म्याग्दी समाचार

रघुगंगाको केन्द्र मौवाफाँटमा मुक्तिनाथ सहकारीको सेवा केन्द्र सञ्चालन

विकल्प न्यूज/बेनी साउन ३१ गते । रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाले सेवा केन्द्र स्थापना गरेको छ । सदरमुकाम बेनीमा सञ्चालित सहकारीले ग्रामिण स्तरमा सेवा विस्तारका लागि आइतबार देखि मौवाफाँटमा सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । सहकारीको सेवालाई गाउँपालिका केन्द्र सम्म पु¥याउने उद्देश्यले सेवा केन्द्र सञ्चालनमा ल्याइएको सहकारी अध्यक्ष लिलाराम गौतमले बताउनुभयो । […]

कांग्रेसको वडा अधिवेशन भदौ १८ मा

विकल्प न्यूज/बेनी साउन ३० गते ।   नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिर ९ देखि १२ गतेसम्म आयोजना हुने भएको छ । केन्द्रीय कार्य समितिको शनिबार बसेको बैठकले भदौ २३ मा निर्धारित महाधिवेशन तीन महिनापछि धकेल्ने निर्णय गरेको हो । भदौ २ गतेभित्र क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने र वडा अधिवेशन भदौ १८ गते गर्ने […]

बेनी नगरपालिकामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्यूज/बेनी साउन ३० गते । शनिबार बेनी नगरपालिकामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लकडाउन खुला भएसँगै नगरक्षेत्रमा कोरोना भाइरस संक्रमणको दर बढ्न थालेको हो । यसैगरी मंगला गाँउपालिकामा २ जना, मालिका गाँउपालिकामा १ जना, अन्नपुर्ण गाँउपालिकामा १ जना , रघुगंगा गाँउपालिकामा १ जना , धौलागिरी गाँउपालिकामा १ जना र पर्वतको […]

अश्मी थापाको अभिनय रहेको तीज गीत ‘बरिलै’ सार्वजनिक (भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन ३० गते । कलाकारितामा पाइला सार्दै गरेकी म्याग्दीकी अश्मी थापाले अभिनय गरेको तीज गीत ‘बरिलै’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायिका तुल्सी घर्ती मगर र कमल बिसी माल्दाईको सुमधुर आवाजमा ‘बरिलै’ मौलिक तीज गीत बजारमा आएको छ । भरत बोहरा (समर्पण) को कर्णप्रिय संगीत तथा गायक भीम कार्कीको उत्कृष्ट […]

सरसफाईमा जुटे डम्मराका युवाहरु

अमित बिश्वकर्मा/बेनी साउन ३० गते । परिबर्तन, सकरात्मक मार्गदर्शन, शिक्षा, खेलकुद, स्वास्थ्य र समृद्घ राष्ट्रका लागि युवा भन्ने मुल उदेश्यका साथ गठन भएको डम्मरा युवा क्लबले शनिबार बेनी नगरपालीका ६ डम्मरा क्षेत्रमा सरसफाइ कार्यक्रम संचालन गरेको छ । क्लबका पदाधिकारीहरुले डम्मराका प्रत्यक घर वरपर र सडक छेउछाउँमा रहेका प्लास्टिक, सीसा, लगाएतका अन्य फोहोरहरु संकलन गरि […]

बेनीमा ‘मास्क अभियान’ (फोटोफिचर)

विकल्प न्यूज/बेनी साउन २९ गते ।    ‘कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता,मास्क लगाउनु नै हो आजको आवश्यकता’ भन्ने नाराका साथ सञ्चालन भएको नेपाल मास्क अभियानलाई म्याग्दीमा पनि सक्रियताका साथ सञ्चालन गरिएको छ । जिल्ला प्रशासन,प्रहरी,स्वास्थ्य कार्यालय लगायत विभिन्न संघसंस्थाहरुको सहयोगमा बेनीमा मास्क अभियान सञ्चालन गरिएको छ । अभियानका क्रममा शुक्रबार बेनी बजार […]

१२ देखि १७ वर्षक उमेर समूहका लागि मोर्डनाकाे ४० लाख खोप आउँदै

काठमाडौं, साउन २९ गते ।  मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने भएको छ । विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोर्डना खोप आउने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता भएको बताउनुभएको छ । उक्त खोप १२ देखि १७ वर्ष उमेर समूहका […]

नेपालमा २९ लाखले लगाए पूर्ण मात्रा खोप, कुन प्रदेशमा कति

काठमाडौं, साउन २९ गते । कोभिड–१९ को पहिलो मात्रा खोप लिने मानिसको सङ्ख्या दोब्बर रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकमा कुल ४५ लाखले कोभिड–१९ विरुद्धको पहिलो डोज लगाएका छन् भने २९ लाख २२ हजार २४० जनाले पूर्ण डोज प्राप्त गरिरहेका छन् । राष्ट्रिय खोप कार्यक्रमका प्रमुख डा. झलक शर्मा […]

