म्याग्दी समाचार

जलजलाका ८ वडामा काँग्रेसको नेतृत्व चयन

विकल्प न्यूज/बेनी भदौं १९ गते ।  पर्वतको जलजला गाउँपालिकाका ८ वटा वडामा सभापति सहित पदाधिकारी,सदस्य र अधिवेशन प्रतिनिधि चयन भएका छन् । वडा नम्बर ७ धाइरिङमा भने नेतृत्व चयन हुनसकेको छैन । मनोहर आचार्य र मुक्तीराम रिजाल दुवै जनाले सभापतिमा दावी गरेपछि शुक्रबार नेतृत्व चयन हुनसकेको छैन । काँग्रेसका युवा नेता नविन जिसीले दिएको जानकारी […]

म्याग्दीमा कांग्रेसको अधिवेशन ः ४३ वडामा नेतृत्व चयन

विकल्प न्यूज/बेनी भदौं १९ गते । नेपाली कांग्रेसको वडा अधिवेशनअन्तर्गत ४५ वडा रहेको म्याग्दीमा ४३ वडामा नेतृत्व चयन भएको छ । शुक्रबार भएको वडा अधिबेशनबाट ४३ वडामा नयाँ नेतृत्व चयन भएको काँग्रेसले जनाएको छ । वाँकी २ वडामा केही दिनमा वडा अधिवेशन हुने काँग्रेसले जनाएको छ । तीमध्ये ४१ वडामा सर्वसम्मत र दुई वडामा निर्वाचनबाट […]

म्याग्दीमा काँग्रेस महाधिवेशन : नयाँ नेतृत्वकाे लागि सरगर्मी बढ्याे

विकल्प न्युज/ बेनी भदौ १६ गते । नेपाली काँग्रेसमा चुनावी सरगर्मी बढेको छ । पार्टीको १४ औँ महाधिवेशनको तिथि नजिकिदै गएको वडा तहबाट अधिवेशनको सुरुवात हुन लागेपछि यतिबेला नेपाली काँग्रेसभित्रको माहोल निर्वाचनमय बनेको छ । कांग्रेस को केन्द्रिय निर्वाचन कार्यतालिकाअनुसार १८ भदौमा वडा तहको अधिवेशन हुँदै छ । एक संघीय, दुई प्रदेश निर्वाचन क्षेत्र, ६ स्थानीय […]

माओवादी केन्द्र म्याग्दीको जिल्ला संयोजकमा युवा नेता जुग्जाली चयन

विकल्प न्यूज\बेनी भदौं १५ गते । नेकपा माओवादी केन्द्रको जिल्ला संयोजकमा युवा नेता रेशम जुग्जाली(सुविन) चयन हुनुभएको छ । माओवादी आन्दोलनका जुझारु युवा नेता जुग्जाली मालिका गाउँपालिका ७ बिमका वडा अध्यक्ष हुनुहु्न्छ । माओवादीको मंगलबार सम्पन्न गण्डकी प्रदेश कमिटिले जुग्जालीलाई जिल्ला संयोजकको जिम्मेवारी दिने निर्णय भएको जिल्ला इन्चार्ज गोविन्द पौडेलले बताउनुभयो । जुग्जालीलाई जिल्लामै लोकप्रिय […]

पुस्तकालय दिवसका अवसरमा हिरासतका बन्दीलाई पुस्तक हस्तान्तरण

विकल्प न्यूज/बेनी भदौं १५ गते ।  १४ औँ पुस्तकालय दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासत कक्षमा रहेको पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरिएको छ । म्याग्दी सामुदायिक पुस्तकालयले हिरासतमा रहेका बन्दीहरुलाई फुर्सदको समयलाई सकरात्मक अध्ययनमा सहयोग पुगोस भन्ने उदेश्यले ३० थान विभिन्न विद्याका पुस्तक हस्तान्तरण गरेको हो । दिवसको अवसरमा आयोजित कार्यक्रममा सामुदायिक पुस्तकालयका अध्यक्ष सन्तोष […]

नेकपा (एकिकृत समाजवादी) म्याग्दीको जिल्ला कमिटि घोषणा गर्ने तयारी

विकल्प न्यूज/बेनी भदौं १४ गते । अघिल्लो हप्ता मात्र निर्वाचन आयोगबाट मान्यता पाएको नव गठित नेकपा (एकिकृत समाजवादी) ले म्याग्दीमा पनि जिल्ला कमिटि घोषणाको तयारी थालेको छ । सोमबार सम्पन्न भर्चुअल मिटिङले चाँढै जिल्ला भेला गरेर पार्टी कमिटि गठन गर्ने निर्णय गरेको हो । वैठकलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्दै केपी शर्मा ओलीले कम्युनिष्ट […]

कालिपुल पहिरो पीडित जुम्लाका ५ जनालाई शान्तिकोषको सहयोग

विकल्प न्यूज/बेनी भदौं १४ गते ।  आइतबार राती कालिपुलमा आएको पहिरोका कारण बसेको होलमा छाल आउँदा सवै गुमाएर पीडित बनेका जुम्लाका ५ जना व्यवसायीहरुलाई परोककारी संस्था ओमकुमारी शान्तिकोषले राहत सहयोग गरेको छ । जुम्ला सिंजा गाउँपालिकाका घर भई बेनीमा जडीबुटी र कस्मेटिक व्यवसाय गर्दै आएका पाँचजना व्यवसायीहरुलाई शन्तिकोषले ३० हजार रुपैयाँ नगद र १० हजार […]

कालिपुल पहिरो पीडितको अनुभव ः मस्त निद्रामा पानीको छालले खाट नै उचाल्यो, भागेर ज्यान बच्यो (भिडियो सहित)

