ताजा समाचार:
Search

समाचार

बेनीको खुल्ला मञ्च संरक्षण सुरु

विकल्प न्यूज/बेनी जेठ ३ गते । म्याग्दी सदरमुकाम बेनीको बहुउद्देश्यीय खेलमैदानको संरक्षण योजना सुरु भएको छ । राष्ट्रिय खेलकुद विकास परिषद्को सहयोगमा जिल्ला खेलकुद विकास समितिले खेलमैदानको संरक्षण सुरु गरेको हो । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको खेलमैदानलाई पहिलो चरणमा घेराबार गर्न थालीएको छ । राष्ट्रिय खेलकुद विकास परिषद्को पाँच लाख रुपैयाँ आर्थिक सहयोगमा […]

बेनी नगरपालिकाद्धारा सडक स्तरवृद्धीका लागि ३३ लाख वितरण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ जेठ । बेनी नगरपालिका कार्यालयले आईतबार नगर क्षेत्रका सडकको स्तवृद्धीका लागि ३३ लाख रुपैयाँ बजेट बाँडफाँड गरेको छ । राजनीतिक दलका प्रतिनिधिहरुको परामर्शमा नगर परिषद्ले प्रस्ताव गरेका पाँच वटा सडक आयोजनालाई सडक बोर्ड अन्तरगतको बजेट वितरण गरिएको नगरपालिकाले जनाएको छ । कार्यकारी अधिकृत छवीलाल सुवेदीले नगरपालिकाको असी प्रतिशत अनुदान र […]

म्याग्दी नदीको किनारमा बाढीको सूचना दिने प्रबिधि जडान

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, २ जेठ । म्याग्दी जिल्लाको देविस्थान गाविसको फेदीमा आईतबार बाढी आउनुभन्दा पूर्व सूचना दिने प्रबिधी जडान गरिएको छ । धौलागिरी हिमालको फेदीबाट जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी खोलामा आउन सक्ने बाढीबाट हुने सम्भावित क्षत्ती न्युनीकरण गर्ने उद्देश्यले समुदायमा आधारित सूचना प्रणाली जडान गरिएको हो । बहुसरोकारवाला वन कार्यक्रम (लिवर्ड))को आयोजना, […]

दुइ महिने आधारभुत कम्प्युटर तालिम सुरु

विकल्प न्यूज/बेनी म्याग्दी, २ जेठ । म्याग्दीको बेनीमा आईतबारदेखि दलित युवा युवतीका लागि दुई महिने निशूल्क आधारभुत तहको कम्प्युटर तालीम सुरु भएको छ । जिल्ला विकास समिति अन्र्तगतको दलित वर्ग समन्वय समितिको आयोजनामा सुरु भएको तालीममा २० जना विद्यार्थी तथा युवा युवतीको सहभागिता रहेको छ । दलित समुदायका विद्यार्थीहरुलाई आधारभुत कम्प्युटर शिक्षा र प्रबिधिमा पहुँच […]

विकासे हल्ला, फगत हल्ला मात्रै हो कि फट्याई पनि ?!!

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज । आधा दर्जन दिदी–भाइहरुमध्ये अब एक तीहाई अर्थात दुईजना मात्रै बाँकी रहिएछ ! पछिल्लो पालो साहिँला दाजुले महाप्रस्थानको बाटो समातेको पनि वर्षदिन कटिसकेछ । समय पनि कति चाँडो चाँडो बित्छ कुन्नी ? साँच्चै दिनहरु किन त्यतिसारो हतारिएर कुद्छन् होला ?! वास्तवमा दिनहरुको लागि कुनै गन्तव्य तोकिएको त हुदैन । पुग्र्नैपने समयको सिमाबन्धन […]

बरंजा – गाउँमा विकासले ल्याएको खुसी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,जेठ २ गते । बरंजा गाविस ९ धापुङ गाउँमा विकासका पूर्वाधार निर्माणले तिब्रता पाएको छ । सडक, विद्युतीकरण, सञ्चार, भवन लगायतका पुर्वाधार निर्माणले तिब्रता पाएपछि बरंजा गाविसको पिछडिएको बस्ती धापुङका बासिन्दामा खुसीयाली छाएको छ । यसअघि गाउँलाई सडक सञ्जालसंग जोडेका धापुङका बासिन्दाले केन्द्रिय प्रशारण लाईनको विद्युत पनि पु¥याएका छन् । १०१ घरधुरीको […]

बेनीमा ल्याण्डफिल साइड खोजीका एकदशक

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,जेठ २ गते । करिब डेढ दशक बितेपनि बेनीको फोहोर ब्यवस्थापन गर्ने ‘ल्याण्डफिल साइड’को लागि जग्गा पहिचान हुन सकेको छैन् । एक दशकअघि थालीएको जग्गाको पहिचान गर्ने कार्यले सार्थकता नपाउँदा कालीगण्डकी नदीमा फोहोर फाल्ने कार्यले निरन्तरता पाइरहेको छ । नदीमा फोहोर नफाल्न र ‘ल्याण्डफिल साइड’को खोजी गर्न अदालतले जारी गरेको निर्देशनात्मक निषेधाज्ञा […]

