार्ने ठेकेदारहरु

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज साउन २५ गते । म्याग्दीमा निर्माणधिन बेनी अस्पतालको भवन निर्माण व्यवसायीका कारण अलपत्र परेको छ । पछिल्लो एकवर्ष यता निर्माण स्थलमा स्रोतसाधन र मजदुर परिचालन गरिएको छैन । भवन निर्माणको जिम्मा लिएका ठेकेदारहरु सम्पर्कविहिन भएका छन् । ठेकेदारहरुको लापरबाहीका कारण भवन अलपत्र अवस्थामा छ । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा भएको यो लापरबाहीलाई […]

कोभिसिल्डको दोस्रो खोप आजदेखि

काठमाडौँ, साउन २५ गते ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिडविरुद्धको खोप अभियानअन्तर्गत सोमबारदेखि कोभिसिल्डको दोस्रो मात्राको खोप अभियान सञ्चालन गर्दै छ । यसअघि कोभिसिल्ड खोप लगाएका ज्येष्ठ नागरिकलगायतका व्यक्तिलाई दोस्रो मात्रा खोप दिन लागिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई सोमबारबाट दोस्रो मात्रा खोप दिन लागिएको हो । स्वास्थ्य सेवा विभाग परिवार […]

एसईई उत्तिर्ण हुने आमाहरुलाई सम्मान

ठाकुरप्रसाद आचार्य / म्याग्दी साउन २४ गते ।  बेनीको उज्यालो वैकल्पिक विद्यालयबाट २०७७ को एसईई परिक्षामा सहभागि भई उत्तिर्ण हुने आमाहरुलाई विद्यालयले सम्मान गरेको छ । आइतबार विद्यालय परिवारले कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सम्मान गरेको हो । एसर्ईई परिक्षामा विद्यालयबाट ९ जना सहभागि भएका थिए । शनिबार आएको एसईई नतिजा पछि आमाहरुको मुहारमा खुसी छाएको […]

कोसी टप्पुमा मायापिरती गाँस्दै हात्ती

काठमाडौँ, साउन २४ गते ।   नेपाल घुम्न आएका भाले हात्ती (मत्ता हात्ती) कोसी टप्पुमा रहेका पोथी हात्ती (ढोई)सँग मायापिरती गाँस्दै रमाउन थालेका छन् । आफ्नो माउ समूह छाडेर भारतबाट नेपाल घुम्न आएका सबै भाले हात्ती कोसी टप्पुमा विगत दुई वर्षदेखि रमाइरहेका छन् । कोसी टप्पु वन्यजन्तु आरक्षका अनुसार आरक्षभित्र हाल १४ वटा भाले हात्ती […]