विकल्प न्यूज/बेनी भदौं १४ गते । आइतबार राती मल्लाजको भीरबाट पहिरो खस्दा कालिपुल बजारमा क्षति पु¥याएको छ । पानी छाल आएर कालिपुलका १० घरमा क्षति पु¥याएको छ । घर पछाडीका अस्थायी टहरा भत्किएका छन् । पानीको छालले स्थानीय एक होटलमा बास बसेका जुम्ला सिंजा गाउँपालिकाका ५ जना व्यवसायीको जडीबुटी,कस्मेटिक सामान,पैसा र लत्ताकपडा बगाएको विरबहादुर रावतले […]

‘बिजुली छैन भोलि आउनु’

म्याग्दी, भदौ १४ गते । विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था नहुँदा जिल्ला प्रशासन कार्यालयको सेवा प्रभावित हुन थालेको छ । जिप्रकामा जडान भएको इन्भटर, ब्याट्री र सोलार सेटले काम गर्न छाडेपछि केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्ति नभएका अवस्थामा सेवा पनि बन्द हुन थालेको हो । विद्युतीय उपकरणको प्रयोग र इन्टरनेटको सहायताले गरिने सबै काम ठप्प हुने […]

कालिपुलमा मल्लाजको भीरबाट पहिरो खस्यो (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी भदौं १४ गते ।    बेनी नगरपालिका ८ को पुरानो कालिपुल बजार पारिपट्टी रहेको मल्लाजको भीरबाट पहिरो खस्न थालेको छ । पहिरोका कारण कालिगण्डकी नदी थुनिने खतरा सँगै कालिपुल बजार जोखिममा परेको हो । आइतबार (गएराती) पर्वतको जलजला गाउँपालिका ३ को मल्लाज भीरबाट पहिरो कालिगण्डकी नदीमा खस्दा पानीको छालले कालिपुलका १० घरमा सामान्य […]

आन्तरिक छलफलमा जुट्यो म्याग्दीमा माधव समुह

नवविकल्प डेस्क/ बेनी भदौं १३ गते । नेकपा एमाले भित्रको आन्तरिक विवादका विच अन्ततः पार्टी विभाजन भएको छ । वरिष्ठ नेता माधव नेपालले अघिल्लो हप्ता नेकपा (एकिकृत समाजवादी) पार्टी निर्वाचनमा दर्ता गर्नुभएको छ । पार्टी दर्ता भएसँगै एमाले कानूनी रुपमा विभाजन भएको छ । एमाले हुँदा माधव समुहलाई साथ दिएका केन्द्रका अधिकांश नेताहरुले नेपाललाई साथ […]

विश्व ‘ब्लाइन्ड आइडल’को नोमिनेशनमा शर्मा, भोटको अपिल

१३ भदौ, काठमाडौं ।  नेपाल नेत्रहीन संघको केन्द्रिय बरिष्ठ उपाध्यक्ष  म्याग्दीका खोपराज शर्मा ‘वल्र्ड ब्लाइन्ड आइडल’ को नोमिनेशनमा परेका छन् । विश्वका दृष्टिविहिनबीच हुने यो प्रतिष्पर्धा चान्स फर द ब्लाइन्ड फाउन्डेसन, पोल्याण्डले आयोजना गर्ने गरेको छ । प्रतियोगितामा अमेरिका, कुवेत, इटली, इजिप्ट, पोल्याण्ड, ब्राजिल, केन्या, साउदी अरेबिया, नेदरल्याण्डसहित २२ देशका २६ जना नोमिनेशनमा परेका छन् […]

मंगलामा एमालेको गढ भत्काउन कांग्रेसको कसरत

विकल्प न्यूज/बेनी भदौं १३ गते । म्याग्दीको मंगला गाउँपालिका नेकपा एमालेको गढ मानिन्छ । २०७४ को स्थानीय तह निर्वाचनमा मंगलामा कांग्रेसको एकजना पनि प्रतिनिधि विजयी हुनसकेनन् । सांगाठिनक र राजनीतिक रुपमा कांग्रेस सवै भन्दा कमजोर भएको पालिका हो मंगला । तर पछिल्ला एक वर्ष यता कांग्रेसले यहाँ संगठन विस्तारलाई जोड दिएको छ । लामो समय […]

कांग्रेसको वडा अधिवेशन भदौ २२ मा गर्ने तयारी

काठमाडौं ।  नेपाली कांग्रेसको स्थानीय अधिवेशनको कार्यतालिका केही हेरफेर गर्ने तयारी भएको छ । क्रियाशील सदस्यता विवाद, जिल्ला सभापतिहरुको आन्दोलन र निर्वाचन समितिको तयारीलाई मध्यनजर गरेर भदौ १८ गते सुरु हुने वडा अधिवेशन भदौ २२ गते गर्न शीर्ष नेतृत्वबीच सहमति जुटिसकेको छ । विहीबार कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच जिल्ला सभापतिहरुको […]

तनहुँका एक बालकको उपचारमा सघाउन बेनीका बालबालिकाको अभियान

विकल्प न्यूज/बेनी भदौं ११ गते । तनहुँका एक बालकको उपचारमा सघाउन बेनीका बालबालिकाले आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेका छन् । शुक्लागण्डकी नगरपालिका ५ तनहुँ निवासी ९ महिनाका बालक महम्मद उस्मान अलिको उपचारमा सघाउन बेनीको शिवालय बालक्लबले आर्थिक संकलन गरेको हो । आर्थिक अभावका कारण उपचारमा समस्या भएको समाचारहरु सार्वजनिक भएपछि हाम्रो मन छोयो क्लबका […]