समाचार
मृगौला पीडित गुरूङको उपचारमा मलेसियाबाट ९२ हजार सहयोग

विकल्प न्यूज/बेनी जेठ ७ गते । मृगौलाको उपचार गराइरहेका बेनी नगरपालिका–१३ का ३६ बर्षिय तेजेन्द्र गुरूङलाई मलेसियामा रहेका म्याग्देलीले आर्थिक सहयोग जुटाएका छन्। आर्थिक अवस्था कमजोर भएर उपचारबाट बन्चित भएका गुरूङलाई मलेसियामा रहेका भकिम्ली–२ छेपारेका सक बहादुर काउचाको नेतृत्वमा संकलन भएको ९२ हजार १९२ रुपैयाँ शुक्रबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ । ओमकुमारी शान्ति […]
संबिधानको प्रभावकारी कार्यान्वयन मुख्य कार्यभार– एमाले सचिव बिष्ट
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ७ जेठ । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले संबिधानको प्रभावकारी कार्यान्वयन नेपालको प्रमुख राजनीतिक कार्यभार भएको बताउनु भएको छ । बेनीमा शुक्रबार सुरु भएको एमाले म्याग्दीको दोस्रो जिल्ला प्रतिनिधि परिषद् बैठकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सचिव बिष्टले देशको सम्बृद्धी र लोकतान्त्रीक आन्दोलन मार्फत प्राप्त उपलब्धीलाई संस्थागत गर्न राष्ट्रिय एकतामा जोड दिनुभयो […]
एमाले म्याग्दीको प्रतिनिधि परिषद् बैठकको सुरु (फोटो)

विकल्प न्यूज/बेनी म्याग्दी ७ जेठ । नेकपा एमाले म्याग्दीको दोस्रो प्रतिनिधी परिषद् वैठक सदरमुकाम बेनीमा सुरु भएको छ । वैठक सुरु हुनुभन्दा अघि पार्टीका केन्द्रिय सचिव एवम् पूर्व उर्जा मन्त्रि गोकर्ण विष्ट , केन्द्रिय एवम् जिल्लास्तरका नेता तथा कार्यकर्ता सहितको ¥यालीले बजार परिक्रमा गरेको छ । ¥यालीले बजार परिक्रमा गरे पछि जिविस सभाहलमा पुगी वैठक सञ्चालन […]
प्रेस चौतारी अध्यक्षमा बस्नेत सर्वसम्मत
७ जेठ, काठमाडौँ। प्रेस चौतारी नेपालको आठौँ महाधिवेशनले अध्यक्षमा चौतारीका सल्लाहकार गणेश बस्नेतलाई सर्वसम्मतिले चयन गरेको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, महिला उपाध्यक्षमा टीका विष्ट, समावेशी उपाध्यक्षमा सइन्द्र राई, प्रदेश नं १ उपाध्यक्षमा लीलाराज भट्टराई, २ मा लालबाबु शेष, ३ मा विश्वमणि सुवेदी, ४ मा गणेश पाण्डे, ५ मा सविन प्रियासन चौधरी, ६ […]
झिँमा महिलाको नेतृत्वमा सामुदायिक भवन निर्माण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ७ जेठ । म्याग्दीको झिँमा महिलाहरुको नेतृत्वमा सामुदायीक भवन निर्माण भएको छ । झिँमा रहेको देउराली महिला बचत तथा ऋण सहकारी संस्थामा आवद्ध महिलाहरुले सहकारीको कार्यालय र तालीमहल सहितको भवन निर्माण गरेका हुन् । जिविसको तिन लाख ५० हजार अनुदान र झि स्थित आमा समूहको सत्तरी हजार रुपैया लगानीमा निर्माण भएको […]
प्रेस चौतारीको केन्द्रिय लेखा आयोगको सदस्यमा म्याग्दीका पत्रकार बास्कुने चयन