मुसा र साङ्ला मार्न बोलपत्र आह्वान

साउन २९, २०७८ त्रिभुवन शिक्षण अस्पतालमा मुसा र साङ्लाको बिगबिगी भएपछि अस्पतालले ठेकेदारको खोजी गर्दै टेन्डर नै आह्वान गरेको छ । मुसा, साङ्ला, उडुस, उपियाँ मार्न मासिक कति लिने हो खुलाइ गोप्य सिलबन्दी पेस गर्न अस्पतालले टेन्डर आह्वान गरेको हो । अस्पतालको विभिन्न विभाग, शाखा, वार्ड, ओपिडी र युनिट लगायत अस्पताल परिसरभित्रका अन्य स्थानहरुमा मुसा, साङ्ला, […]

गण्डकी प्रदेशमा जलविद्युत्, कृषि र पर्यटनको उच्च सम्भावना

काठमाडौँ, साउन २९ गते ।    गण्डकी प्रदेशमा जलविद्युत् आयोजना, कृषि र पर्यटन सम्भावना उच्च रहेको देखिएको छ । नेपाल राष्ट्र बैङ्कको एक अध्ययनअनुसार ससाना आयोजनादेखि १२०० मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा रहेको गण्डकी प्रदेशमा जलविद्युत् उत्पादनको उच्च सम्भावना देखिएको हो । नेपाल राष्ट्र बैङ्क पोखरा कार्यालय अनुसन्धान एकाइद्वारा प्रकाशित आर्थिक वर्ष २०७७/७८ मा […]

पद खुस्किएपछि रिक्सा चढेर बाहिरिए लुम्बिनीका मन्त्रि

२०७८ साउन २८ गते रूपन्देही, लुम्बिनीमा नयाँ सरकार गठनको तयारी चलिरहँदा निवर्तमान मन्त्रीहरू मन्त्रालय र क्वार्टर छाड्न थालेका छन्। यसैक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री चेतनारायण आचार्य केही बेरअघि मन्त्रालयबाट बाहिरिएका छन् । मन्त्रालय छाड्नुअघि आचार्यले पत्रकार सम्मेलन गरेका थिए । उनी सरकारी गाडी छाडेर ई-रिक्सा चढेर बाहिरिएका हुन्। पत्रकार सम्मेलनमा उनले प्रदेशले ल्याएको सञ्चार विधेयकमा […]

परिश्रमी युवा ः भैंँसी गोठमा रमाउँदै सुरेश (फोटोकथा)

ठाकुरप्रसाद आचार्य / म्याग्दी साउन २८ गते ।     ‘विहान ४ बजे देखि साँझसम्म भैंँसी गोठमै हुन्छु । समय गएको पत्तै हुँदैन । साँझपख बजारमा दुध पु¥याएपछि बल्ल मलाई आरम मिल्छ । १० वर्ष अरबको खाडीमा बसे मन शान्ति भएन । गाउँफर्किएर भैंसीपाल्न थालेँ । अहिले मासिक एकलाख देखि डेढलाख सम्म बचाउँछु,’ बेनी नगरपालिका ७ […]

आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

काठमाडौँ, साउन २८ गते ।   आज नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ । ‘खाद्य प्रणालीमा रूपान्तरण ः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस मनाइँदै छ । दिवसकै अवसरमा आज १०ः३० बजे राष्ट्रिय युवा परिषद्ले आयोजना गर्ने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भिडियो सन्देश […]

अन्योलमा जनगणना २०७८, जिल्ला जिल्लामा कार्यालय काम ठप्प

काठमाडौँ,  साउन २८ :  असार पहिलो हप्तामै सक्ने गरी तयारी गरिएको राष्ट्रिय जनगणनाको काम नयाँ भेरियन्टसहितको कोरोना जोखिमका कारण रोकिएपछि फेरि कहिले हुने भन्ने अन्योल कायम छ । गत वैशाख १६ गतेदेखि नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न निषेधाज्ञा जारी गरिएपछि वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकले जनगणना स्थगन गर्ने निर्णय गरेको थियो । राष्ट्रिय योजना आयोगअन्तर्गतको केन्द्रीय […]

अग्नी पीडित व्यवसायीलाई उद्योग वाणिज्य संघको करिब साढे दुईलाख सहयोग

विकल्प न्यूज/बेनी साउन २७ गते ।   सदरमुकाम बेनीमा आगलागीबाट लाखौ क्षति ब्यहोरेका दुई व्यवसायीलाई म्याग्दी उद्योग वाणिज्य संघले आर्थिक सहयोग गरेको छ। मंगलबार राती अकस्मात भएको आगलागीबाट बेनीको न्युरोडमा जग्गनाथ शर्माले संचालन गरेको नयन किराना स्र्टोश र प्रमोद शर्माले संचालन गरेको रघुगंगा दुध कर्नर एण्ड डेरीमा आगलागीबाट पुर्ण रुपमा क्षति भएको थियो । प्रहरीका अनुसार […]