समाचार
म्याग्दीमा प्रेस युनियन पत्रकारिता पुरस्कारबाट पत्रकार सम्मानित

विकल्प न्यूज/बेनी जेठ १ गते । नेपाल प्रेस यूनियन म्याग्दीले स्थापना गरेको प्रेस यूनियन पत्रकारिता पुरस्कार २०७३ बाट पत्रकारितामा निरन्तर क्रियाशील भई म्याग्दीको व्यवसायिक पत्रकारिताको क्षेत्रमा उल्लेख्य योगदान पु¥याउनुभएको भन्दै अग्रज पत्रकारा धु्रबसागर शर्मा र प्रोत्साहन पुरस्कारबाट पत्रकार निर्मल खत्री सम्मानित हुुन भएको छ । युनियनको शनिवार सम्पन्न छैठौँ साधारण सभाको अबसरमा अग्रज पत्रकार एवं […]
अन्नपूर्ण क्षेत्रमा अलपत्र सबैको उद्धार

१ जेठ काठमाडौं । अन्नपूर्ण पदयात्राका क्रममा सरिबुङ क्षेत्रमा अलपत्र परेका सबैको झण्डै १५ घण्टापछि उद्धार भएको छ । सिमि्रक एयरको हेलिकप्टोरको १२ औं पटकको प्रयासपछि सबैको उद्धार भएको हो । उद्धार गरिएका दुई विदेशी सहित १८ जना पर्यटकलाई हिले फु गाउँमा ल्याएर राखिएएको ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)का उद्धार संयोजक देवी पाण्डेले जानकारी […]
प्रेस चौतारी अधिबेशन बहश ः दुर्गाको जित नै मोफसल पत्रकारिताको जित

विकल्प न्यूज/पर्वत बैशाख ३१ गते । सत्तारुढ दल नेकपा एमाले निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालको आठौं केन्द्रिय अधिवेशन नजिकिँदै जाँदा नेतृत्वका आकांक्षीको सक्रियता पनि बढेको छ । आगामी जेठ ६,७ र ८ गते काठमाडौंमा हुने अधिवेशनबाट चौतारीको नेतृत्व लिनका लागि चार जना आकांक्षी सक्रिय भएर लागेका छन । त्यसमा सबैभन्दा बलियो दाबेदारको रुपमा अहिलेका […]
निजी विद्यालयको अनुगमन गर्न अखिल क्रान्तिकारीको माग

धिरन खत्री/विकल्प न्यूज म्याग्दी,बैशाख ३१ गते । अनेरास्वीयू क्रान्तिकारी म्याग्दीले निजी विद्यालयको अनुगमन र नियमन गर्न माग गरेको छ । निजी विद्यालय सञ्चालनको मापदण्ड र शुल्क लगायतका विषयमा अनुगमन गर्न माग गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय र शिक्षा कार्यालयमा ज्ञापनपत्र बुझाएको हो । संगठनका अध्यक्ष सुदिन पौडेल नेतृत्वमा गएको टोलीले शिक्षा मन्त्रालय र विद्यार्थी संगठनहरुबीच […]
धौलागिरी नौमती यूके समुहले मुटुरोगी थापालाई आर्थिक सहयोग

विकल्प न्यूज/बेनी म्याग्दी,बैशाख ३१ गते । बेनी नगरपालिका–१ रत्नेचौरका ९ बर्षिय नविन थापा मगरको मुटुको उपचारका धौलागिरि नौमती बाजा समुहले यूकेले आर्थिक सहयोग गरेको छ । समुहले उपलब्ध गराएको ३५ हजार शुक्रबार एक कार्यक्रमका बिच पत्रकार हरिकृष्ण गौतमले ओमकुमारी शान्ती कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गरेका छन् । लोपउन्मुख नौमतीर पन्चे बाजाको संरक्षणका लागि यूकेमा […]
शिक्षकलाई आक्रमण गर्नेमाथि कारबाहीको माग

धिरन खत्री/विकल्प न्यूज म्याग्दी,बैशाख ३१ गते । म्याग्दीमा क्रियाशिल चार वटा शिक्षक संगठनहरुलाई शिक्षकमाथि आक्रमणी गरि घाइते बनाउनेलाई कानुनी कारबाहीको माग गरेका छन् । बैशाख २८ गते सिद्ध शान्ति मावि हिदी कुहुँका गणित शिक्षक जमानबहादुर खत्रीमाथि गुण्डागर्दी शैलीमा साङ्घातीक आक्रमणप्रती शिक्षक संगठनहरुले शुक्रबार प्रेश विज्ञप्ति प्रकाशन गरि ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई कारबाहीको माग गरेका हुन् […]
म्याग्दीका व्यवसायीलाई कर शिक्षा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३१ बैशाख । म्याग्दीका उद्योगी व्यवसायीहरुलाई शुक्रबार बेनीमा कर शिक्षा प्रदान गरिएको छ । कर सम्बन्धि नीतिगत ब्यवस्थाको बारेमा उद्योगी व्यवसायीलाई जानकारी गराएर कर तिर्न आकर्षित गर्ने र प्रक्रियाको बारेमा जानकारी नहुँदा उत्पन्न हुने झञ्जट हटाएर कर भुक्तानीमा सहज वातावरण बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । आन्तरीक राजस्व कार्यालय […]
डढेलो लगाउने विरुद्ध मुद्दा दर्ता
विकल्प न्यूज/बेनी म्याग्दी ३१ बैशाख । म्याग्दीको बाबियाचौर २ सिमलचौरको वन क्षेत्रमा डढेलो लगाउने विरुद्ध बिहीबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । डढेलो लगाएको विषयमा स्थानीय बासिन्दाले दिएको किटानी जाहेरीको आधारमा बैशाख २६ गते पक्राउ परेकी सिमलचौरकी तारा खड्का विरुद्ध मुद्दा दर्ता गरीएको जिल्ला वन कार्यालयले जनाएको छ । वन ऐन २०४९ अनुसार खड्का […]
निर्धारीत समयमा सडक आयोजनाको काम नसक्ने ठेकेदारलाई जरिवाना