युवा उद्यमीको सफलता ः चाउमिन उद्योगमा भविष्य खोज्दै

विकल्प न्यूज/बेनी जेठ २ गते । बेनीका एक युवाले डेढ लाख रुपैयाँको लगानीमा सुरु गरेको उद्योगबाट हाल मासिक असी हजार रुपैयाँ सम्म आम्दानी गर्न थाल्नुभएको छ । युरोप जाने योजना त्यागेर आफ्नै ठाउँमा चाउमीन उद्योग सञ्चालन गरेका बेनी नगरपालीका ६ मंगलाघाटका रेशम बानियाँ छोटो समयमै सफल भएका हुन । २४ वर्षिय बानियाँले पाँच वर्षअघि आफ्नै […]

एमाओवादी मराङको गाउँपालिका सम्मेलन सम्पन्न

विकल्प न्यूज/बेनी म्याग्दी, २ जेठ । एकिकृत नेकपा माओवादी मराङको प्रथम गाउँपालिका सम्मेलन शनिबार गौबहादुर क्षेत्री (कृष्ण)को अध्यक्षतामा २५ सदस्यीय कार्यसमिती चयन गर्दै सम्पन्न भएको छ । समितिको उपाध्यक्षमा नरमती गर्वुजा, सचिबमा प्रेमबहादुर लामगाररे, कोषाध्यक्षमा लालबहादुर विक र सहसचिबमा ओमबहादुर लामगारे चयन हुनुभएको छ । सदस्यहरुमा ठकबहादुर निउरे, इन्द्रबहादुर कामी, लिलमायाँ क्षत्री, राजेन्द्र गर्वुजा, रामबहादुर […]

नवविकल्प साप्ताहिकको ३४ औ संस्करण अनलाइन मार्फत पढ्न यहाँ क्लिक गर्नुहोस

  आज आइतबार नवविकल्प साप्ताहिकको ३४ औ संस्करण अनलाइन मार्फत पढ्न यहाँ क्लिक गर्नुहोस  Nawa Bikalpa 8-34  

बरङजामा भवन र विद्युतीकरणले स्थानीय बासिन्दामा खुसीयाली

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १ जेठ । म्याग्दीको बरंजा ९ धापुङमा निर्माण भएको आलु भण्डारण भवन र विद्युतीकरण आयोजनाको शनिबार एक समारोहका बिच उद्घाटन गरिएको छ । धापुङ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष मनबहादुर थजालीको अध्यक्षता, हुकुम सिङजालीको सञ्चालन र गाविस सचिब गोविन्द जिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका बागबानि विकास अधिकृत भोजबहादुर […]

बुद्धजयन्ती दिवस मनाउन प्रचारप्रसार सुरु

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, जेठ १ गते । म्याग्दीमा विविध कार्यक्रमहरुको आयोजना गरी बुद्धजयन्ती तथा लुम्बीनी दिवस–२०७३ मनाइने भएको छ । २५६०औं बुद्धजयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरी दिवस मनाइने तयारी गरिएको म्याग्दी बौद्ध संघले शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । दिवसको बारेमा जानकारी दिँदै म्याग्दी बौद्ध संघका अध्यक्ष यजनलाल शाक्यले यही जेठ ६ […]

युवा संघको स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, जेठ १ गते । युवा संघ नेपाल जिल्ला कमिटी म्याग्दीले शनिबार बिरामीलाई फलफुल वितरण गरेर आफ्नो २६औं स्थापना दिवस मनाएको छ । ‘न्यायप्रेमी युवाहरु युवा संघमा, सामाजिक परिवर्तन युवाको काँधमा’ भन्ने मूल नारासहित म्याग्दी जिल्ला अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरी दिवस मनाइएको हो । अस्पतालमा उपचार गराइरहेका २८ जना बिरामीहरुलाई […]

म्याग्दीमा प्रेस युनियनद्धारा ५ लाखको अक्षय कोष स्थापना

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, जेठ १ गते । नेपाल प्रेस युनियन जिल्ला शाखा म्याग्दीको शनिबार बेनीमा छैठौं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै नेपाल प्रेस युनियनका कार्यवाहक अध्यक्ष दीपक आचार्यले नेपालको हरेक क्रान्तिसँगै पत्रकारिता क्षेत्रको शुरुवात भएको बताएका छन् । उनले नेपालमा सोचेअनुसारको पत्रकारिता क्षेत्रको विकास हुन नसकेको भन्दै त्यसमा राजनीतिक नेतृत्व […]

म्याग्दीमा प्रेस युनियन पत्रकारिता पुरस्कारबाट पत्रकार सम्मानित

विकल्प न्यूज/बेनी जेठ १ गते । नेपाल प्रेस यूनियन म्याग्दीले स्थापना गरेको प्रेस यूनियन पत्रकारिता पुरस्कार २०७३ बाट पत्रकारितामा निरन्तर क्रियाशील भई म्याग्दीको व्यवसायिक पत्रकारिताको क्षेत्रमा उल्लेख्य योगदान पु¥याउनुभएको भन्दै अग्रज पत्रकारा धु्रबसागर शर्मा र प्रोत्साहन पुरस्कारबाट पत्रकार निर्मल खत्री सम्मानित हुुन भएको छ । युनियनको शनिवार सम्पन्न छैठौँ साधारण सभाको अबसरमा अग्रज पत्रकार एवं […]