विकल्प न्यूज/बेनी जेठ ७ गते । प्रेस चौतारी नेपालको काठमाण्डौमा जारी ८ औ अधिवेशनबाट म्याग्दीका क्रियाशिल पत्रकार अमृतप्रसाद पौडेल (बास्कुने) केन्द्रिय लेखा आयोगको सदस्यमा सर्वसम्मत चयन हुनुभएको छ । यस अघि पत्रकार बास्कुनेले खुल्ला तर्फको केन्द्रिय सदस्य पदमा उम्मेदवारीको घोषणा गर्नुभएको थियो । २०५८ सालबाट म्याग्दीमा पत्रकारिता सुरु गर्नुभएको वास्कुने प्रेस चौतारी म्याग्दीको पूर्व अध्यक्ष […]
एमाले म्याग्दीको प्रतिनिधि परिषद् बैठकको तयारी पुरा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ६ जेठ । नेकपा एमाले म्याग्दीको शुक्रबारदेखि सदरमुकाम बेनीमा सुरु हुने दोस्रो प्रतिनिधि परिषद् बैठकको तयारी पुरा भएको छ । दुई दिन सम्म चल्ने बैठकको ब्यवस्थापन, प्रचारप्रसारको साथै प्रगति, सांगठनीक, आर्थिक प्रतिवेदन लेखन लगायतका तयारी पुरा भएको एमाले म्याग्दीले बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराएको हो । जिविस […]
म्याग्दीमा बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०७३ मनाउन सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ६ जेठ । म्याग्दीमा बिहीबार देखि बिबिध कार्यक्रम गरेर बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०७३ मनाउन सुरु गरिएको छ । म्याग्दी वौद्ध संघको मुल आयोजनामा शनिबारसम्म बिबिध कार्यक्रम गरेर वुद्ध जयन्ती तथा दिवस मनाउन लागिएको हो । पहिलो दिन बिहीबार बिहान बेनीमा प्रभातफेरीको साथै जिल्ला अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफुल वितरण गरिएको […]
बेनीमा लेखा तालीम सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ४ जेठ । म्याग्दीका सरकारी कार्यालयको लेखा शाखामा कार्यरत कर्मचारीहरुका लागि आयोजित आधारभुत लेखा तालीम बुधबारदेखि बेनीमा सुरु भएको छ । सार्वजनीक खर्च तथा वित्तिय उत्तरदायीत्व जिल्ला स्तरीय पेफा कार्यान्वयन ईकाई म्याग्दीले आयोजना गरेको तालीम तिन दिनसम्म चल्ने जनाइएको छ । तालीमको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले उद्घाटन गर्नुभएको थियो । […]
म्याग्दीमा प्रतिभाशाली विद्यार्थीको खोजी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ५ जेठ । बेनीमा बुधबार माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुबीच प्रतियोगितात्मक प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला शिक्षा कार्यालयले न्यु वेष्ट प्वाईन्ट आवाशिय उच्च माविको सभाहलमा आयोजना गरेको कार्यक्रममा विभिन्न स्रोत केन्द्रबाट छनौट भएर आएका विद्यार्थीहरुले आफ्नो प्रतिभा देखाएका थिए । भाषा तथा साहित्य, गणीत, विज्ञान, सिर्जनात्मक कला र […]
जिवन कार्कीको गायन यात्रा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ५ जेठ । म्याग्दीको पिप्ले ४ रानीपौवाका जिवन कार्की (अथक) सांगितीक क्षेत्रमा प्रवेश गरेका छन् । म्याग्दी जेसीजले वि.स २०६९ मा आयोजना गरेको दोस्रो म्याग्दी लोकतारा प्रतियोगितामा उपबिजेता बनेका कार्कीले तिन वटा लोक पप र आधुनिक शैलीको गित रेकर्ड गरेर बजारमा ल्याउने तयारी गरेका छन् । महारानी युवा कल्व रानीपौवाले बुधबार […]
पिप्ले मौवाफाँटका दृष्टिविहिन विद्यार्थीहरुको सफलता

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, जेठ ३ । पिप्लेको मौवाफाँटमा सञ्चालित दृष्टिविहिन स्रोतकक्षाका विद्यार्थीहरुले नियमित अध्ययनका अतिरिक्त खेलकुदमा पनि उत्कृष्ट प्रदर्शन गर्न थालेका छन् । ज्ञानोदय माविमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुले अध्ययनका अतिरिक्त साङ्गीतिक प्रस्तुती एवं खेलकुदको क्षेत्रमा समेत उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । गएको वैशाख ३० र ३१ गते काठमाडौंको दशरथ रङ्गशालामा सम्पन्न २१औं विद्यालयस्तरीय […]
रोजगारीका लागि कुवेत पुगेका युवाको मृत्यु

विकल्प न्यूज/बेनी जेठ ३ गते । रोजगारीका लागि कुवेत पुगेका म्याग्दीका एक युवाको मृत्यु भएको छ । एक हप्ताअघि मात्रै नेपालबाट कुवेत गएका मुदी गाविस ९ बगरका २२ वर्षिय केशव तिलीजा मगरको मृत्यु भएको हो । पारिवारीक स्रोतका अनुसार शनिबार राती खान खाएर सुतेका तिलीजाको सुतेकै अवस्थामा मृत्यु भएको हो । बिहान नउठेपछि उनिसंगै कुबेत […]
परिवार नियोजनका वारेमा नव दम्पत्तीलाई परामर्श

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३ जेठ । म्याग्दीको दरवाङ क्षेत्रका नव दम्पत्तीहरुलाई अनिच्छित गर्भाधानको समस्या न्युनीकरण गर्ने उद्देश्यले सोमबार परामर्श दिइएको छ । परिवार नियोजन संचार अभियान (एचसीथ्री) परियोजनाको आयोजनामा दरवाङमा भएको नवबिवाहीत जोडिहरुका लागि शुभकामना आदानप्रदान कार्यक्रममा परिवार नियोजनका साधनको प्रयोग, प्रजनन् स्वास्थ्य र जन्मान्तरको विषयमा परामर्श दिइएको हो । नवबिवाहीत दम्पत्ती, सिमान्तकृत समुदाय […]
उत्कृष्ट छ म्याग्दीको इन्टरनेट विस्तार योजना

विकल्प न्यूज/बेनी म्याग्दी,जेठ ३ गते । नेपाल दूरसञ्चार प्राधिकरण अन्तरगतको ग्रामिण दूरसञ्चार कोषले पहाडी जिल्ला म्याग्दीमा इन्टरनेट सेवा विस्तारका लागि लगानी गर्ने भएको छ । जिविस म्याग्दीले इन्टरनेट विस्तार योजनामा लगानीका लागि गरेको प्रस्ताव स्विकृत गरेको प्राधिकरणले अन्य जिल्लामा पनि यस्तो योजनाका लागि गर्न इच्छा देखाएको छ । ग्रामिण क्षेत्रमा दुरसंचार सेवा विकास तथा विस्तारको […]