सन्तोष गौतम म्याग्दी २९ बैशाख । म्याग्दीमा निर्धारीत समयमा काम पुरा नगर्ने ठेकेदार जरिवानामा परेका छन् । बेनी–पाखापानी सडक आयोजनाको बेनी–देउराली खण्डको सडक स्तरवृद्धी गर्ने ठेक्का लिएको ठेकेदार कम्पनी शिवशक्तिनाना जेभीलाई कारबाही स्वरुप जरिवाना गरिएको हो । जिविस अन्तरगत सञ्चालित विकेन्द्रित ग्रामिण पूर्वाधार निर्माण तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) परियोजनाले ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण […]
ग्रामीण भेगमा सञ्चालित जिविकोपार्जन कार्यक्रमहरु प्रभावकारी

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, वैशाख ३० गते । म्याग्दीको बाबियाचौर इलाका वन कार्यालयअन्तर्गत गाविसमा सञ्चालित कार्यक्रमहरुको संयुक्तरुपमा अनुगमन सम्पन्न भएको छ । बहुसरोकारवाला वन कार्यक्रम लिबर्डको सहयोगमा फेकोफोन र मिलन म्याग्दीको संयुक्त व्यवस्थापनमा सञ्चालित कार्यक्रमहरुको अनुगमन गरिएको हो । बहुसरोकारवाला वन कार्यक्रमबाट प्राप्त २ करोड २० लाख ५८ हजार ७७२ रुपैयाँमध्ये समुदायस्तरमा १ करोड २० […]
बुद्धजयन्तीमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, वैशाख २९ गते । ‘हाम्रो दायित्व गाउँ र देशको विकास, अँध्यारो चिर्दै उज्यालोको निकास’ भन्ने मूल नारासहित म्याग्दीको बेनी नगरपालिका–१२ डडुवामा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । २५६०औं बुद्धजयन्तीको अवसरमा आगामी जेठको पहिलो सातादेखि ज्योती युवा क्लब डडुवाको आयोजनामा कार्यक्रम गर्न लागिएको बुधबार बेनीमा पत्रकार सम्मेलन गरी […]
म्याग्दीमा जलविद्युत, कृषि, पर्यटन र पूर्वाधार लाई प्राथमिकता
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, २९ बैशाख । म्याग्दीका सरोकारवालाहरुले जिल्लाको विकासका लागि जलविद्युत, कृषि, पर्यटन र पूर्वाधार निर्माणलाई प्राथमिकता दिने निर्णय गरेका छन् । आवधिक जिल्ला विकास योजना निर्माणका लागि जिविसले आयोजनामा मंगलबार सम्पन्न अवधारणा गोष्ठिमा सहभागिले आगामी २५ वर्षमा म्याग्दीलाई चार वटा क्षेत्र मार्फत सम्बृद्ध बनाउने परिकल्पना गरेका हुन् । विषयगत सरकारी कार्यालय, गैरसरकारी […]
अपाङ्गताको क्षेत्रमा क्रियाशिल देशभरका संस्थाका प्रतिनिधी बेनीमा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २९ बैशाख । अपाङ्गता भएका नागरीकको अधिकार र शशक्तिकरणका लागि क्रियाशिल संस्थाहरु आवद्ध समुदायमा आधारित पुर्नस्थापना सञ्जालको २० औ राष्ट्रिय सम्मेलन बुधबारदेखि म्याग्दीको बेनीमा सुरु भएको छ । आईएनएफ नेपाल, अपाङ्ग संघ म्याग्दी, नेपाल अपाङ्ग उत्थान समाज पर्वत र अपाङ्गता सरोकार संघ बागलुङको सहआयोजनामा तिन दिनसम्म सञ्चालन हुने सम्मेलनमा सञ्जालमा आवद्ध […]
जिविस म्याग्दीका योजनाको प्रगति निराशाजनक
विकल्प न्यूज/बेनी बैशाख २९ गते । जिल्ला विकास समितिको कार्यालय म्याग्दीले चालु आर्थिक वर्ष २०७२७३ मा डेढ सय विकास योजना तथा कार्यक्रम सञ्चालन गरेको छ । जिविसको अनुदानमा जिल्लाभर रु. सात करोड ४८ लाख ७८ हजार ६३१ को लागतमा १५३ वटा योजना तथा कार्यक्रम सञ्चालन भएको हो । ति योजनामा जिविसले रु.सात करोड १० लाख […]
पर्वतमा पर्यटन प्रवद्र्धनका नाममा लाखौ रुपियाँ स्वाहा

विकल्प न्यूज/पर्वत बैशाख २८ गते । पर्वतको पर्यटन प्रवद्र्धनका नाउँमा आएको रकमले कालीगण्डकी नदीमा जलयात्रा तथा मोजमस्ती गरेर सकेका छन् । नेपाल पर्यटन बोर्ड, जिल्ला विकास समिति पर्वत, जिल्ला भू संरक्षण कार्यालय र केही संस्थाहरुबाट जिल्लाको पर्यटन प्रवद्र्धनका लागि प्राप्त भएको लाखौं रुपियाँ केही सीमित व्यक्तिहरु कालीगण्डकीमा ¥याफ्टिङ गरेर सकेका छन् । जिल्लाका केही राजनीतिक […]